• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति ट्रम्पलाई ४५ बर्षयताकै दुर्लभ अबसर: दुवै सदनको पुर्ण बहुमत प्राप्त

  •  
  • २०८१ कार्तिक २९, बिहीबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राजनीति प्रणाली आफ्नै तरिकाको लोकतान्त्रिक पद्धतिमा सन्चालन हुन्छ । यो अर्ध संसदीय र पुर्णसिनेट सिष्टममा चलेको छ । जसका कारण अमेरिकन लोकतन्त्रका पण्डितहरु यसबाट लोकतन्त्रको सच्चा व्यवहारिक कार्यन्वयन र शक्तिको उचित बाँडफाँड हुने हुँदा शक्ति पृथकिकरणमा मद्दत पुगेको दावी गर्दछन । त्यसले हो अमेरिकी कार्यकारी राष्ट्रपतिहरु प्राय त्यहि शक्ति पृथकिकरणबाट बाँधीएका हुन्छन । जसले गर्दा निरंकुस हुन पाउँदैनन वा सक्दैनन ।

    पछिल्लो ४५ बर्षका ईतिहास हेर्दा प्रायजसो राष्ट्रपतिका समयमा माथिल्लो हाउस सिनेट र तल्लो हाउस कंग्रेसमा पुर्ण कार्यकाल दुवै हाउसमा बहुमत पाउने राष्ट्रपति प्राय कम हुने गरेका छन । त्यो थोरै भाग्यमानी राष्ट्रपतिमध्ये नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्दछन । उनले यो कार्यकालको कम्तिमा दुई बर्ष दुवै हाउसमा बहुमत प्राप्त छन । किनकी अर्को दूई बर्षमा तल्लो सदनमा चुनाव हुन्छ । यसरी दुवै सदनमा आफ्नै पार्टीले बहुमत पाउँदा ती राष्ट्रपतिले आफुले अनुकुल कानुन बनाएर काम गर्न पाउनेछन । त्यो सुविधा अहिलेलाई ट्रम्पलाई प्राप्त छ ।

    किनकी अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले २ सय १८ सिटमा जित हासिल गरेको हो । डेमोक्रेटिक पार्टीले २ सय ५ सिट ल्याएको छ । अझै केहि सिटको परिणाम आउन बाँकी छ । त्यसै माथिल्लो सदन सिनेटमा पनि ५२ सिट जितेर रिपब्लिकन दलले बहुमत प्राप्त गरिसकेको छ । यसरी दुवै सदनमा बहुमत भएको लामो समयपछि हो । यस्तो भएको अवस्थामा राष्ट्रपतिलाई कानुुन बनाउन निकै सजिलो हुनेछ । आफ्नै पार्टीले बहुमत ल्याएको बेला राष्टपति हुने थोरै भाग्यमानी राष्ट्रपति हुन्छन ।

     


    विगतको ईतिहास हेर्ने हो भने ट्रम्पकै अघिल्लो कार्यकाल पनि सिनेटमा रिपव्लिकनको बहुमत भएपनि तल्लो सदनमा थिएन । जतिबेला उनले गर्न खोजेका कामहरु तल्लो हाउसमै रोकिन्थ्यो । ४५ बर्ष अघि अर्थात रोनाल्ड रेगनको कार्यकाल सन १९८१ देखि १९८९सम्म ईतिहास हेर्ने हो भने उनको पुर्ण दुई कार्यकाल सिनेटमा बहुमत थियो तर तल्लो सदनमा सधै अल्पमतमा रहेको ईतिहास छ । उनि रिपव्लिकन पार्टीबाट राष्ट्रपति जितेका हुन ।

