• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

  •  
  • २०८१ आश्विन २१, सोमबार ०९:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छिन्।

    ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन्।

    बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा विशेष गरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिइन्।

    मन्त्री डा. राणाले भनिन्, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नू।’

    मन्त्री डा. राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन्।

    इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए।

    त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेकाे अनुमान गरिएको र अधिकांश घरायसी काममा रहेकाे जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीनजना मात्र सम्पर्कमा आएका र उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको लम्सालले बताए।

    हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेका, तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएकाे उनले बताए।

    इजरायलका लागि नेपाली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेका बताए। सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए। RSS

    Post Views: 115
    प्रकाशित मिति: २०८१ आश्विन २१, सोमबार ०९:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.