• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रत्यक्ष मत बढी पाएर पनि चुनाव हारेका ५ राष्ट्रपति उम्मेदवार: ह्यारिस र ट्रम्पको ईलोक्ट्रोल मतले नतिजा निर्धारण गर्ने!

  •  
  • २०८१ कार्तिक ११, आईतवार ११:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    नोभेम्बर ५ अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारद्धय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच प्रतिस्पर्धा नेक टु नेक हुँदै गएको विभिन्न सर्भेक्षणहरुले देखाएको छ । नतिजा कसको पक्षमा जान्छ, भनिहाल्ने अवस्था छैन । विभिन्न कारकमध्ये विशेषतः इलेक्टोरल कलेज प्रभावित भएको अवस्थाले कडा प्रतिस्पर्धाको संकेत गर्छ । यो इलेक्टोरल कलेजमा सबैभन्दा बढी स्पष्ट हुन्छ र यो एक अद्वितीय प्रणाली हो, जसले सम्भावित रूपमा लोकप्रिय मतलाई अवमूल्यन पनि गर्न सक्छ । जुन विगतमा पटक पटक भएका छन । उनै ट्रम्पले हिलारी क्लिन्टनलाई पपुलर मतमा जित्न सकेनन तर ईलेक्टोल मतमा जितेका हुन ।

    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । छालाका आधारमा सबैभन्दा ठुलो मतदाता समूहमा गोरा (६७ प्रतिशत), ल्याटिन (१३ प्रतिशत), अश्वेत (१२ प्रतिशत) र पाँच प्रतिशत एसियाली मुलकका छन । विगत चुनावहरुमा अल्पसंख्यकले धेरै हदसम्म डेमोक्य्राट उम्मेदवारलाई समर्थन गर्ने गरेको ईतिहास भए पनि अहिले अल्पसंख्यक समूहमा डेमोक्रेटिक उम्मेदवारप्रतिको समर्थनमा भारी गिरावट आएको देखिन्छ । त्यसको लैगिक पुर्वाग्रह भन्ने गरिएको छ ।

    सायद त्यसैले होला पुर्वराष्ट्रपति बाराक ओबामाले अश्वेत मतदातालाई लैंगिक पूर्वाग्रहबाट बच्न आग्रह गरेपछि अश्वेत पुरुष परिवर्तन हुन सक्ने देखिन्छ । तथापि अश्वेत महिलाका तुलनामा सातदेखि आठ प्रतिशत कम अश्वेत पुरुषले ह्यारिसलाई मतदान गर्ने बताएका छन । लामो समयदेखि डेमोक्य्राटिक चुनावी रणनीतिकार रहेका जेम्स कारभिलका अनुसार केही अश्वेत पुरुषले पार्टीमा अत्यधिक नारीकरण भएको महसुस गरेर महिला राष्ट्रपतिको प्रतिरोध गर्न सक्ने बताएका छन । यो अनिच्छा अश्वेत पुरुषबाहिर पनि विस्तार हुन सक्छ । किनभने, अमेरिकामा सधैँ पुरुष राष्ट्रपति भएको ईतिहास छ ।

    प्यु रिसर्च सेन्टरका अनुसार रिपब्लिकन मतदातामा ७९ प्रतिशत श्वेत छन । यसकारण श्वेत रिपब्लिकन पार्टीको सबैभन्दा ठुलो मतदाता समूहमा पर्छ । सन् २०२१ मा २८ प्रतिशत अश्वेत, २१ प्रतिशत ल्याटिन र ६१ प्रतिशत एसियाली जनसंख्याको तुलनामा ४२ प्रतिशत श्वेत अमेरिकीले स्नातक उत्तीर्ण गरेका थिए । ट्रम्पका श्वेत समर्थकमध्ये झन्डै दुईतिहाइ गैर–कलेज–शिक्षित रहेको अनुसन्धानले देखाएको छ । त्यसैले शहरी क्षेत्र छोडेर गाउँमा ट्रम्पमय देखिन्छ । त्यसमा पनि गोरेको बस्ती भएका स्थानहरु गाउँमा ट्रम्पलाई बाहेक अरुलाई गन्दै गन्दैनन भन्दा नी हुन्छ जुन पढेलेखेका भन्दा बढी कम शिक्षित छ ।

    प्यू रिसर्चको अध्ययनमा बहुसख्यक डेमोक्र्याट पार्टीमा आवद्धहरु सेतो वा कालो हेर्दैनन, गैर–श्वेत समुदायमा वर्गभन्दा जाति र जातीयता प्रधान देखिन्छ । राष्ट्रिय मतका आधारमा ह्यारिस अग्रस्थानमा रहे पनि इलेक्टोरल कलेजले नतिजा तय गर्नेछ । अर्थात्, लोकप्रिय मत पाउने तर राष्ट्रपति पद गुमाउने अवस्था आउन सक्छ, अर्थात् सन् २००० र २०१६ को नतिजा पुनरावृत्त पनि हुन सक्छ ।

