• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इजरायलबाट उद्दार गर्नुपर्ने अवस्थामा किन कामदार पठाउन हतार गर्दैछ सरकार ?

  •  
  • २०८१ आश्विन १९, शनिबार १०:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पछिल्लो समय इजरायल–इरानबीच युद्ध चर्कदो छ । दुवैले एक अर्कालाई लक्षित गरी क्षेप्यास्त्रहरु प्रहार गरिरहेका छन् । इजरायलमा रहेका नेपालीहरु दिनरात त्रसित अवस्थामा छन । गत मंगलबार मात्र इरानले इजरायलमा १८० वटा क्षेप्यात्र प्रहार गरेको थियो । निरन्तरको युद्धका कारण अहिले इजरायलमा कार्यरत नेपालीहरु त्रसित अवस्थामा छन् । इजरायल सरकारले पनि आफ्ना नागरिकहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । यस्तो बेलामा नेपाल सरकारले भने रोजगारीका लागि थप नेपालीलाई इजरायल पठाउने तयारी गरेको छ । त्यहाँ भएका नेपालीलाई सुरक्ष्ति अवस्थामा नेपाल ल्याउनु पर्ने अवस्थामा किन पठाउन हतारो गर्दैछ सरकार ।

    अहिले जीटूजी सरकार–सरकारबीचको समझदारी प्रक्रियाबाट नेपाली श्रमिकहरु केयर गिभरको रुपमा इजरायल पठाउने तयारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग छन् । अहिले केयर गिभरमा इजरायल जान नेपालबाट दुई हजार १ सय १२ श्रमिक छनोट भएका छन् । नेपालमा श्रमिक छनोट प्रक्रिया अपारदर्शी देखिएपछि इजराइलले आफैं छनोट गरेको थियो । इजरायलले गोला प्रथाबाट छनोट गरेका नेपालीमा एक हजार १४६ महिला र पुरुष ९५६ छन् । वैदेशिक रोजगार विभागका निर्देशक गिरिराज ज्ञवाली उनीहरुलाई स्वास्थ्य परीक्षणपछि इजरायल पठाउने बताउँछन् ।

    ‘श्रमिकहरु छनोट भएसँगै पठाउने प्रक्रिया पनि अघि बढिरहेको छ’, उनले भने, ‘छनोट भएका श्रमिकहरुmलाई पठाउन स्वास्थ्य परीक्षणा, पूर्वप्रस्थान अभिमुखीकरण तालिम जस्ता प्रक्रियाहरु अघि बढ्छ । ज्ञवालीले इजरायल सरकारबाट त्यहाँ असुरक्षा रहेको जानकारी नआएको बताए । त्यस्तो कुनै अवस्था आए श्रमिक पठाउने प्रक्रिया तत्काल रोक्न सकिने ज्ञवालीले बताए ।

    गत वर्ष २१ असोजमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ । यो घटनापछि सरकारले विमान पठाएर २५३ जना र पछि भारत सरकारको सहयोगमा थप १८ जना नेपालीलाई स्वदेश फर्काइएको थियो । यता, इजरायलमा युद्ध जारी रहेकै अवस्थामा त्यहाँ रोजगारीमा नेपालीलाई पठाउन नहुने भन्दै अधिकारकर्मीहरुले विरोध गरेका छन् । गत असारमा विभिन्न संघसंस्था, नागरिक समूह र अधिकारकर्मीले युद्ध चलिरहेको इजरायलमा कामदार पठाउन नहुने भन्दै प्रक्रिया रोक्न माग गरेका थिए ।

    उता इजरायलको अवस्था भने डरलाग्दो छ । बेइरुतमा निरन्तर भएका हवाई आक्रमणपछि त्यहाँ सुरक्षा जोखिम बढेको छ र लेबननको यात्रा नगर्न संयुक्त राज्य अमेरिकासहित कयौँ देशहरूले ट्राभल एडभाइजरी जारी गरेका छन्। कतिपय पश्चिमा देशहरूले आफ्ना नागरिकहरूको उद्धार अघि बढाएका छन्।
    लेबनन पनि हेर्ने इजिप्टस्थित नेपाली राजदूत सुशील लम्सालले लेबननमा रहेका धेरै नेपालीहरूले पछिल्लो द्वन्द्वले आफूहरूलाई खासै प्रभाव नपारिरहेको धारणा राख्ने गरेको बताउँछन्।

    उनले भने, “इजरेली सेना र हिज्बुल्लाहबीचको द्वन्द्व सीया बहुल क्षेत्रमा दक्षिणी लेबननको बेइरुतमा पनि छ। नेपालीहरू इसाई र सुन्नी मुसलमानहरू भएको क्षेत्रमा बढी रहेकाले त्यत्ति धेरै असर परेको छैन भन्ने कुरा उहाँहरूको छ।” तर आफूहरूले लेबननको अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले केही नेपालीहरूले बेइरुतबाट फर्कन टिकट काटेको भएपनि विमानस्थलबाट उडान ज्यादै न्यून भइरहेको हुँदा उक्त योजना प्रभावित हुनसक्ने जनाए।

    उनले अहिलेको अवस्था हेर्दा लेबननबाट नेपालीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नदेखिएको जनाए । “तर आवश्यकता परेमा हामीले त्यो व्यवस्था गर्नुपर्छ। हामी गर्छौँ।” इजिप्टस्थित नेपाली राजदूतावासका अनुसार लेबननमा झन्डै १२ सय नेपाली कार्यरत छन् जसमध्ये अधिकांश घरेलु कामदारका रूपमा काम गर्ने गर्छन्। अन्य कतिपय उद्योग, रेस्टुराँ लगायतका क्षेत्रमा पनि काम गर्छन्।

    यसै हप्ता नेपालको परराष्ट्र मन्त्रालयले लेबननमा विकसित घटनाक्रमका कारण नेपाली नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको भन्दै त्यहाँ रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको थियो।

     

    Post Views: 87
    प्रकाशित मिति: २०८१ आश्विन १९, शनिबार १०:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.