• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने झै अबैध आप्रवासीको सामुहिक डिर्पोट कति संभव छ ?

  •  
  • २०८१ मंसिर ४, मंगलवार ०५:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल

    नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वार्चित भएपछि अमेरिकामा गैरकानुनी रुपमा रहेका कागजातविहिन आप्रवासीलाई डिर्पोट गर्ने त्रास बढेको छ । त्रास बढेझै ट्रम्प प्रशासनले भनेझै मास डिर्पोटेसन संभव छ ? त्यो आम मानिसको मुखमा रहेको प्रश्न हो । त्यति मात्रै होईन की राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेरै भए पनि सेना परिचान गर्ने तयारी भईरहेको बताइएको छ । जसका लागि आप्रवासी प्रति अत्यन्तै अनुदार मानिएका टोन होमनलाई नियूक्ति समेत दिएका छन ।

    विभिन्न अनुसन्धान र सरोकारवाला निकायहरुले एकै पटक मास डिर्पोर्टेसन संभव नभएको तथ्यहरु सार्वजनिक गरेका छन । केहि अंकमा फरक भए पनि अमेरिकामा कागजातविहिन आप्रवासीको संख्या झण्डै एक करोड १० लाख (११ मिलियन) रहेको बताईन्छ । अमेरिकन ईमिग्रेसन काउन्सिल नामक एक गैरसरकारी संस्थाले गरेको अनुसन्धान अनुसार ति सबै अवैध आप्रवासीलाई डिर्पोट गर्न ३ सय १५ विलियन डलर खर्च लाग्ने अनुमान गरेको छ । अनुसन्धानमा उल्लेख भए अनुसार बस वा प्लेनमा डिर्पोट गर्न र पक्राउ गरेर प्रक्रिया पुर्याउँदा प्रतिव्यक्ति १८ सय १५ डलरका दरले पर्नेछ । नत ती सबै आप्रवासीलाई पक्राउ एकै पटक गरेर राख्ने स्थान पनि छैन । अमेरिकामा रहेका जेलहरुको सबै स्थानीय र केन्द्रिय राज्यहरुको खाली गरेर राख्ने हो भने पनि १९ लाख सिट मात्रै क्षमता रहेको छ ।

    सोही अनुसन्धानले गरेको सार्वजनिक तथ्यांकमा स्वेच्छिक रुपमा डिर्पोट गर्न भनिएमा अबैध आप्रवासीमध्ये २० प्रतिशत आफै जानसक्ने दावी गरिएको छ । प्रत्येक बर्ष एक मिलियनका हिसावले डिर्पोर्ट गर्ने हो भने पनि प्रतिबर्ष २२ विलियन डलर खर्च र ११ बर्ष समय लाग्नेछ । जसमध्ये गिरफ्तार गर्न सरकारले ८९.३ अर्ब डलर खर्च गर्नुपर्नेछ । त्यसैगरी आप्रवासीहरूलाई सामूहिक रूपमा हिरासतमा राख्न सरकारले १ सय ६७ बिलियन खर्च गर्नुपर्नेछ । सरकारले कानुनी प्रक्रियामा ३४.१ अर्ब डलर खर्च गर्नुपर्नेछ र ति अबैध आप्रवासीलाई हटाउन सरकारले २४.१ बिलियन डलर खर्च गर्नुपर्ने अनुमानित खर्च लाग्ने सो अनुसन्धानमा उल्लेख छ ।

    विगतको तथ्यांक हेर्ने हो भने सन् २०१५ देखि २०१९ सम्मको डिपोर्टको तथ्यलाई केलाउँदा २ लाखदेखि २ लाख ४५ हजारसम्म डिर्पोट अबैध आप्रवासी डिपोर्ट गरेको देखिन्छ । सोही तथ्यांक अनुसार अमेरिकामा रहेका अबैध आप्रवासीहरुमा १६ बर्षदेखि ६४ बर्षसम्मका ८९ प्रतिशत रहेको उल्लेख छ । यो तथ्यांक हेर्दा अमेरिकी श्रम बजारमा ४ दशमलव ६ प्रतिशत रोजगारी गैरकानुनी आप्रवासीले ओगटेको छ । अमेरिकी श्रम बजारमा २९ मिलियन आप्रवासी कामदारहरुमध्ये सन् २०१९ को तथ्यांक अनुसार १७ प्रतिशत हो । यो समुह घर बाहिर र निकै कडा मिहेनत गर्ने श्रमीक समुह हो ।

