• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ११ गर्भनर, ३४ सिनेटर र ४ सय ३५ सांसदको निर्वाचन

  •  
  • २०८१ कार्तिक २०, मंगलवार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस पटक मानौ अमेरिकामा राष्ट्रपतिको मात्रै निर्वाचन हुँदैछ । तर यसपाली हुने निर्वाचन संसदीय निर्वाचन पनि हो । यसको मतलव तल्लो सदनको पनि निर्वाचन हुँदैछ । अमेरिकामा माथिल्लो सदन सिनेट र तल्लो सदन कांग्रेस म्यान(संसदीय)को निर्वाचन हुँदैछ । स्थानीय तहमा राष्ट्रपतिको संगै तल्लो सदन र ३४ वटा सिनेटमा र ११ राज्यमा गर्भनरको पनि निर्वाचन हुँदैछ । तर यतिखेर राष्ट्रपतिय निर्वाचनले सबै चुनाव ओझेलमा परेको छ । कारण अमेरिकामा कार्यकारी राष्ट्रपति हुन्छ ।
    दुई सदनमध्ये सिनेटमा एक सय जना र माथिल्लो सदनमा ४ सय ३५ जनाको निर्वाचन हुनेगरेको छ । यतिखेर प्रश्न किन सिनेटको ३५ जना मात्रै भन्ने तर काँग्रेस म्यानको पदावधि २ बर्षको हुन्छ भने सिनेटरको ६ बर्षको पदावधि हुने गरेको छ । सिनेटरको जहाँ खाली भयो त्यहि मात्रै चुनाव गर्ने चलन हुन्छ । त्यसैले सिनेटको चुनाव नियमित रुपमा भन्दा पदावधि सकिएको वा मृत्यू भएर खाली भएको स्थानमा मात्रै हुने गर्दछ । त्यसैले यसपटक अमेरिकामा राष्ट्रपतिसहित ३५ सिनेटर र ४ सय ३५ तल्लो सदनको काँग्रेसम्यानको निर्वाचन हुँदैछ ।

    विदेशबाट कति अमेरिकीले मतदानमा भाग लिन्छ ?

    ती ३० लाख मानिसहरूमा सेनामा काम गरिरहेका व्यक्तिदेखि अमेरिकी कूटनीतिज्ञ, तिनका परिवार र अध्ययन वा व्यापारका लागि देशबाहिर रहेका व्यक्ति पर्छन् । ति अमेरिकनहरुले हरेक देश जहाँ दुतावास, महावाणिज्य दुतावास, मिसन, आर्मी बेस क्याम्प सबै स्थानहरुमा मतदानको व्यवस्था मिलाएको हुन्छ । त्यसैगरी मतदाताले आफ्नो ठीक ठेगाना उपलब्ध गराएको खण्डमा सीमित देशहरुमा सम्बन्धित व्यीक्तको नाममा मतपत्र नै पठाएपछि मतदान गरेर निश्चित समयभित्र पुग्ने गरी हुलाकबाट पठाउने व्यवस्था पनि रहेको छ ।

    सन् २०२० को राष्ट्रपति निर्वाचनमा खसेको १६ करोड १० लाख मतमध्ये नौ लाख मत मात्रै देशबाहिर रहेका नागरिकहरूबाट खसेको थियो । तर निकै कम मत अन्तरको प्रतिस्पर्धा हुने अवस्थामा भने देशबाहिर रहेका मतदाताहरू निर्णायक हुन सक्ने त्यसले प्रष्ट देखाएको छ ।

    स्पेशबाट मतदान

    अमेरिकामा अन्तरिक्ष स्टेशनमा रहेका अमेरिकी अन्तरिक्षयात्रीहरुले समेत मतदान गर्न पाउने व्यवस्था सन् १९९७ बाट सुरु भएको थियो । टेक्सासमा एक विधयेक पारित गरी नासाका अन्तरीक्षयात्रीहरुलाई अन्तरीक्षबाटै भोट हाल्ने अधिकार दिइएको थियो ।उक्त कानून अनुसार यदि कोही अमेरिकी नागरिक अन्तरिक्षमा छ भने उसले विद्युतीय माध्यमबाट मतदान गर्न सक्दछ । नासाका धेरै अन्तरिक्षयात्रीहरु टेक्ससको ह्युस्टनका बासिन्दा भएको हुनाले यस्तो टेक्सास राज्यले यस्तो कानून बनाएको थियो ।
    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन जसमध्ये ६ करोड मतदान भैसकेको हो । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । मतदानको तुलना गर्दा धेरै मतदान हुनसक्दथ्यो तर सबै राज्यहरुमा अर्लि मतदानको व्यवस्था छैन ।

    केन्द्रमा आप्रवासन नीति

    अमेरिकी राष्ट्रपतीय बहसमा प्रायः अपमानजनक आरोप–प्रत्यारोप र झुटा दाबी दोहोरिने डोनाल्ड ट्रम्पले आप्रवासी अपराधबारे गलत दाबी दोहो¥याए । ट्रम्पले आप्रवासनका कारण अपराध बढ्दै गएको बताए । वास्तवमा अमेरिकामा हाल हिंसात्मक अपराध विगत ५० वर्षकै न्यून छ । ट्रम्पले आप्रवासीले स्प्रिंगफिल्ड, ओहायोमा पाल्तु जनावर खाइरहेका झुटो दाबीसमेत गरेका थिए । यसलाई राष्ट्रपतीय बहसका मध्यस्थकर्ताले खारेज गरेका थिए । विभिन्न अध्ययनले आप्रवासी जनसंख्या प्रायः कम अपराध दरसँग जोडिएका देखाउँछन  ।

    शरणार्थी र आप्रवासीले अपराध गरेमा निर्वासनको जोखिम हुन्छ । यो तप्काले आफ्नो गन्तव्य शरणस्थानमा पुग्न कडा परिश्रम गरेपछि आफ्नो स्थितिलाई खतरामा पार्ने सम्भावना कम हुन्छ । पुरातनपन्थी तप्काले लामो समयदेखि आप्रवासनलाई राष्ट्रिय पहिचान, सुरक्षा र अर्थतन्त्रका लागि खतराका रूपमा चित्रण गर्दै आएका छन ।
    अहिले ट्रम्पकोे अमानवीय भाषाले आप्रवासीलाई खतरनाक, अनियन्त्रित र विनाशकारीका रूपमा चित्रित गर्छ । ट्रम्पले राष्ट्रपतीय बहसका क्रममा ‘हाम्रो देशमा लाखौँ मानिस झरिरहेका छन’ भन्ने भाषा प्रयोग गरेका थिए । यसले आप्रवासीलाई संख्यामा सीमित गर्ने प्रवृत्तिलाई पनि औँल्याउँछ । ट्रम्पले हरेक महिना २१ लाख आप्रवासी अमेरिका प्रवेश गर्ने गरेको बताएका थिए, जुन सरसर गलत हो । अश्वेत, गहुँगोरा र एसियाली आप्रवासीलाई प्रायः अपराधी, रोजगार चोर वा सार्वजनिक स्रोतको दोहन गर्ने समुदायका रूपमा चित्रण गरी अमानवीय भाषालाई प्रायः जातीयकरण गरिन्छ ।

    Post Views: 134
    प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार २१:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.