अमेरिकी राजनीति प्रणाली आफ्नै तरिकाको लोकतान्त्रिक पद्धतिमा सन्चालन हुन्छ । यो अर्ध संसदीय र पुर्णसिनेट सिष्टममा चलेको छ । जसका कारण अमेरिकन लोकतन्त्रका पण्डितहरु यसबाट लोकतन्त्रको सच्चा व्यवहारिक कार्यन्वयन र शक्तिको उचित बाँडफाँड हुने हुँदा शक्ति पृथकिकरणमा मद्दत पुगेको दावी गर्दछन । त्यसले हो अमेरिकी कार्यकारी राष्ट्रपतिहरु प्राय त्यहि शक्ति पृथकिकरणबाट बाँधीएका हुन्छन । जसले गर्दा निरंकुस हुन पाउँदैनन वा सक्दैनन ।

पछिल्लो ४५ बर्षका ईतिहास हेर्दा प्रायजसो राष्ट्रपतिका समयमा माथिल्लो हाउस सिनेट र तल्लो हाउस कंग्रेसमा पुर्ण कार्यकाल दुवै हाउसमा बहुमत पाउने राष्ट्रपति प्राय कम हुने गरेका छन । त्यो थोरै भाग्यमानी राष्ट्रपतिमध्ये नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्दछन । उनले यो कार्यकालको कम्तिमा दुई बर्ष दुवै हाउसमा बहुमत प्राप्त छन । किनकी अर्को दूई बर्षमा तल्लो सदनमा चुनाव हुन्छ । यसरी दुवै सदनमा आफ्नै पार्टीले बहुमत पाउँदा ती राष्ट्रपतिले आफुले अनुकुल कानुन बनाएर काम गर्न पाउनेछन । त्यो सुविधा अहिलेलाई ट्रम्पलाई प्राप्त छ ।
किनकी अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले २ सय १८ सिटमा जित हासिल गरेको हो । डेमोक्रेटिक पार्टीले २ सय ५ सिट ल्याएको छ । अझै केहि सिटको परिणाम आउन बाँकी छ । त्यसै माथिल्लो सदन सिनेटमा पनि ५२ सिट जितेर रिपब्लिकन दलले बहुमत प्राप्त गरिसकेको छ । यसरी दुवै सदनमा बहुमत भएको लामो समयपछि हो । यस्तो भएको अवस्थामा राष्ट्रपतिलाई कानुुन बनाउन निकै सजिलो हुनेछ । आफ्नै पार्टीले बहुमत ल्याएको बेला राष्टपति हुने थोरै भाग्यमानी राष्ट्रपति हुन्छन ।

विगतको ईतिहास हेर्ने हो भने ट्रम्पकै अघिल्लो कार्यकाल पनि सिनेटमा रिपव्लिकनको बहुमत भएपनि तल्लो सदनमा थिएन । जतिबेला उनले गर्न खोजेका कामहरु तल्लो हाउसमै रोकिन्थ्यो । ४५ बर्ष अघि अर्थात रोनाल्ड रेगनको कार्यकाल सन १९८१ देखि १९८९सम्म ईतिहास हेर्ने हो भने उनको पुर्ण दुई कार्यकाल सिनेटमा बहुमत थियो तर तल्लो सदनमा सधै अल्पमतमा रहेको ईतिहास छ । उनि रिपव्लिकन पार्टीबाट राष्ट्रपति जितेका हुन ।

त्यसैगरी उनिपछिका राष्ट्रपति जर्ज एच बुसले १९८९ देखि १९९३ एक कार्यकालमा तल्लो र माथिल्लो दुवै हाउसमा उनको पार्टी रिपव्लिकन पार्टी अल्पमतमा परेका थिए । त्यसैले पनि उनिले पुर्ण रुपमा काम अनुकुल काम गर्न नपाएको बताईन्छ । उता सन् १९९३ देखि २००१ सम्मको दुई कार्यकालमा विल क्लिन्टनको लागि सिनेट पुर्ण कार्यकाल डेमोक्र्याट पार्टी अल्पमतमा परे भने तल्लो हाउसमा बढी समय डेमेक्र्याटको बहुमतमा रहेको देखिन्छ । त्यसो हुँदा उनले पनि आफ्नो एजेण्डा पुर्ण रुपमा कार्यन्वयन गर्न सिनेट आफ्नो पक्षमा पाएनन ।
त्यसैगरी अर्का राष्ट्रपति जर्ज डब्लु बुस जसले सन २००१ देखि २००९ सम्म दुई कार्यकाल राष्ट्रपति भए । उनको आठ बर्ष दुवै हाउसमा रिपव्लिकन पार्टी पुर्णत बहुमतमा रहेको बेला काम गर्न पाए । यस्तो बेला आफ्नो एजेण्डामा काम गर्न मद्दत पुग्नेछ । त्यसपछि अर्को आठ बर्ष अर्थात सन २००९ देखि २०१६ सम्म बाराक ओबामाले अमेरिकी ईतिहासमा राम्रो काम गरेको राष्ट्रपति मानिन्छ । तर उनको आठ बर्षे कार्यकालमा डेमोक्र्याटिक पार्टीले तल्लो हाउसमा बहुमत गुमाएको अवस्था थियो भने माथिल्लो हाउस अर्थात सिनेट आफ्नो पक्षमा रहेको देखिन्छ । पुर्ण अनुकुल नभए पनि ओबामा कार्यकाल सफल राष्ट्रपतिका रुपमा लिने गरिन्छ ।
सन् २०१५ देखि २०१९ डोनाल्ड ट्रम्पको अहिल्लो कार्यकाल हो जुन विविध तनाव बिताए । त्यसैले अमेरिकी राष्ट्रपतिहरुमध्ये थोरै राष्ट्रपतिले पाउने अबसर फेरी एक कार्यकालका लागि भए पनि ट्रम्पले पाएका छन । जुन अबसरको कति सदुपयोग गर्लान त्यो चाही हेर्न बाँकी छ । विगत ४५ बर्षयताको ईतिहास हेर्ने हो भने ट्रम्प यस्ता भग्यमानी राष्ट्रपति बन्न सफल भएका छन की उनको पार्टी रिपव्लिकनले दुवै सदनमा पुर्ण बहुमत प्राप्त छ । यस्तो दुर्लभ अबसर पाएर पनि उनको बोली अनुसार काम भने कति गर्दछन त्यो हेर्न बाँकी नै छ । उनको अघिल्लो कार्यकालमा बोलेका र गर्न खोजेका उत्पट्याड कामहरु हेर्दा कतै उनले यो अवसरलाई दूरुपयोग गर्न पनि सक्दछन भन्ने आशंका छ । अर्को विर्सन नहुने कुरा के छ भने दुवै हाउसमा जसको बहुमत भए पनि अमेरिकी सविधानत सिनेटर र कँग्रेसम्यानलाई पार्टीको ह्वीप भने लाग्दैन । यस्तो बेला राष्ट्रपति बहुमतको आडमा निरंकुस हुन खोजेमा ब्रेक लगाउने काम पनि उनै दुव हाउसका प्रतिनिधिहरुले गर्न सक्दछन । अमेरिकी संसदमा त्यस्ता थुप्रै उदाहरणहरु पनि छन कोही निरंकुस हुन खोज्दा दुवै सदनका प्रतिनिधिहरु पार्टी भन्दा माथी उठेर सोच्ने गर्दछन ।




