• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दिन प्रतिदिन असुरक्षित बन्दै बैदेसिक रोजगारी : ११ बर्षमा १२ हजार भन्दा बढीको निधन

  •  
  • २०८१ श्रावण ११, शुक्रबार ०९:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    खबरमाला विशेष रिर्पोट
    पछिल्लो एक दशको वैदेसिक रोजगारीमा जाने नागरिक, उनिहरुले धानेको अर्थतन्त्र पठाएका रेमिट्यान्स हेर्दा उनिहरुका लागि सुरक्षित रोजगारीका लागि सरकारले पटक्कै ध्यान नदिएको देखिन्छ । एक दशकमा २२ देखि ४५ बर्षसम्मका नेपालीहरु बैदेसिक रोजगारीमा गएर अनाहकमा ज्यान गुमाउनेहरुको सख्या निकै बढेर गएको छ । विदेशमा रोजगारीमा गएकालाई मृत्यू भएपछि क्षतिपुर्ति त दिने भनियो तर उनिहरुका लागि सुरक्षाको खासै पहलकदमी भएको देखिन्न । जसका कारण ११ बर्षमा झण्डै १३ हजार नेपालीले विदेशी भुमिमा ज्यान गुमाएका छन तर सरकार रेमिट्यान्सले देश चलाएर दैनिक ४ जनाका दरले विदेशबाट बाकसमा आउने लास गनेर बसेको छ ।
    सरकारले रेमिट्यान्सको हिसाव गरेर मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०, ८१ मा एक हजार ३ सय ४६ युवाले ज्यान गुमाएका छन् । यो सख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् । त्यो सहायता लिन पनि राजनीति पावर लगाउनु पर्ने र सामान्य परिवारका मानिसहरुले नपाएको गुनासो पनि आएका छन । त्यति मात्रै होईन मृतकका परिवारलाई क्षतिपुर्ति रकम दिने नाममा ठुलै गण्डागर्दी हुने गरेको पनि छ । जसको कारण वास्तविक पीडितले रकम नपाई अन्य मानिस हावी भएका घटना पनि बाहिर आउन थालेको छ ।

    ११ बर्षमा झण्डै १३ हजार नेपालीले विदेशी भुमिमा ज्यान गुमाएका छन तर सरकार रेमिट्यान्सले देश चलाएर दैनिक ४ जनाका दरले विदेशबाट बाकसमा आउने लास गनेर बसेको छ ।

    पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिकले मृत्युवरण गर्नु परेको छ । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ । बोर्डका अनुसार गत आवमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटसबाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ । यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ । क्रोएसिया १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्थान र युकेबाट एक÷एक शव आएको बोर्डले जनाएको छ ।

    आव २०७९, ८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार गत आव २०८०(८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । बोर्डका अनुसार गत आवमा मात्रै वैदेशिक रोजगारीका व्रmममा मृत्यु भएका एक हजार ३४६ मृतकका परिवारमध्ये ८२८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकी ४१८ परिवारलाई दिने प्रक्रियामा रहेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुुनेको सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा बढेको छ । बोर्डका अनुसार आव २०७९(८० मा एक हजार २०८ र आव २०८०, ८१ मा एक हजार ३४६ शव नेपाल आएका छन् । जुन अघिल्लो आवभन्दा गत आवमा १३८ ले बढी हो । बोर्डका कार्यकारी निर्देशकका अनुसार आव २०६५, ६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ३४६ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ९५ करोड ३० लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ ।
    गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ६५३ जनालाई आर्थिक सहायतास्वरूप १९ करोड ४६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराइएको छ । गत आव वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्पmत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ ।

    यसै गरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन गरी श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि सात लाख रुपियाँ पाउने निर्णय भएपछि सहयोग लिनेको सङ्ख्या बढेको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ । वैदेशिक रोजगारका विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण विदेश जानेलाई अपेक्षा धेरै देखाइने तर पर्याप्त सूचना नहुुनु, धोकापूर्ण श्रमिक भर्ना प्रव्रिmया रहेको बताउनुुभयो ।

    देश छोड्नेहरुको सख्यामा बृद्धि

    नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्नेहरुले दिएको तथ्यांक हेर्दा नेपालबाट बर्सेनि ठूलो सख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना छैन । नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ । विदेशमा नेपालीको जनसख्या २२ लाख देखाएको जनगणनाको नतिजामा उल्लेख छ ।

    नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाउन थाले पछि नेपामा उत्तिकै कामई भए पनि युवा पुस्ताहरु विदेसिएका छन । पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने विषय सामाजिक प्रतिष्ठाको विषय बनेर आएको छ । हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश जान जस्तो सुकै त्याग र रकम खर्च गर्न तयार भए पछि उत्तिकै मात्राामा ठगिएका पनि छन ।

    ११ वर्षमा १२ हजारको मृत्यु

    अघिल्लो आर्थिक वर्ष अर्थात् २०७९ सालको असार महिनासम्म श्रम स्वीकृति लिएर छ लाख ३० हजार युवा वैदेशिक रोजगारीमा गएका थिए । तर २०८० को वैशाख महिनासम्म १० महिनामै त्यो सङ्ख्या छ लाख ५६ हजार नाघिसकेको छ । रोजगारीका निम्ति विदेशिने युवाको सङ्ख्या पहिलो पटक एक वर्षमै पाँच लाख नाघेको आर्थिक वर्ष २०७०÷७१ बाट हो ।

    कोभिड महामारीसम्म आइपुग्दा त्यो सङ्ख्या घट्दै गएको देखिन्छ । वैदेशिक रोजगार बोर्डका अनुसार कोभिडको महामारीपछिको वर्ष वैदेशिक रोजगारीमा छ लाखभन्दा धेरै गएको देखिन्छ । नेपालबाट जाने करिब सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्षका रहने गरेको श्रम मन्त्रालयको भनाइ छ । पछिल्ला तीन वर्षमा आधा सख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ । पछिल्लो १० वर्षमा झन्डै १० हजार युवाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । पछिल्लो दुई बर्षका तथ्यांक जोड्दा ११ बर्षमा १२ हजार नेपाली विदेशमा मृत्यूवरण गरेको डरलाग्दो तथ्यांक देखिन्छ ।

    आर्थिक वर्ष २०७९÷८० को वैशाखसम्म १० महिनामा १०३२ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क छ । उसका अनुसार त्यसको अघिल्लो वर्ष एक हजार ४७९ जनाको शव नेपाल आएको थियो । रेमिट्यान्सको चर्को मूल्य हेर्दा एक वर्षमा १० खर्ब रुपैयाँ आम्दानी त भयो तर १५ सय जनाको मृत्यु हुँदा मुलुकले युवा पुस्तालाई मृत्यूबाट बचाउन सकेको देखिन्न । अधिकारीहरूका अनुसार प्राकृतिक मृत्यु, कार्डिएक अरेस्ट, आत्महत्या, दुर्घटना जस्तालाई मृत्युको मुख्य कारण बताइने गरिएको छ ।

    Post Views: 122
    प्रकाशित मिति: २०८१ श्रावण ११, शुक्रबार ०९:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.