नेपाली समुदायसँग नजिक रहेर सहयोग गरिरहेका नेपाल मामिला बारेमा जानकार माइक केरी रिपब्लिकन पार्टीका तर्फबाट संसदमा निर्वार्चित भएका छन्। उनी अमेरिकाको ओहायो राज्य डिस्ट्रिक १५ बाट युएस कंग्रेसमा निर्वाचित भएका हुन्। उनी नेपाल ककसका सहअध्यक्ष समेत हुन्। उनले ५३ प्रतिशत र डेमोक्रेटिक पार्टीका उमेदवार एडम मिलर ४३ प्रतिशत मत प्राप्त गरेका थिए। सन् १९७१ मा अमेरिकामा जन्मिएका उनी मेरियन मिलिटरी इन्स्टिच्युटमा सहभागी भई सेनामा अफिसरका रूपमा सेवा गरिसकेका छन्।

ओहायोमा रहेका नेपाली भाषी भुटानी होस वा नेपालीहरुका लागि निकै परिचित माईक नेपालीका सुख दुखका साथी जस्ता बनेका छन । ओहायोका लागि नेपाली अवैतनिक वाणिज्यदुत डा दामोदर पौडेलले भने “माईक नेपालका बारेमा जानकार कँग्रेसम्यान हुन उनीबाट नेपाल र नेपालीले धेरै विषयमा दुई पक्षिय सम्बन्ध सुधारका कार्यहरु गर्न सकिने छ ।”
त्यस्तै ओहायोमा मुख्यालय रहेको अमेरिकाको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको कार्यकारी प्रमुख बनी २० वर्षभन्दा बढी काम गरे। उनले अमेरिकी ऊर्जा स्वतन्त्रताको लागि वकालत गरेर अमेरिकाका असफल ऊर्जा नीतिहरूलाई परिर्वतन गराउन सफल बने। नेपाली समुदायलाई सहयोग गर्ने कुरामा माइक केरी सधैं अग्रस्थानमा आउने अमेरिकन राजनीतिज्ञमध्येका एक हुन्। उनले नेपाली समुदायका लागि पुर्याएको योगदानको कदर गर्दै विभिन्न संस्थाहरूबाट सम्मान समेत गरिसकेको छ।




