• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कोरियामा एक लाख ५ हजार नेपाली, कामदारको तलब बढ्यो

  •  
  • २०८१ असार ३१, सोमबार ०६:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोरिया सरकारको ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत विश्वका विभिन्न १६ वटा मुलुकबाट आप्रवासी श्रमिक कोरिया भित्र्याउँदै आएको छ । जसमा मुख्य बजार नेपाल पनि हो । दक्षिण कोरियामा कामदारको तलब बढेको छ । सन् २०२५ का लागि १ दशमलव ७ प्रतिशतले तलब बढाइएको बताइएको छ । प्रति घण्टा १० हजार ३० वन निर्धारण गरिएको जनाइएको छ । २०२४ को तुलनामा १७० वन वृद्धि भएको छ । महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत सबै श्रमिकले न्यूनतम तलब २० लाख ९६ हजार २७० वन पाउनेछन् । न्यूनतम तलब निर्धारण समितिमा श्रमिक युनियन, सरकार र कम्पनी व्यवसायीको ९ , ९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन् ।
    नेपालीहरू विश्वका १ सय ७८ मुलुकमा कामका लागि जाने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । सन २००८ बाट सरकारी कोटामा नेपालीहरु कोरिया जान थालेका हुन । विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेको उल्लेख । जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ । नेपालबाट हाल कोरियामा सरदर मासिक २ हजार श्रमिक पठाउँदै आएको छ ।

    हालसम्म कति गए कोरिया ?

    विगत १५ वर्षको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन्। जसमध्ये महिलाको संख्या ६ हजार ७१२ छ भने पुरुषको ९४ हजार ५५६ छ । सन् २००८ मा दुई हजार ८ सय १४ नेपाली श्रमिक कोरिया गएका थिए । २००९ मा एक हजार ९११, सन् २०१० मा दुई हजार ३३९, सन् २०११ मा तीन हजार ९८३, सन् २०१२ मा ६ हजार ३३२, सन् २०१३ मा पाँच हजार ४६, सन् २०१४ मा ६ हजार २८, सन् २०१५ मा पाँच हजार ८६६ कोरिया गएको तथ्यांक छ ।
    त्यस्तै, सन् २०१६ मा ८ हजार ७९, सन् २०१७ मा सात हजार ८००, सन् २०१८ मा ८ हजार ५११, सन् २०१९ मा सात हजार १३६, सन् २०२० मा एक हजार २७, सन् २०२१ मा ३८७, सन् २०२२ मा १४ हजार ३११, सन् २०१३ मा १९ हजार ६८९ नेपाली युवा कोरिया गएका छन् ।
    नेपाल र कोरियाबीचको सम्झौताअनुसार श्रमिकको माग भन्दा तीन गुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने प्रावधान नै छ । तर, कोरियाले गत फेव्रुअरीदेखि नयाँ व्यवस्था गरेको छ । रोष्टरमा सूचीकृत हुने श्रमिकको तीन गुणा हुन आउने संख्या बराबरको मात्रै भाषा परिक्षाको लागि आवेदन लिनुपर्ने व्यवस्था गरेको छ ।तर नेपालमा तोकिएकोे भन्दा बढी भाषा परिक्षामा सहभागी हुने गरेको छ । गत बर्ष मात्रै कोरियामा कामका लागि जान ईच्छुक १ लाख ४६ हजार नेपाली भाषा परिक्षामा समेल भएका थिए ।

    Post Views: 298
    प्रकाशित मिति: २०८१ असार ३१, सोमबार ०६:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.