    छोटो अवधिमा अबैध आप्रवासी गिरफ्तारीहरू गर्न करिब ४ लाख नयाँ सरकारी कर्मचारीहरू र कानून प्रवर्तन अधिकारीहरू आवश्यक पर्दछ, जुन कानून प्रवर्तन एजेन्सीहरूमा हालको भर्ती हेर्दा त्यति कर्मचारी भर्ना गर्न असंभव जस्तै देखिन्छ । यो चुनौतीहरूलाई हेर्दा लगभग मास डिर्पोटेसन असम्भव हुनेछ । प्रति वर्ष १० लाख ठूला गिरफ्तारीहरू गर्न पनि ३० हजार नयाँ कानून प्रवर्तक एजेन्टहरू र कर्मचारीहरू भर्ना गर्न आवश्यक पर्दछ । यसलाई तत्काल संघीय सरकारको सबैभन्दा ठूलो कानून प्रवर्तन एजेन्सी बनाउनु पर्ने हुन्छ त्यो त्यति सजिलो नभएको अनुसन्धानले औल्याएको छ ।

    सामूहिक निर्वासनले धेरै प्रमुख अमेरिकी उद्योगहरूलाई निकै असर पर्ने देखिन्छ । जुन कागजात नभएका कामदारहरूमा धेरै निर्भर रहेका छन । अमेरिकी निर्माण र कृषि उद्योगहरूले कम्तिमा आठमध्ये एक जना कामदार कागजात नभएकाहरुले धानेका छन । ती उद्योगहरूमध्ये सामूहिक निर्वासनले प्लास्टर, रूफ र पेन्टर जस्ता प्रमुख निर्माण व्यवसायहरूमा ३० प्रतिशतभन्दा बढी कामदारको अभाव झेल्नुपर्ने हुन्छ । लगभग २८ प्रतिशत ग्रेडर र कृषि उत्पादनहरूको क्रमबद्ध र सबै हाउसकीपिङ क्लिनरहरूको एक चौथाइ अर्थात २५ प्रतिशत कामदार अभाव हुनेछ ।

    अबैध आप्रवासी डिर्पोट गर्ने हो भने ती मध्ये १ मिलियन कागजातविहीन आप्रवासी उद्यमीहरू पनि रहेका छन । उनिहरुलाई डिर्पोट गर्दा कति रोजगारी र आम्दानी नोक्सान होला त्यसको कुनै लेखाजोखा छैन । उनिहरुबाट सन् २०२२ मात्र कुल व्यापार आम्दानीमा २७ बिलियन डलर उत्पन्न गरेको देखिन्छ । त्यसो हुँदा त्यसबाट रोजगारीमा पर्ने असर झन ठुलो हुनेछ ।

    सामूहिक निर्वासनले संघीय, राज्य र स्थानीय सरकारहरूलाई कागजात नभएका घरपरिवारहरूबाट स्थानीय कर योगदानमा अर्बौंको बञ्चित गर्नेछ । २०२२ मा मात्र कागजातविहीन आप्रवासी परिवारहरूले संघीय करहरूमा ४ दशमलव ४६ दशमलव अर्थात ८ बिलियन र राज्य र स्थानीय करहरूमा ४ २९ दशमलव अर्थात ३ बिलियन तिरेका छन् ।

    कागजातविहीन आप्रवासीहरूलाई निर्वासनले ४ मिलियन मिश्रित परिवारहरूलाई छुट्याउनेछ । जसले ८ दशमलव ५ मिलियन अमेरिकी नागरिकहरूलाई गैरकागजात परिवार सदस्यहरू (जसमध्ये ५ दशमलव १ मिलियन अमेरिकी नागरिक बालबालिकाहरू) लाई असर गर्दछ । यसले उनीहरूको घरपरिवारको आम्दानीलाई औसत ६२.७ प्रतिशतले घटाउनेछ । समग्रमा, सामूहिक निर्वासनले वार्षिक जीडिपीको ४ दशमलव २ प्रतिशत देखि ६ दशमलव ८ प्रतिशत, वा १ दशमलव १ ट्रिलियन देखि १ दशमलव ७ ट्रिलियन डलर घाटा निम्त्याउनेछ । यसको तुलनामा २००७ र २००९ बीचको ठूलो मन्दीको समयमा अमेरिकी जीडीपी ४.३ प्रतिशतले संकुचित भएको थियो ।

