• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रत्यक्ष मत बढी पाएर पनि चुनाव हारेका ५ राष्ट्रपति उम्मेदवार: ह्यारिस र ट्रम्पको ईलोक्ट्रोल मतले नतिजा निर्धारण गर्ने!

  •  
  • २०८१ कार्तिक ११, आईतवार ११:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    नोभेम्बर ५ अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारद्धय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा नेक टु नेक हुँदै गएको विभिन्न सर्भेक्षणहरुले देखाएको छ । नतिजा कसको पक्षमा जान्छ, भनिहाल्ने अवस्था छैन । विभिन्न कारकमध्ये विशेषतः इलेक्टोरल कलेज प्रभावित भएको अवस्थाले कडा प्रतिस्पर्धाको संकेत गर्छ । यो इलेक्टोरल कलेजमा सबैभन्दा बढी स्पष्ट हुन्छ र यो एक अद्वितीय प्रणाली हो, जसले सम्भावित रूपमा लोकप्रिय मतलाई अवमूल्यन पनि गर्न सक्छ । जुन विगतमा पटक पटक भएका छन । उनै ट्रम्पले हिलारी क्लिन्टनलाई पपुलर मतमा जित्न सकेनन तर ईलेक्टोल मतमा जितेका हुन ।

    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । छालाका आधारमा सबैभन्दा ठुलो मतदाता समूहमा गोरा (६७ प्रतिशत), ल्याटिन (१३ प्रतिशत), अश्वेत (१२ प्रतिशत) र पाँच प्रतिशत एसियाली मुलकका छन । विगत चुनावहरुमा अल्पसंख्यकले धेरै हदसम्म डेमोक्य्राट उम्मेदवारलाई समर्थन गर्ने गरेको ईतिहास भए पनि अहिले अल्पसंख्यक समूहमा डेमोक्रेटिक उम्मेदवारप्रतिको समर्थनमा भारी गिरावट आएको देखिन्छ । त्यसको लैगिक पुर्वाग्रह भन्ने गरिएको छ ।

    सायद त्यसैले होला पुर्वराष्ट्रपति बाराक ओबामाले अश्वेत मतदातालाई लैंगिक पूर्वाग्रहबाट बच्न आग्रह गरेपछि अश्वेत पुरुष परिवर्तन हुन सक्ने देखिन्छ । तथापि अश्वेत महिलाका तुलनामा सातदेखि आठ प्रतिशत कम अश्वेत पुरुषले ह्यारिसलाई मतदान गर्ने बताएका छन । लामो समयदेखि डेमोक्य्राटिक चुनावी रणनीतिकार रहेका जेम्स कारभिलका अनुसार केही अश्वेत पुरुषले पार्टीमा अत्यधिक नारीकरण भएको महसुस गरेर महिला राष्ट्रपतिको प्रतिरोध गर्न सक्ने बताएका छन । यो अनिच्छा अश्वेत पुरुषबाहिर पनि विस्तार हुन सक्छ । किनभने, अमेरिकामा सधैँ पुरुष राष्ट्रपति भएको ईतिहास छ ।

    प्यु रिसर्च सेन्टरका अनुसार रिपब्लिकन मतदातामा ७९ प्रतिशत श्वेत छन । यसकारण श्वेत रिपब्लिकन पार्टीको सबैभन्दा ठुलो मतदाता समूहमा पर्छ । सन् २०२१ मा २८ प्रतिशत अश्वेत, २१ प्रतिशत ल्याटिन र ६१ प्रतिशत एसियाली जनसंख्याको तुलनामा ४२ प्रतिशत श्वेत अमेरिकीले स्नातक उत्तीर्ण गरेका थिए । ट्रम्पका श्वेत समर्थकमध्ये झन्डै दुईतिहाइ गैर–कलेज–शिक्षित रहेको अनुसन्धानले देखाएको छ । त्यसैले शहरी क्षेत्र छोडेर गाउँमा ट्रम्पमय देखिन्छ । त्यसमा पनि गोरेको बस्ती भएका स्थानहरु गाउँमा ट्रम्पलाई बाहेक अरुलाई गन्दै गन्दैनन भन्दा नी हुन्छ जुन पढेलेखेका भन्दा बढी कम शिक्षित छ ।

    प्यू रिसर्चको अध्ययनमा बहुसख्यक डेमोक्र्याट पार्टीमा आवद्धहरु सेतो वा कालो हेर्दैनन, गैर–श्वेत समुदायमा वर्गभन्दा जाति र जातीयता प्रधान देखिन्छ । राष्ट्रिय मतका आधारमा ह्यारिस अग्रस्थानमा रहे पनि इलेक्टोरल कलेजले नतिजा तय गर्नेछ । अर्थात्, लोकप्रिय मत पाउने तर राष्ट्रपति पद गुमाउने अवस्था आउन सक्छ, अर्थात् सन् २००० र २०१६ को नतिजा पुनरावृत्त पनि हुन सक्छ ।

