लामो समयदेखि नेपालीको आकर्षक गन्तव्इ स्थान बन्दै आएको कोरियामा विधार्थी फेल हुने दर आकासिएको छ । सन् २०२४ सुरु भएयता हालसम्म करिब एक लाख २५ हजारले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिइसकेका मध्ये १३ हजार ९०४ जना मात्रै उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । यो तथ्यांक हेर्दा कोरियन भाषा परिक्षामा १० प्रतिशत विधार्थीमात्रै पास भएका छन । नोभेम्बर ११ बाट सुरु भएर डिसेम्बर १५ मा सकिने गरी ३६ हजार विधार्थीको परिक्षा लिने यतारी भई रहेको छ । ३६ हजारबाट कोरियाले २५ सय जना कामदार मात्रै छनौट गर्नेछ । यो प्रतिशतका हिसावले सात प्रतिशत हुन आउँछ ।
दक्षिण कोरियाले वर्षभरिमा लैजाने कामदारहरूको सख्या पहिले नै तोकेर परिक्षा लिएको हुन्छ ।

नेपालमा परीक्षाका लागि आवेदन दिने धेरै भएका कारण अधिकांश मानिसहरू अनुत्तीर्ण भएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन् । यो वर्ष नेपालको कोटा भन्दा १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएका कारण ९० प्रतिशत छनौटमा नपरेपछि विदेश जान चाहानेहरुको सख्या बढी रहेको देखिन्छ । ईपीएस कोरिया शाखाका अनुसार अहिले दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट सर्भिसले दैनिक पाँच समयमा गरेर एक हजारका दरले भाषा परीक्षा लिइरहेको छ ।
ईपीएस प्रणालीबाट नेपालसहित १६ वटा देशबाट कामदार लैजाने व्यवस्थापन हेर्दै आएको दक्षिण कोरियाको एचआरडीले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरेको जनाएको छ । जनवरी २० बाट सुरु भएको पहिलो चरणको परीक्षामा सहभागी भएका ४७ हजारबाट ५ हजार ७ सय ५३ जना मात्रै उत्तीर्ण भएका थिए । त्यसैगरी मे महिनामा सुरु भएर जुलाई अन्तिममा सकिएको दोस्रो चरणको परीक्षामा आवेदन दिएका करिब ८० हजार मध्येबाट ८ हजार १ सय ५१ जना मात्रै उत्तीर्ण भएका थिए ।




