• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतमा रेग्मी, अमेरिकामा घिमिरेसहित ८ राजदुत सिफारिस

  •  
  • २०८१ असार ८, शनिबार ००:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।  मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो । पूर्व मुख्यसचिव रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएको थियो । सरकार कहिले ढल्ने निश्चित नभएका कारण एमालेले दोश्रो स्तरका व्यक्तिहरुलाई राजदुत बनाएको बताईन्छ । अमेरिकाका लागि डा युवरा खतिवडा र भारतका लागि राजन भटराईको नाम रहेको थियो अन्तिम समयमा परिवर्तन गरियो समाचार श्रोतले बतायो

    शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन बाटो खोल्दै राजीनामा दिएपछि ओली सरकारले राजदूत बनाएको थियो । २०७७ माघमा राजदूत नियुक्त भएका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज २०७८ मा फिर्ता बोलायो । कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनलाई अहिले एमालेको कोटाबाट भारतका लागि राजदूत सिफारिस गरिएको स्रोतले जानकारी दियो । भारतको संस्थापनसँग सम्बन्ध सुमधुर नरहेको यो बेला एमाले नेतृत्वले पार्टीका नेता भट्टराई वा अन्य कुनै राजनीतिज्ञलाई राजदूत सिफारिस गर्न चाहेन । ‘विगतमा कम्युनिष्ट पृष्ठभूमिका राजदूत सिफारिस गर्दा भारतबाट एग्रिमो नआएको नमिठो अनुभव समेत छ’ एक पूर्व राजदूत भन्छन्, ‘त्यसैले एमालेले भट्टराई वा अरु कोही राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई राजदूत सिफारिस गरेन जस्तो लाग्छ ।’

    अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । रेग्मीले मुख्य सचिवको कार्यकाल पूरा गरेको भए बैरागीको साटो घिमिरे (केदारबहादुर अधिकारीपछि) मुख्यसचिव हुने थिए । उनी विवादमा नपरेका र तुलनात्मक रूपमा क्षमतावान सचिव मानिन्थे । तर राजदूत हुने गरी रेग्मीले राजीनामा दिँदा परराष्ट्र सचिव रहेका बैरागीले मुख्यसचिव बन्ने मौका पाए ।

    अनि केदारबहादुर र चन्द्र घिमिरेले सचिवबाट अवकास पाए । त्यही कारण अहिले उनलाई अमेरिकाका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् ।

    बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।

    यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।

    मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।

    डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् । त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    Post Views: 116
    प्रकाशित मिति: २०८१ असार ८, शनिबार ००:५१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.