अमेरिकी राजनीति ईतिहास चाखलाग्दो छ । यहाँ दुई पार्टीबाहेक अरु सत्तामा पुगेको ईतिहास नै छैन । अमेरिकामा संसारमा नै पहिलोपल्ट सन् १७९२ मा थोमस जेफर्सन र जेम्स मेडिसनले डेमोक्र्याटिक रिपव्लिकन पार्टी स्थापना गरेका थिए । त्यो संसारको ईतिहास पहिलो राजनीतिक पार्टी हो । त्यहि पार्टी सन १८२८ मा अहिलेको डेमोक्र्याट पार्टी बन्यो र तिनैबाट फुटेर रिपव्लिकन पार्टी सन् १८५४ मा स्थापना भएको हो । यीनै दुई पार्टीबीच बर्षैदेखि पालैपालो राज्य सन्चालन गर्दै आएका छन ।

हुन पनि अमेरिकी सविधानको व्यवस्था अनुसार एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाउँदैन । यदि कसैले एक कार्यकाल राष्ट्रपति भएर दोश्रो कार्यकाल हारे भने फेरी अर्को कार्यकालका लागि चुनाव लड्न भने पाईन्छ । ठीक त्यहि अवस्थामा ट्रम्प अमेरिकी इतिहासमा १ सय ३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित हुने दोश्रो अमेरिकी राष्ट्रपति बनेका छन । सामान्यतय अमेरिकामा लगातार दुई पटक राष्ट्रपति बनेपछि तेश्रो कार्यकाल बन्दैनन । उनि दोश्रो पटक हारेर तेश्रोपटक पुन उम्मेदवार बनी निर्वाचित भएका हुन ।
अमेरिकी लोकतन्त्रको एउटा सुन्दर पक्ष छ । यहाँका राजनीतिक पण्डितहरु भन्छन यदि चार बर्षमा कसैले काम गरेर उसको पुर्णकालको योजना अनुसार देश विकास गर्न भ्याउँदैन त्यसैले दोश्रो कार्यकाल पनि जिताउने गरेका हुन । प्रायजसो राष्ट्रपतिहरुले केहि बाहेक दोश्रो कार्यकाल चुनाव जितेका छन । प्रायजसो अमेरिकामा सत्तासिन राष्ट्रपतिहरुले दोश्रो कार्यकाल निर्वाचन जितेको नजिर छ ।
पहिलोपटक सन् १८०१ मा अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्स् दोस्रो कार्यकालका लागि थोमस ज्याफर्सनसग पराजित भएयता राष्ट्रपतीय निर्वाचनमा १२ पटक मात्र सत्तासीन राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएका छन् । पछिल्लोपटक जर्ज एच. डब्लु. बुस सन् १९९२ मा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसंग पराजित भएका थिए । त्यसयता पछिल्लो २८ वर्षमा सत्तासीन राष्ट्रपतिहरु क्रमश वील क्लिन्टनले सन् १९९३ देखि २००१ सम्म, सन् २००१ देखि २००८ सम्म जर्ज डब्ल्यू र सन २००९ देखि सन २०१६ सम्म बाराक ओवामाले निर्वाचन जितेका थिए । त्यस अघि जर्ज बुसले आफ्नो दोश्रो कार्यकालमा सन् १९९३ मा हारेका थिए । यसोत डोनाल्ड ट्रम्पले पनि आफ्नो दोश्रो कार्यकाल चुनाव हारेका थिए । यो पटक राष्ट्रपति जो बाईडनको सवाल भने फरक छ । उनि दोश्रो कार्यकाल चुनावी प्रतिस्पर्धाबाट बाहिरिए । यो पनि अमेरिकी ईतिहासमा थोरै हुने घटनामा पर्दछ । सन् १७८९ मा जर्ज वासिङ्टनले अमेरिकाको विस्तार र प्रभाव संसारभर कायय गर्ने सपना हालसम्म पुरा भएको अवस्था छ ।




