• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा “बृद्धा” को शासनः ८० बर्ष माथीका दर्जनबढी न्यायधिष, सिनेटर र कंग्रेसम्यानहरु

  •  
  • २०८१ श्रावण १७, बिहीबार ०८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम ६ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा गतहप्ता रुढिवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको लागि भन्दै एउटा पेचिलो प्रश्न खडा गरेका छन । सर्वोच्च अदालतका लागि बढी १८ वर्षको कार्यकालको सीमा र लागू गर्न योग्य आचार संहिताको माग गरे । अमेरिकी सर्वोच्च अदालतमा संसारमै नभएको नियम नियूक्ति भएपछि बाँचुन्जेल पदावधि हुन्छ । आफै ८१ वर्षीय बाइडेनले त्यसका लागि संवैधानिक संशोधनसमेत चाहेको बताए । तत्काल कति संभव होला तर बाईडनले बोलेको कुराले अमेरिकामा तरंग ल्याएको छ । सन्र्दभचाही सर्वोच्च अदालतले गर्भपतनको राष्ट्रव्यापी अधिकार खारेज गर्ने र सर्वोच्च अदालतका आजीवन नियुक्त न्यायाधीहरू समावेश गर्नेसम्बन्धी घोटालाजस्ता अदालतका निर्णयहरूको शृङ्खलापछि बाइडेनको यो कदम आएको हो । अझै महत्वपुर्ण कुरा त सर्वोच्च अदालतका न्यायधिषकै परिवार जनवरी ६ को क्यापिटल हिलको घटनामा प्रत्यक्ष संलग्न भेटिएका थिए । त्यसपछि अमेरिकी न्यायलयको बारेमा केहि प्रश्न त उठेकै थियो ।

    सायदै राष्ट्रपतिको तहबाट पहिलोपल्ट अदालतको बारेमा प्रश्न उठाउँदै बाईडेनले भनेका छन अहिले जे भइरहेको छ त्यो सामान्य छैन र यसले अदालतको फैसलाहरूमा जनताको विश्वासलाई कम गर्दछ जसमा व्यक्तिगत स्वतन्त्रतालाई प्रभावित गर्ने फैसला पनि समावेश छ”, । बाइडेनको प्रस्तावले ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपति, सर्वोच्च अदालतको न्यायाधीश र कोही पनि कानुनभन्दा माथि छैन’ भन्ने सिद्धान्तलाई प्रतिबिम्बित गर्ने दावी गरेका छन ।

    के हो बृद्धातन्त्र अर्थात जेरोन्टोक्रेटिक ?

    वृद्ध अवस्थालाई अंग्रेजी भाषामा ‘जेरोन्टोक्रेटिक भनेको (वृद्धतन्त्र) हो । कति बर्ष भन्दा माथीलाई बृद्धा भन्ने कुरा निश्चित नभएपछि प्रायजसो ७० भन्दा माथीका लागि बृद्धा भनेको पाईन्छ । अमेरिका यस्तो देश हो यहाँ न्यायलयदेखि राज्यको बागडोर त्यहि बृद्धाहरुमा निर्भर छ । राष्ट्रपति जो ‘बाइडेनको उमेरजन्य कमजोरी भन्दै जति आलोचना भएपनि अमेरिकी न्यायलय झन बढी (वृद्धतन्त्र)’ मा निर्भर छ । आफुलाई बृद्ध र अशक्त भन्दै राष्ट्रपतिको दोश्रो कार्यकालका लागि प्रश्न गरेपछि बाहिरिएका उनले अमेरिकामा स्थापित (वृद्धतन्त्र)’को बिरोध मात्रै गरेनन् की कानुन परिवर्तनको आवाज नै बुलन्द पारे । उनको सिधा प्रश्न अमेरिकी सर्वोच्च् अदालतप्रति थियो । जहाँ एक पटक नियूक्ति भएपछि बाँचुन्जेल वा आफैले जानेर नछोडेसम्म पदमा बसी रहन पाउँछन ।
    गुगल गर्दा ‘जेरोन्टोक्रेसी’ शब्दलाई एक शताब्दीअघि स्कटिस मानवशास्त्री जे. जी. फ्रेजरले लोकप्रिय बनाएका रहेछन । यो शब्दावलीले सरकारको प्रारम्भिक स्वरूपलाई बुझाउँछ, जसमा शक्ति पाका मानिसहरूको परिषदमा निहित हुन्थ्यो । समाजले भविष्यलाई भन्दा अतीतलाई र नयाँ पुस्तालाई भन्दा पुर्खा वा अग्रजलाई बढी महत्व दिने भएकाले अनुभवले खारिएका र उमेरमा ज्येष्ठतमहरूमा अधिकार सीमित हुनु स्वाभाविकै पनि थियो । ज्ब यूवाहरु पनि वृद्धतन्त्र नभेटुन्जेल पालो नै नआउने अवस्था श्रृजना भयो तव वृद्धतन्त्रको बारेमा बहस शुरु भयो । अझ अर्को जोक त के भने ८१ बर्षिय बाईडेन भन्दा २ बर्ष कान्छो ७९ बर्षिय डोनाल्ड ट्रम्पले जहिले पनि भाषणमा वल्ड म्यान (बुढा मान्छे) भनेर उडाउँथे । अमेरिकाको दुई पार्टी सिष्टममा दुवै पार्टी डेमोक्र्याट र रिपव्लिकनमा निर्णयक तहमा ८० हााराहारी कै नेताहरुको दवदबा चल्दछ ।

