• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा आज राष्ट्रपति निर्वाचनः ११ गर्भनर, ३४ सिनेटर र ४ सय ३५ सांसदको निर्वाचन

  •  
  • २०८१ कार्तिक २०, मंगलवार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस पटक मानौ अमेरिकामा राष्ट्रपतिको मात्रै निर्वाचन हुँदैछ । तर यसपाली हुने निर्वाचन संसदीय निर्वाचन पनि हो । यसको मतलव तल्लो सदनको पनि निर्वाचन हुँदैछ । अमेरिकामा माथिल्लो सदन सिनेट र तल्लो सदन कांग्रेस म्यान(संसदीय)को निर्वाचन हुँदैछ । स्थानीय तहमा राष्ट्रपतिको संगै तल्लो सदन र ३४ वटा सिनेटमा र ११ राज्यमा गर्भनरको पनि निर्वाचन हुँदैछ । तर यतिखेर राष्ट्रपतिय निर्वाचनले सबै चुनाव ओझेलमा परेको छ । कारण अमेरिकामा कार्यकारी राष्ट्रपति हुन्छ ।
    दुई सदनमध्ये सिनेटमा एक सय जना र माथिल्लो सदनमा ४ सय ३५ जनाको निर्वाचन हुनेगरेको छ । यतिखेर प्रश्न किन सिनेटको ३५ जना मात्रै भन्ने तर काँग्रेस म्यानको पदावधि २ बर्षको हुन्छ भने सिनेटरको ६ बर्षको पदावधि हुने गरेको छ । सिनेटरको जहाँ खाली भयो त्यहि मात्रै चुनाव गर्ने चलन हुन्छ । त्यसैले सिनेटको चुनाव नियमित रुपमा भन्दा पदावधि सकिएको वा मृत्यू भएर खाली भएको स्थानमा मात्रै हुने गर्दछ । त्यसैले यसपटक अमेरिकामा राष्ट्रपतिसहित ३५ सिनेटर र ४ सय ३५ तल्लो सदनको काँग्रेसम्यानको निर्वाचन हुँदैछ ।

    विदेशबाट कति अमेरिकीले मतदानमा भाग लिन्छ ?

    ती ३० लाख मानिसहरूमा सेनामा काम गरिरहेका व्यक्तिदेखि अमेरिकी कूटनीतिज्ञ, तिनका परिवार र अध्ययन वा व्यापारका लागि देशबाहिर रहेका व्यक्ति पर्छन् । ति अमेरिकनहरुले हरेक देश जहाँ दुतावास, महावाणिज्य दुतावास, मिसन, आर्मी बेस क्याम्प सबै स्थानहरुमा मतदानको व्यवस्था मिलाएको हुन्छ । त्यसैगरी मतदाताले आफ्नो ठीक ठेगाना उपलब्ध गराएको खण्डमा सीमित देशहरुमा सम्बन्धित व्यीक्तको नाममा मतपत्र नै पठाएपछि मतदान गरेर निश्चित समयभित्र पुग्ने गरी हुलाकबाट पठाउने व्यवस्था पनि रहेको छ ।

    सन् २०२० को राष्ट्रपति निर्वाचनमा खसेको १६ करोड १० लाख मतमध्ये नौ लाख मत मात्रै देशबाहिर रहेका नागरिकहरूबाट खसेको थियो । तर निकै कम मत अन्तरको प्रतिस्पर्धा हुने अवस्थामा भने देशबाहिर रहेका मतदाताहरू निर्णायक हुन सक्ने त्यसले प्रष्ट देखाएको छ ।