    त्यसैगरी उनिपछिका राष्ट्रपति जर्ज एच बुसले १९८९ देखि १९९३ एक कार्यकालमा तल्लो र माथिल्लो दुवै हाउसमा उनको पार्टी रिपव्लिकन पार्टी अल्पमतमा परेका थिए । त्यसैले पनि उनिले पुर्ण रुपमा काम अनुकुल काम गर्न नपाएको बताईन्छ । उता सन् १९९३ देखि २००१ सम्मको दुई कार्यकालमा विल क्लिन्टनको लागि सिनेट पुर्ण कार्यकाल डेमोक्र्याट पार्टी अल्पमतमा परे भने तल्लो हाउसमा बढी समय डेमेक्र्याटको बहुमतमा रहेको देखिन्छ । त्यसो हुँदा उनले पनि आफ्नो एजेण्डा पुर्ण रुपमा कार्यन्वयन गर्न सिनेट आफ्नो पक्षमा पाएनन ।

    त्यसैगरी अर्का राष्ट्रपति जर्ज डब्लु बुस जसले सन २००१ देखि २००९ सम्म दुई कार्यकाल राष्ट्रपति भए । उनको आठ बर्ष दुवै हाउसमा रिपव्लिकन पार्टी पुर्णत बहुमतमा रहेको बेला काम गर्न पाए । यस्तो बेला आफ्नो एजेण्डामा काम गर्न मद्दत पुग्नेछ । त्यसपछि अर्को आठ बर्ष अर्थात सन २००९ देखि २०१६ सम्म बाराक ओबामाले अमेरिकी ईतिहासमा राम्रो काम गरेको राष्ट्रपति मानिन्छ । तर उनको आठ बर्षे कार्यकालमा डेमोक्र्याटिक पार्टीले तल्लो हाउसमा बहुमत गुमाएको अवस्था थियो भने माथिल्लो हाउस अर्थात सिनेट आफ्नो पक्षमा रहेको देखिन्छ । पुर्ण अनुकुल नभए पनि ओबामा कार्यकाल सफल राष्ट्रपतिका रुपमा लिने गरिन्छ ।

    सन् २०१५ देखि २०१९ डोनाल्ड ट्रम्पको अहिल्लो कार्यकाल हो जुन विविध तनाव बिताए । त्यसैले अमेरिकी राष्ट्रपतिहरुमध्ये थोरै राष्ट्रपतिले पाउने अबसर फेरी एक कार्यकालका लागि भए पनि ट्रम्पले पाएका छन । जुन अबसरको कति सदुपयोग गर्लान त्यो चाही हेर्न बाँकी छ । विगत ४५ बर्षयताको ईतिहास हेर्ने हो भने ट्रम्प यस्ता भग्यमानी राष्ट्रपति बन्न सफल भएका छन की उनको पार्टी रिपव्लिकनले दुवै सदनमा पुर्ण बहुमत प्राप्त छ । यस्तो दुर्लभ अबसर पाएर पनि उनको बोली अनुसार काम भने कति गर्दछन त्यो हेर्न बाँकी नै छ । उनको अघिल्लो कार्यकालमा बोलेका र गर्न खोजेका उत्पट्याड कामहरु हेर्दा कतै उनले यो अवसरलाई दूरुपयोग गर्न पनि सक्दछन भन्ने आशंका छ । अर्को विर्सन नहुने कुरा के छ भने दुवै हाउसमा जसको बहुमत भए पनि अमेरिकी सविधानत सिनेटर र कँग्रेसम्यानलाई पार्टीको ह्वीप भने लाग्दैन । यस्तो बेला राष्ट्रपति बहुमतको आडमा निरंकुस हुन खोजेमा ब्रेक लगाउने काम पनि उनै दुव हाउसका प्रतिनिधिहरुले गर्न सक्दछन । अमेरिकी संसदमा त्यस्ता थुप्रै उदाहरणहरु पनि छन कोही निरंकुस हुन खोज्दा दुवै सदनका प्रतिनिधिहरु पार्टी भन्दा माथी उठेर सोच्ने गर्दछन ।

    Post Views: 179
    प्रकाशित मिति: २०८१ कार्तिक २९, बिहीबार ०८:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.