• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अजरबैजानको बाकुमा कोप–२९ सम्मेलन सुरू, नेपालबाट राष्ट्रपतिसहित सयौको सहभागिता

  •  
  • २०८१ कार्तिक २७, मंगलवार ०६:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    वाकु — बढ्दो जलवायु संकट सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप– सुरु भएको छ । सम्मेलनका क्रममा आगामी दुई साता विश्वका करिब २ सय देशका नेताहरूले जलवायु संकटको सामनाका विषयमा केन्द्रित रहेर छलफल गर्नेछन् ।  सम्मेलनले पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण उत्पन्न प्रतिकूल मौसमी घटनालाई विश्वव्यापी समाधानका लागि सहभागी देशलाई एकताबद्ध बनाउने राष्ट्रसंघले जनाएको छ ।

    जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खर्बौं डलर आवश्यक रहेकाले कोप–२९ खासगरी आर्थिक मामलामा केन्द्रित हुने तथा देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आव्हान गर्ने जनाइएको छ । यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । सम्मेलनमा एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे सम्मेलनमा छलफल हुने र यो सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।

    जलवायु वित्तसम्बन्धी स्वतन्त्र उच्चस्तरीय विशेषज्ञ समूहको सन् २०२२ को प्रतिवेदनअनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्हरूमा सम्झौताहरू सुरक्षित गर्नु हो ।

    राष्ट्रपति रामचन्ऽ पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन कोपमा सात महत्त्वपूर्ण विषयहरूलाई उठाउने भएका छन् । सम्मेलनमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार बाकु गइसकेका छन् । राष्ट्रपति पौडेलले हिमालको सुरक्षा, जलवायु वित्तमा प्रतिबद्धता अनुसारको रकम, हानी–नोक्सानी कोषको शीघ्र सञ्चालन, नेपालजस्ता मुलुकहरूलाई जलवायु वित्तमा सहज पहुँच, कम कार्बन उत्सर्जन गर्ने मुलुकलाई क्षतिपूर्ति, कार्बन उत्सर्जन गर्ने मुलुकबाट प्रभावित नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको सामना गरी पर्यावरणलाई बचाइ राख्न परम्परागत पोखरी र कुवालाई पुनर्जीवित गर्ने विषय उठाउने बताइएको छ ।

    राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार सम्मलेनलाई सम्बोधन गर्दैछन् । उनले बुधबार नेपालले आयोजना गर्ने महत्वपूर्ण सत्रको नेतृत्वसमेत गर्ने कार्यतालिका छ । भ्रमण टोलीमा उनको सचिवालयका सदस्य, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सदस्यहरू तथा परराष्ट्र सचिव सेवा लम्सालसहितका अधिकारी छन् ।
    त्यसैगरी अजरबैजानको बाकुमा भोलि सोमबारदेखि सुरु हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायको २९औं सम्मेलनमा सहभागी हुन वन मन्त्रालय र अन्तर्गत निकायका मात्रै ३० भन्दा बढी कर्मचारी जाने भएका छन् । ११ नोभेम्बरदेखि २२ नोभेम्बरसम्म हुने सम्मेलनका विभिन्न शत्रहरुमा सहभागी हुन ठूलो संख्यामा सरकारी पदाधिकारी र कर्मचारीहरु जान लागेका हुन्। आयोजकले वन मन्त्रालयका लागि ३ जनाको खर्च ब्यहोर्ने गरी निम्तो पठाएको थियो । तर, वन तथा वातावरण मन्त्रालय नै लगभग रित्तो बनाएर मन्त्री, मन्त्रीका सचिवालय र महाशाखा तथा शाखा र विभिन्न विभागका कर्मचारीहरु बाकु जान लागेका छन् ।

    वन मन्बी ऐनबहादुर शाहीसहित वन सचिव दीपकप्रसाद खराल, सहसचिवहरु सिन्धुप्रसाद ढुंगाना, भुपाल बराल, महेश्वर ढकाल, बुद्धि सागर पौडेल, सञ्जीवकुमार राई, नवराज पुडासैनी र धनञ्जय लामिछाने पनि बाकु जाँदैछन्। यसमध्ये केही यसअघि नै बाकु पुगिसकेका छन् । वन राज्यमन्त्री रुपा विक पनि बाकु जाने तयारीमा छिन् ।

    उपसचिवहरु शोभाकर रेग्मी, दीपक अधिकारी, महेन्द्रप्रसाद शांखी, राजु सापकोटा, शिव खनाल, हरिप्रसाद शर्मा, नरेश शर्मा, प्रकाशसिंह थापा, सुमन सुवेदी, प्रकाश थापा र दीपा वली पनि मनोनयनमा परिसकेका छन् ।

    अधिकृतहरु प्रकाश लामिछाने, हिमाल शिवाकोटी, हेमराज शाही, जनराज शाही, खेमराज काफ्ले, अमृत शर्मा, नारायण रायमाझी, नारायणप्रसाद पोखरेल, शिला ज्ञवाली, गंगा पाण्डे, र स्मृति रेग्मी पनि टोलीमा छन् ।

    वन तथा वातावरणबाहेक ऊर्जा जलस्रोत तथा सिँचाइ, शहरी विकास, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य लगायतका मन्त्रालयका अधिकारीहरु पनि कोपमा सहभागी हुन बाकु जाँदैछन् । प्राय जसो कोप पुग्नेहरु विभिन्न दातृ निकायसँग सहयोग टिकट लजिड फुडिंग मागेर यस्तो सम्मेलनमा भाग लिने गरेका छन । त्यसैले त्यहाँ जात्रा लागे जस्तो भएको छ । नेपालबाट सयौको सख्यामा प्रतिनिधिहरु पुगेका छन ।

     

    Post Views: 114
    प्रकाशित मिति: २०८१ कार्तिक २७, मंगलवार ०६:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.