• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

होसियार, सामाजिक सन्जालमा मनपरी लेख्नेहरु अब कानुनी कठघरामा !

  •  
  • २०८१ कार्तिक १, बिहीबार ०७:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष नै तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८०’ लाई मन्त्रिपरिषद्मा दर्ता गराएको छ । विधेयकलाई फास्ट ट्र्याकमा अघि बढाउने मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष तिहार सुरु हुनै लागेका बेला टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन सरकारलाई निर्देशन दिएपछि कानुन निर्माण शुरु भएको थियो ।

    ८ परिच्छेद र ६४ दफाहरूमा व्यवस्थित गरिएको प्रस्तावित विधेयकले सामाजिक सञ्जाल व्यवस्थापन परिषद् र केन्द्रको स्थापना, प्लाटफर्म दर्ता, र सामाजिक सञ्जाल प्लाटफर्महरूमा प्रतिवन्धित कार्यहरूमा सजायलगायतको व्यवस्था गरिएको छ । विधेयकमा रहेका सामाजिक सञ्जाल सामग्रीसम्बन्धी अस्पष्ट निषेधात्मक व्यवस्था, फौजदारी गाली बेइज्जतीको व्यवस्था, प्लाटफर्म दर्ता, सामग्री हटाउने र बेनामी पहिचानको अपराधिकरणसम्बन्धी व्यवस्थाहरूको विश्लेषण पत्रमा समीक्षा गरिएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रता र अन्य मौलिक अधिकारमा असर नपर्ने गरी सामाजिक सञ्जालको नियमनका उपायहरू विश्लेषण पत्रले सिफारिस गरेको छ ।

    ‘विधेयकमा अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती वा हेट स्पिच मानिने कार्यलाई निषेध गरेको छ । अपमानजनक शब्द, होच्याउनेजस्ता शब्द निकै व्यापक र खुला शब्द हुन्, जसले सरकारलाई नागरिकको वैयक्तिक स्वतन्त्रतालाई संकुचित गर्न स्वेच्छाचारी अधिकार प्रदान गर्छ,’ विश्लेषण पत्रमा भनिएको छ, ‘यस प्रावधानले नागरिकले वैध रूपमा सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विचार तथा अभिव्यक्तिहरूलाई आपत्तिजनक वा अपमानजनक शब्दको रूपमा व्याख्या गर्न सकिन्छ । विशेष गरेर सरकार वा सरकारी नीतिविरुद्ध आउने अभिव्यक्तिलाई रोक लगाउन यस प्रावधानको दुरुपयोग हुन सक्ने सम्भावना बढेर जान्छ ।’

    विधेयकमा ‘मिथ्या’ र ‘भ्रामक’ सूचनामा गरेको निषेध पनि अभिव्यक्तिको स्वतन्त्रताको विरुद्ध रहेको विश्लेषण पत्रमा भनिएको छ । यस्ता कानुनले सरकारलाई स्वेच्छाचारी हुने मौका दिने र विद्यमान लोकतान्त्रिक मान्यतालाई नष्ट गर्ने तर वास्तविक मिथ्या र भ्रामक सूचनाको प्रसारलाई भने रोक लगाउन प्रभावकारी नहुने विश्लेषण पत्रमा उल्लेख छ । त्यस्तै, दफा २० को १० का निषेधहरू उल्लंघन गर्ने सामग्री जानीजानी पोस्ट, सेयर, लाइक, रिपोस्ट, लाइभ ब्रोडकास्ट, ट्याग, मेन्सन, सब्सक्राइब र कमेन्ट गरेमा सजायको भागीदार हुने व्यवस्थामा पनि विश्लेषण पत्रमा टिप्पणी गरिएको छ ।

    ‘यसले अनलाइन फेसबुकमा डरको वातावरण सिर्जना गर्ने जोखिम उत्पन्न गर्छ । किनभने व्यक्तिहरूलाई केवल सामाजिक सञ्जाल पोस्टमा लाइक वा टिप्पणी गरेकामा दण्डित हुने डर हुन सक्छ,’ पत्रमा भनिएको छ । दफा २ मा भएको ‘सामाजिक सञ्जाल प्लाटफर्म’ को परिभाषालाई थप साँघुरो र सीमित बनाउँदै फेसबुक, इन्स्टाग्राम, एक्स, युट्युबजस्ता ठूला साइटहरूलाई मात्र समेट्न उपयुक्त हुने सुझाव दिइएको छ ।

    दफा १७ को सामाजिक सञ्जालबाट सामग्री हटाउने व्यवस्थामा सामग्री हटाउनु अघि अदालत वा अन्य सक्षम तथा स्वतन्त्र निकायको आदेश आवश्यक पर्ने व्यवस्था राखिनुपर्ने औंल्याइएको छ । दफा २२ को २० मा भएको ‘आफ्नो वास्तविक पहिचान लुकाएर’ वाक्यांशलाई हटाउनुपर्ने भनिएको छ । यस दफामा प्रयोगकर्ताले आफ्नो छद्म नाममा सामाजिक सञ्जालमा आईडी वा पेज वा ग्रुप खोल्न वा प्रयोग गर्न निषेध गरेको छ । यसले वैध उद्देश्यका साथ खोलिएका खाताहरू, कसैको समर्थनका लागि खुलेका पेज वा संवेदनशील मुद्दाहरूमा छलफल गर्नका लागि खोलिएका फोरम एवं मनोरञ्जनको उद्देश्यले खोलिएका ट्रोल पेज, फ्यान पेजलगायतका आईडी, पेज, ग्रुपहरूमा बन्देज लाग्ने भएको यो व्यवस्था उचित नभएको स्पष्ट पारिएको छ ।

    विधेयकमा प्राप्त सुझाव र विश्लेषणको समीक्षापछि मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाइएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताएका छन । ‘यो विधेयक मन्त्रिपरिषद्को स्वास्थ्य, शिक्षा र सञ्चार समितिमा गएको छ, यसपछि क्याबिनेटले स्वीकृत गरेमा संसदीय समितिहरूमा जानेछ, स्वीकृत नगरे पुनः मन्त्रालयमा फर्किनेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले पनि सामाजिक सञ्जालसम्बन्धी कानुन बनाउन आदेशात्मक निर्देशन दिएको हुँदा यसलाई फास्ट ट्र्याकमा अगाडि बढाउने काम भएको हो।’ सोसल मिडिया दुरुपयोग गरेको ठहर भएका पाँच लाखसम्म जरिवाना र ३ बर्ष सम्म कैदको व्यवस्था गरिएको छ ।

    Post Views: 116
    प्रकाशित मिति: २०८१ कार्तिक १, बिहीबार ०७:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.