     

    अझ अर्को जोक त के भने ८१ बर्षिय बाईडेन भन्दा २ बर्ष कान्छो ७९ बर्षिय डोनाल्ड ट्रम्पले जहिले पनि भाषणमा वल्ड म्यान (बुढा मान्छे) भनेर उडाउँथे । अमेरिकाको दुई पार्टी सिष्टममा दुवै पार्टी डेमोक्र्याट र रिपव्लिकनमा निर्णयक तहमा ८० हााराहारी कै नेताहरुको दवदबा चल्दछ ।

    अमेरिकी कंग्रेस र सिनेटमा कति बृद्धा छन ?

    जब अमेरिकी संविधानले सिनेटमा न्यूनतममा ३० वर्षको (अधिकतमको सीमा नतोकिएको) उमेरहद लागू ग¥यो, त्यसले तीन चौथाइ श्वेत जनसंख्यालाई सिनेट–प्रवेशबाटै प्रतिबन्धित गर्न पुग्यो । जसमा बाइडेन ३० वर्षको उमेरमा सबैभन्दा कान्छो सिनेटरमध्ये एक बनेर आज ८१ बर्षमा लागतार ४५ बर्ष सिनेट बन्दै राष्ट्रपति बनेका हुन । साथै, डायने फिनस्टाइन (९१ वर्ष) मा उनि सन १९९२ देखि हालसम्म निरन्तर सिनेटर, रोबर्ट बायर्ड (९२) ५१ बर्ष लगातार सिनेटर भएर सन २०१० मा मृत्यू भयो । स्ट्रोम थर्माेन्ड १९५४ देखि २००३ सम्म ४८ बर्ष सिनेटर भए (१०० बर्ष सम्म राजनीति गरेर निधन भयो ।

    हाल अमेरिकी सिनेटमा कार्यरत रहेका बृद्धा १५ सिनेटरहरु निम्नानुसार छन । सिनेटर चक ग्रास्ली ९०, बनाई सेन्डर ८२, मिक कनेल ८२, जीम राईस ८०, बेन कार्डिन ८०, अंगुस किंग ७९, डिक डर्विन७९, रिचर्ड ब्लूमेन्थल ७८, एड मार्की ७७, टम कार्पर ७७, जियानी शाहिन ७७, मिट रोम्नी ७६, पिटर बेल्च ७६, जो मन्चिन ७६ मेन्जी हिरोनो ७६ बर्षका रहेका छन ।

    त्यसैगरी हाउस अफ रिप्रेजेन्टीभमा पनि उमेरका कारण बृद्धाहरुको कमी छैन । जहाँ ग्रेस नेपोलिटानो ८६, वील पासेरेल ८६, हरोल्ड रोजर ८५, म्यासिन वाटरर्स ८५, स्टेनी हायर्स ८४, न्यान्सी पोलिसी ८३, जेम्स क्यालिवर्न ८३, डेनी डाभिस ८२, फेडरिक वील्सन ८०, अन्ना ईहो ८०, क्या ग्रान्जर ८०, रोसा डेलाउरो ८०, भर्जिनिया फक्स ८० उमेरका छन । यी तथ्यांकको् श्रोत बायोग्रफिकल डाईरेक्ट्री यूएस् सिनेट एण्ड कंग्रेसबाट लिइएको हो । यो भन्दा नी अचम्मको कुरो त एउटै मानिसले ४९ बर्षसम्म सिनेटमा काम गरेका छन । हालका राष्ट्रपति वाईडेन निरन्तर ४५ बर्ष सिनेटर भएका व्यक्ति हुन ।

