• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावलीसहित)

  •  
  • २०८१ आश्विन १३, आईतवार ०४:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ ।

    मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौँको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ ।

    उनीहरुको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो ।

    यस्तै नागार्जुन नगरपालिका–६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका–२ का अन्दाजी ४५÷४५ वर्षका सचिन साह, चन्द्रागिरी नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए । अर्घाखाँची घरभई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नामथर वतन नखुलेको अन्दाजी ४०÷४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीया बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनिशा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ । सूर्यविनायक–८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ ।

    ललितपुरको गोदवरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ ।

    गोदावरी नगरपालिका–९ छम्पीस्थित भैसेपाटी–टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी–३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ ।

    ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ ।

    ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

    काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ । रासस

    Post Views: 182
    प्रकाशित मिति: २०८१ आश्विन १३, आईतवार ०४:४७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.