• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति बाईडेनले “राष्ट्रपतिको उम्मेदवारी ” छा्ड्ने !

  •  
  • २०८१ श्रावण ५, शनिबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतिको दौडबाट पछि हट्ने संकेत गरेका छन । केहि विश्वव्यापी सन्चार माध्यमले सम्पादीय नै लेखेर बाईडनले छोड्दा उपयूक्त हुने सुझाव दिए । उनले आफु ठीक भएको दावी गरिहेकै थिए त्यहि बेला बाईडेनलाई कोरोना संक्रमण भयो । सोही अवसरमा बाईडेनका व्याक बोन भनेर चिनिएका पूर्वराष्ट्रपति बाराक ओबामाले र पूर्वसभामुख न्यान्सी पेलोसीले बाइडेनलाई छोड्न मनाउएको बताइएको छ । डेमोक्र्याटिक पार्टीका प्रतिनिधि सभा सदस्यहरूलाई समेत ओवामा र पोलीसीले अहिलेको अवस्थामा डोनाल्ड ट्रम्पलाई जित्न मुस्किल हुने भन्दै स्वस्थ्य अवस्थाले पनि साथ नदिएको भनिएको छ । बाइडेन सन् २००८ देखि २०१६ सम्म ओबामाका उपराष्ट्रपति थिए। तर ओबामाले आफूले भनेर मात्रै बाइडेनले छाड्छन् भनेर दबाब दिनु गलत भएको बताए पनि मुख्य रुपमा बाईडेनले ओबामाको सल्लाह मन्ने गरेको समाचार माध्यमहरुले जनाएको छ ।
    गत जुन २७ मा भएको राष्ट्रपतीय बहसमा उनले खराब प्रस्तुति भएको भन्दै डेमोक्र्याटिक पार्टीबाट फेरि उम्मेदवार नबन्न उनलाई दबाब परेको थियो। हाल उहाँको कोभिड रिपोर्ट पोजेटिभ आएकाले चुनावी अभियान स्थगित गरिएको छ । यो नोभेम्बरमा हुने चुनावअघि आएको उहाँ संग सम्वन्धित अर्को स्वास्थ्य सम्वन्धी प्रश्न हो ।

    रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बहसमा ८१ वर्षीय बाइडेन धेरैपटक बीचबीचमा रोकिएका थिए। उनले बोल्दा वाक्यहरू पनि पूरा गर्न सकेका थिएनन्। एउटा शब्द बोल्नुपर्नेमा झुक्किएर अर्कै शब्द बोलेका थिए। बहसपछि परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएका द न्यूयोर्क टाइम्स, द एट्लान्टिक, द न्यू योर्कर लगायतले बाइडेनले अब राष्ट्रपतिको दौड छोड्नुपर्ने लेखेका थिए। रिपब्लिकन पार्टीको समर्थन गर्ने वाल स्ट्रीट जर्नलले समेत यस्तै लेखेको थियो।

    बाइडेनले दौड छोड्नुपर्ने भन्दै सुरूमा डेमोक्र्याटिक पार्टीलाई चन्दा दिनेहरूले गाइँगुइँ गरेका थिए। पछि पार्टीका प्रभावशाली नेताहरूले भित्रभित्रै त्यस्तो माग गरे। तर बाइडेन दौड नछाड्ने भनेर दृढ रहे। अहिले भने बाइडेनले आफ्नो सोच बदलेको र अन्ततः राष्ट्रपतिको मैदान छाड्ने संकेत देखिन थालेको छ।
    शुक्रबार सबैजसो पश्चिमा मिडियाहरूले अब बाइडेनले दौड छोड्न लागे भन्ने खालका समाचारहरू लेखेका छन्। पार्टीभित्र फरक विचार राख्ने सिनेटर बनाई सेन्टर र चक समुलरले पनि बाईडनलाई छोड्न सुझाव दिएका थिए । उनले छोडे पनि राष्ट्रपतिमा कसलाई उठाउने भन्ने निश्चित भएको छैन । पछिल्लो समयमा यदि बाईडनले छोडेमा स्वत उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले पाउने चर्चा चुलिएको छ ।

    टाइम्सले ‘बाइडेन निकटका मान्छे भन्छन्  उनले छोड्नुपर्ने हुनसक्छ भन्ने स्वीकार गरेको देखिन्छ’ शीर्षकमा समाचार छापेको छ। बाइडेन निकट ती व्यक्तिका अनुसार बाइडेनले चाँडै राष्ट्रपतिको दौड छाडेर उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार समर्थन गर्ने संकेत देखिएको छ। त्यस्तै बाइडेनले छाडे भने कुन समयमा घोषणा गर्न उत्तम हुन्छ भन्ने लगायत विषयमा उनका सल्लाहकारहरूले छलफल गर्न थालेका छन्।

    टाइम्सको समाचार अनुसार बाइडेनलाई राष्ट्रपति दौडबाट बाहिरिने गरी तीन कुराले प्रभाव पारेको द्खाएको छ जसमा पहिलो हो, प्रतिनिधि सभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले खुलेरै बाइडेनले छोड्नुपर्छ भन्नु, दोस्रो, नयाँ मत सर्वेक्षणले बाइडेनले जित्ने सम्भावना झनै कम देखाउनु, र तेस्रो, केही मुख्य चन्दादाताले उनको बहिष्कार गर्नु रहेको छ ।

    फाइनान्सियल टाइम्सले पनि केही प्रमुख चन्दादाता र पार्टी नेताको हवाला दिँदै बाइडेनले छाड्न लागेको भनेर लेखेको छ। डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता एवं सिनेटका बहुमत पक्षका नेता चक सुमर निकट एक चन्दादाताले यो प्रसंग चाँडै टुंगिने बताएका छन्।

    Post Views: 135
    प्रकाशित मिति: २०८१ श्रावण ५, शनिबार ०७:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.