    के हो इलेक्टोरल कलेज ?
    इलेक्टोरल कलेज अमेरिकी निर्वाचनका लागि गज्जवको प्रणाली हो । जसमा पाँच सय ३८ मत छन । जहाँ सदनका लागि चार सय ३५, सिनेटका लागि सय र वासिंगटन डिसीका लागि तीन मत तोकिएको छ । यो मत विभाजन पूर्ण रूपमा लोकप्रिय मतमा आधारित छैन, किनभने सिनेटले प्रत्येक राज्यलाई जनसंख्याको मतलव नगरी दुई मत दिएको छ । राष्ट्रपति पद जित्न उम्मेदवारलाई दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ । क्यालिफोर्निया र न्युयोर्कजस्ता केही राज्यले डेमोक्रेटिकलाई मतदान गर्छन्, जबकि टेक्सास र फ्लोरिडामा दृढ रूपमा रिपब्लिकन मतदाता बढी छन । हाल ह्यारिससँग दुई सय २६ र ट्रम्पसँग दुई सय १९ मत देखिने मत छन तर बाँकी मत निर्वाचन प्रतिस्पर्धा वा तीव्र रूपमा मतदाता परिवर्तन हुने ‘स्विङ’ राज्यबाट ल्याउनु पर्दछ । अमेरिकामा यस पटकको निर्वाचनमा सात स्विङ राज्य अर्थात् पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलिनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभाडा ६ मत छ । उनिहरु नै निर्णयक मानिएका छन । पछिल्लो सभेक्षणहरुमा यी राज्यहरुमा पनि निर्क कडा प्रतिस्पर्धा रहेको देखिन्छ । अर्कोतर्फ अर्लि भोटिंगमा देखिएको उत्साहले दुवै पार्टीले आआफ्नो पक्षमा मत गएको दावी गरिरहेका छन । उता अरबपति व्यापारी इलन मक्सले चुनाव नै प्रभाव पार्ने गरी जसरी पैसा बाँढी रहेका छन त्इसबाट पनि परिणाममा फरक पर्न सक्ने अनुमान हुन थालेका छन ।
    ईतिहास हेर्दा पपुलर मत कम पाएर पनि ईलोक्ट्रोल मत बढी पाएका कारण १८२४मा जोन आडम्स, १८७६मा रुथरफोल्ड, १८८८ मा बेन्जामिन ह्यारिसन, २००० मा जर्ज बुस र २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जितेको ईतिहास छ । स्मरणीय रहोस उहि ट्रम्प हुन जसले २०१६ को राष्ट्रपति निर्वाचनका बेला हिलारी क्लिन्टन भन्दा २८ लाख मत कम पाउँदा पनि ईलोक्ट्रोल मतका कारण निर्वाचन जितेका हुन । यसपाली पनि सर्भेक्षण अनुसार पपुलर भोट ट्रम्पको कमला ह्यारिसको भन्दा कम आउने निश्चित छ तर अझै पनि इलोक्ट्रोल भोट कसले बाजी मार्ला यसै भन्न सकिन्न ।

     

    यी निर्णयक मत भनिएका मत कसका पक्षमा जान्छन्, त्यो अनिश्चित छ, किनभने यी क्षेत्रमा मतमा तीव्र परिवर्तन हुने गरेका छन । त्यसैले यो क्षेत्रको मतलाई निर्णयाक मानिन्छ । त्यसैले यी राज्यहरुमा दुवै उम्मेदवारले बढी ध्यान दिएका छन । जबकि म्यासाचुसेट्समा राज्यमा तीन दशकभन्दा बढी समय सधैँ डेमोक्रेटिक कब्जा रहने गरेको छ ।

    त्यहाँ बाराक ओबामाको सन् २०१२ को चुनावी अभियान पुगेको तर त्यसपछि कुनै राष्ट्रपति उम्मेदवार नपुगेको सन्चार माध्यमहरुले समाचार लेखेका थिए । त्यस्त अरु थुप्रै राज्यहरु छन जहाँ राष्ट्रपति उम्मेदवारको नजर पुग्दैन । राजनीति न हो जहाँ भोट छ त्यहि नजर पुग्दछ । यस पटकको चुनावलाई गोरा अमेरिकनहरुले अलि नै बढी ईज्यतको सवाल बनाएका छन । यदि ट्रम्पले हारे पनि जिते पनि अमेरिकामा जातीय विवादको बिउ रोपिएको छ ।
    विभिन्न सन्चार माध्यम र सर्भेक्षणमा आधारित

    Post Views: 172
    प्रकाशित मिति: २०८१ कार्तिक ११, आईतवार ११:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.