    के हो इलेक्टोरल कलेज ?
    इलेक्टोरल कलेज अमेरिकी निर्वाचनका लागि गज्जवको प्रणाली हो । जसमा पाँच सय ३८ मत छन । जहाँ सदनका लागि चार सय ३५, सिनेटका लागि सय र वासिंगटन डिसीका लागि तीन मत तोकिएको छ । यो मत विभाजन पूर्ण रूपमा लोकप्रिय मतमा आधारित छैन, किनभने सिनेटले प्रत्येक राज्यलाई जनसंख्याको मतलव नगरी दुई मत दिएको छ । राष्ट्रपति पद जित्न उम्मेदवारलाई दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ । क्यालिफोर्निया र न्युयोर्कजस्ता केही राज्यले डेमोक्रेटिकलाई मतदान गर्छन्, जबकि टेक्सास र फ्लोरिडामा दृढ रूपमा रिपब्लिकन मतदाता बढी छन । हाल ह्यारिससँग दुई सय २६ र ट्रम्पसँग दुई सय १९ मत देखिने मत छन तर बाँकी मत निर्वाचन प्रतिस्पर्धा वा तीव्र रूपमा मतदाता परिवर्तन हुने ‘स्विङ’ राज्यबाट ल्याउनु पर्दछ । अमेरिकामा यस पटकको निर्वाचनमा सात स्विङ राज्य अर्थात् पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलिनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभाडा ६ मत छ । उनिहरु नै निर्णयक मानिएका छन । पछिल्लो सभेक्षणहरुमा यी राज्यहरुमा पनि निर्क कडा प्रतिस्पर्धा रहेको देखिन्छ । अर्कोतर्फ अर्लि भोटिंगमा देखिएको उत्साहले दुवै पार्टीले आआफ्नो पक्षमा मत गएको दावी गरिरहेका छन । उता अरबपति व्यापारी इलन मक्सले चुनाव नै प्रभाव पार्ने गरी जसरी पैसा बाँढी रहेका छन त्इसबाट पनि परिणाममा फरक पर्न सक्ने अनुमान हुन थालेका छन ।
    ईतिहास हेर्दा पपुलर मत कम पाएर पनि ईलोक्ट्रोल मत बढी पाएका कारण १८२४मा जोन आडम्स, १८७६मा रुथरफोल्ड, १८८८ मा बेन्जामिन ह्यारिसन, २००० मा जर्ज बुस र २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जितेको ईतिहास छ । स्मरणीय रहोस उहि ट्रम्प हुन जसले २०१६ को राष्ट्रपति निर्वाचनका बेला हिलारी क्लिन्टन भन्दा २८ लाख मत कम पाउँदा पनि ईलोक्ट्रोल मतका कारण निर्वाचन जितेका हुन । यसपाली पनि सर्भेक्षण अनुसार पपुलर भोट ट्रम्पको कमला ह्यारिसको भन्दा कम आउने निश्चित छ तर अझै पनि इलोक्ट्रोल भोट कसले बाजी मार्ला यसै भन्न सकिन्न ।

     

    यी निर्णयक मत भनिएका मत कसका पक्षमा जान्छन्, त्यो अनिश्चित छ, किनभने यी क्षेत्रमा मतमा तीव्र परिवर्तन हुने गरेका छन । त्यसैले यो क्षेत्रको मतलाई निर्णयाक मानिन्छ । त्यसैले यी राज्यहरुमा दुवै उम्मेदवारले बढी ध्यान दिएका छन । जबकि म्यासाचुसेट्समा राज्यमा तीन दशकभन्दा बढी समय सधैँ डेमोक्रेटिक कब्जा रहने गरेको छ ।

    त्यहाँ बाराक ओबामाको सन् २०१२ को चुनावी अभियान पुगेको तर त्यसपछि कुनै राष्ट्रपति उम्मेदवार नपुगेको सन्चार माध्यमहरुले समाचार लेखेका थिए । त्यस्त अरु थुप्रै राज्यहरु छन जहाँ राष्ट्रपति उम्मेदवारको नजर पुग्दैन । राजनीति न हो जहाँ भोट छ त्यहि नजर पुग्दछ । यस पटकको चुनावलाई गोरा अमेरिकनहरुले अलि नै बढी ईज्यतको सवाल बनाएका छन । यदि ट्रम्पले हारे पनि जिते पनि अमेरिकामा जातीय विवादको बिउ रोपिएको छ ।
    विभिन्न सन्चार माध्यम र सर्भेक्षणमा आधारित

    Post Views: 126
    प्रकाशित मिति: २०८१ कार्तिक ११, आईतवार ११:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.