     

    सर्वोच्च अदालतमा वृद्धतन्त्र

    अमेरिकाको सर्वाेच्च अदालत पनि वृद्धतन्त्रको एउटा अखडा हो । संविधानले संघीय न्यायाधीशहरूलाई आजीवन कार्यकाल प्रदान गरेको छ । त्यसैले उनीहरूले पद जीवित रहँदै वा मरेपछि छाड्छन्, त्यो पूर्ण रूपमा उनीहरूमै निर्भर गर्छ । संघीय न्यायाधीशहरूले कार्यभार सम्हाल्दा–सम्हाल्दै मृत्युवरण गर्नु खासै आश्चर्यको कुरा होइन । न्यायमूर्ति रूथ बाडर गिन्सबर्ग ८७ वर्षमा, विलियम रेनक्विस्ट ८० र एन्टोनिन स्कालिया ७९ वर्षमा हिँड्दै छन । अहिलेसम्मको ईतिहासमा सर्वोच्च अदालतको बेन्चमा रहँदै १०० वर्ष नाघ्ने संघीय न्यायाधीशको संख्या कम्तीमा पाँचजना पुगी सकेको छ ।

    अझ अर्को तथ्यांक हेर्दा सन् २००० को जनगणनासम्म ५० प्रतिशतभन्दा बढी अमेरिकी ३५ वर्षभन्दा कम उमेरका थिए । सन् १९९० ताकादेखि अमेरिकी राजनीतिक नेताहरूको उमेर बढ्न थालेको देखिन्छ । सन् १९६० देखि १९९० सम्म कंग्रेस सदस्यहरूको औसत आयु करिब ५३ वर्षको थियो । त्यसपछिको तीन दशकमा यो बढेर ६० को हाराहारीमा पुग्यो । आधा अमेरिकी ४० वर्षभन्दा कम उमेरका छन्, जबकि यो उमेरका कंग्रेस सदस्य केवल ६ प्रतिशत मात्र छन । लगभग २५ प्रतिशत सदस्य ७० वा त्यसभन्दा पाको उमेरका छन् भने २१ जना ८० वर्षभन्दा माथिका छन ।

    सुरुदेखि नै सर्वाेच्च अदालतको इजलासमा नियुक्तिको औसत उमेर लगभग उही छ, तर उमेरका कारण न्यायाधीश लामो समयसम्म पदासीन हुन थालेको देखिन्छ । अमेरिकामा यो कुलीनतन्त्रकै एक रूप हो । यसैकारण, युवापिँढीले आफ्नो समय पुरानो पिँढीसँग जे छ, त्यसलाई विरासतमा प्राप्त गर्ने इच्छा र यसो गर्नु पर्दाको असन्तोषबीच ठुलो विभाजित गर्छ । तर पनि अमेरिकी राजनीतिमा के प्राक्टिस छ भने पढ्ने आफ्ने जीवनका राम्रो जागिर खाएर स्थापित हुने अनि मात्रै फुर्सदमा राजनीतिमा आउने प्रचलन बढी भएकोले पनि उमेर बढी भएर रजनीतिमा टिकी राखेको पनि देखिन्छ । थोरै व्यक्तिहरु मात्रै यूवा अवस्थामा राजनीतिमासहभागी भएको पाईन्छ । वृद्धहरूले अधिकारको बागडोर समातेका छन् भने बाँकीचाहिँ यसमा परिवर्तन पर्खिरहेका छन तर कहिलेसम्म हो ठेगान छैन । विभिन्न तथ्यांक र अन्तराष्ट्र्रिय समाचारहरुमा आधारित ।

    Post Views: 114
    प्रकाशित मिति: २०८१ श्रावण १७, बिहीबार ०८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.