    यदि टम्पले भने झै डिर्पोट हुने हो भने त्यसको नकारात्मक प्रभाव क्यालिफोर्निया, टेक्सास र फ्लोरिडा राज्यहरुमा सबैभन्दा बढी पर्नेछ । ती तीन राज्यहरू जुन २०२२ को तथ्यांक हेर्दा ४७ दशमलव २ प्रतिशत अप्रमाणित आप्रवासीहरूको घर थियो र जहाँ प्रत्येक २० मध्ये एक बासिन्दाहरूमध्ये एकलाई निर्वासन गरिनेछ । सन १९३० को दशकमा, ग्रेट डिप्रेशनको समयमा, ३ लाख ५५ हजार र २ मिलियन मेक्सिकन र मेक्सिकन अमेरिकीहरूलाई मेक्सिकोमा निर्वासन वा स्वदेश फिर्ता गरियो थियो । जुन अमेरिकन ईतिहासमा सबै भन्दा बढी हो । जसमध्ये अनुमानित ४० देखि ६० प्रतिशत अमेरिकी नागरिकहरू थिए । अत्यधिक बालबालिकाहरू पनि थिए । कम्तिमा ८२ हजार मेक्सिकनहरूलाई सरकारले १९२९ र १९३५को बीच औपचारिक रूपमा देश निकाला गरेको थियो ।

    जनवरी २०२३ देखि अप्रिल २०२४ सम्म होमल्याण्ड सेक्युरिटीको कार्यालयले रिपोर्ट गरे अनुसार २२ लाख ६४ हजार ८ सय ३० आप्रवासीहरूले सीमा पार गरेर अमेरिका प्रवेश गरेको तथ्यांक छ । ति सबैलाई सीमा गस्ती हिरासतमा राखेर प्रक्रिया अनुसार संयुक्त राज्य अमेरिकामा बन्ड, प्यारोल, सुपरिवेक्षणको आदेश अनुसार रिहा गरिएको हो । यो तथ्याङ्क २०२३ पछिको दस्तावेजविहीन जनसख्यामा आफ्नो भिसा ओभरस्टे गरेका व्यक्तिहरू पर्दैनन ।

    सामुहिक डिर्पोटका कारण अमेरिकाले सामाजिक सुरक्षा नेट कार्यक्रमहरूमा वार्षिक रूपमा अप्रमाणित परिवारहरूले गर्ने मुख्य योगदानहरू गुमाउनेछ । जसमा सामाजिक सुरक्षामा २२ दशमलव ६ बिलियन र मेडिकेयरमा ५.७ बिलियन समावेश छ । यूएस जनसंख्याको उमेर बढ्दै जाँदा, यी भुक्तानीहरू गुमाउँदा सामाजिक सुरक्षा कार्यक्रमहरूमा चुनौती थपिनेछ ।

    प्रति वर्ष १० लाख आप्रवासीहरूलाई देश निकाला गर्दा प्रतिबर्ष वार्षिक ८८ बिलियन डलर खर्च हुनेछ, जसको अधिकांश खर्च हिरासत शिविर निर्माणमा खर्च हुनेछ । सबै लक्षित आप्रवासीहरूलाई गिरफ्तार गर्न, हिरासतमा राख्न, प्रक्रिया गर्न र हटाउन सयौंदेखि हजारौं नयाँ हिरासत सुविधाहरूको निर्माण गर्न दश वर्ष भन्दा बढी समय लाग्नेछ ।
    समग्रमा विभिन्न अनुसन्धानमा आधारित तथ्यांक हेर्दा अमेरिकामा रहेका अबैध आप्रवासी सामुहिक डिर्पोट गर्ने असंभव नै छ भन्दा फरक पर्दैन । यो एउटा राजनीतिक स्टन्ट मात्रै हो । यसो भन्दैमा अमेरिकामा अबैध आप्रवासन घटाउन असंभव छैन जसका लागि सीमा सुरक्षा महत्वपुर्ण हुनेछ । सीमा सुरक्षा व्यवस्थापन गरेर बहुबर्षिय योजना बनाएर मात्रै अबैध आप्रवासी घटाउन सकिन्छ ।

    Post Views: 223
    प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलवार ०५:३७
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.