    स्पेशबाट मतदान

    अमेरिकामा अन्तरिक्ष स्टेशनमा रहेका अमेरिकी अन्तरिक्षयात्रीहरुले समेत मतदान गर्न पाउने व्यवस्था सन् १९९७ बाट सुरु भएको थियो । टेक्सासमा एक विधयेक पारित गरी नासाका अन्तरीक्षयात्रीहरुलाई अन्तरीक्षबाटै भोट हाल्ने अधिकार दिइएको थियो ।उक्त कानून अनुसार यदि कोही अमेरिकी नागरिक अन्तरिक्षमा छ भने उसले विद्युतीय माध्यमबाट मतदान गर्न सक्दछ । नासाका धेरै अन्तरिक्षयात्रीहरु टेक्ससको ह्युस्टनका बासिन्दा भएको हुनाले यस्तो टेक्सास राज्यले यस्तो कानून बनाएको थियो ।
    यो बर्षको मतदानका लागि अमेरिकामा २४ करोड ५० लाख योग्य मतदाता छन जसमध्ये ६ करोड मतदान भैसकेको हो । पुरा जनसख्या भने ३३ करोड ५० लाख बढी छन । मतदाता सहभागिता सन् २०२० मा झैँ ६६ देखि ६७ प्रतिशत पुग्यो भने करिब १६ करोडदेखि १६ करोड ५० लाख मत अनुमान गर्न सकिन्छ । मतदानको तुलना गर्दा धेरै मतदान हुनसक्दथ्यो तर सबै राज्यहरुमा अर्लि मतदानको व्यवस्था छैन ।

    केन्द्रमा आप्रवासन नीति

    अमेरिकी राष्ट्रपतीय बहसमा प्रायः अपमानजनक आरोप–प्रत्यारोप र झुटा दाबी दोहोरिने डोनाल्ड ट्रम्पले आप्रवासी अपराधबारे गलत दाबी दोहो¥याए । ट्रम्पले आप्रवासनका कारण अपराध बढ्दै गएको बताए । वास्तवमा अमेरिकामा हाल हिंसात्मक अपराध विगत ५० वर्षकै न्यून छ । ट्रम्पले आप्रवासीले स्प्रिंगफिल्ड, ओहायोमा पाल्तु जनावर खाइरहेका झुटो दाबीसमेत गरेका थिए । यसलाई राष्ट्रपतीय बहसका मध्यस्थकर्ताले खारेज गरेका थिए । विभिन्न अध्ययनले आप्रवासी जनसंख्या प्रायः कम अपराध दरसँग जोडिएका देखाउँछन  ।

    शरणार्थी र आप्रवासीले अपराध गरेमा निर्वासनको जोखिम हुन्छ । यो तप्काले आफ्नो गन्तव्य शरणस्थानमा पुग्न कडा परिश्रम गरेपछि आफ्नो स्थितिलाई खतरामा पार्ने सम्भावना कम हुन्छ । पुरातनपन्थी तप्काले लामो समयदेखि आप्रवासनलाई राष्ट्रिय पहिचान, सुरक्षा र अर्थतन्त्रका लागि खतराका रूपमा चित्रण गर्दै आएका छन ।
    अहिले ट्रम्पकोे अमानवीय भाषाले आप्रवासीलाई खतरनाक, अनियन्त्रित र विनाशकारीका रूपमा चित्रित गर्छ । ट्रम्पले राष्ट्रपतीय बहसका क्रममा ‘हाम्रो देशमा लाखौँ मानिस झरिरहेका छन’ भन्ने भाषा प्रयोग गरेका थिए । यसले आप्रवासीलाई संख्यामा सीमित गर्ने प्रवृत्तिलाई पनि औँल्याउँछ । ट्रम्पले हरेक महिना २१ लाख आप्रवासी अमेरिका प्रवेश गर्ने गरेको बताएका थिए, जुन सरसर गलत हो । अश्वेत, गहुँगोरा र एसियाली आप्रवासीलाई प्रायः अपराधी, रोजगार चोर वा सार्वजनिक स्रोतको दोहन गर्ने समुदायका रूपमा चित्रण गरी अमानवीय भाषालाई प्रायः जातीयकरण गरिन्छ ।

    Post Views: 199
    प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार २१:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.