होम लम्साल

नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वार्चित भएपछि अमेरिकामा गैरकानुनी रुपमा रहेका कागजातविहिन आप्रवासीलाई डिर्पोट गर्ने त्रास बढेको छ । त्रास बढेझै ट्रम्प प्रशासनले भनेझै मास डिर्पोटेसन संभव छ ? त्यो आम मानिसको मुखमा रहेको प्रश्न हो । त्यति मात्रै होईन की राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेरै भए पनि सेना परिचान गर्ने तयारी भईरहेको बताइएको छ । जसका लागि आप्रवासी प्रति अत्यन्तै अनुदार मानिएका टोन होमनलाई नियूक्ति समेत दिएका छन ।
विभिन्न अनुसन्धान र सरोकारवाला निकायहरुले एकै पटक मास डिर्पोर्टेसन संभव नभएको तथ्यहरु सार्वजनिक गरेका छन । केहि अंकमा फरक भए पनि अमेरिकामा कागजातविहिन आप्रवासीको संख्या झण्डै एक करोड १० लाख (११ मिलियन) रहेको बताईन्छ । अमेरिकन ईमिग्रेसन काउन्सिल नामक एक गैरसरकारी संस्थाले गरेको अनुसन्धान अनुसार ति सबै अवैध आप्रवासीलाई डिर्पोट गर्न ३ सय १५ विलियन डलर खर्च लाग्ने अनुमान गरेको छ । अनुसन्धानमा उल्लेख भए अनुसार बस वा प्लेनमा डिर्पोट गर्न र पक्राउ गरेर प्रक्रिया पुर्याउँदा प्रतिव्यक्ति १८ सय १५ डलरका दरले पर्नेछ । नत ती सबै आप्रवासीलाई पक्राउ एकै पटक गरेर राख्ने स्थान पनि छैन । अमेरिकामा रहेका जेलहरुको सबै स्थानीय र केन्द्रिय राज्यहरुको खाली गरेर राख्ने हो भने पनि १९ लाख सिट मात्रै क्षमता रहेको छ ।
सोही अनुसन्धानले गरेको सार्वजनिक तथ्यांकमा स्वेच्छिक रुपमा डिर्पोट गर्न भनिएमा अबैध आप्रवासीमध्ये २० प्रतिशत आफै जानसक्ने दावी गरिएको छ । प्रत्येक बर्ष एक मिलियनका हिसावले डिर्पोर्ट गर्ने हो भने पनि प्रतिबर्ष २२ विलियन डलर खर्च र ११ बर्ष समय लाग्नेछ । जसमध्ये गिरफ्तार गर्न सरकारले ८९.३ अर्ब डलर खर्च गर्नुपर्नेछ । त्यसैगरी आप्रवासीहरूलाई सामूहिक रूपमा हिरासतमा राख्न सरकारले १ सय ६७ बिलियन खर्च गर्नुपर्नेछ । सरकारले कानुनी प्रक्रियामा ३४.१ अर्ब डलर खर्च गर्नुपर्नेछ र ति अबैध आप्रवासीलाई हटाउन सरकारले २४.१ बिलियन डलर खर्च गर्नुपर्ने अनुमानित खर्च लाग्ने सो अनुसन्धानमा उल्लेख छ ।
विगतको तथ्यांक हेर्ने हो भने सन् २०१५ देखि २०१९ सम्मको डिपोर्टको तथ्यलाई केलाउँदा २ लाखदेखि २ लाख ४५ हजारसम्म डिर्पोट अबैध आप्रवासी डिपोर्ट गरेको देखिन्छ । सोही तथ्यांक अनुसार अमेरिकामा रहेका अबैध आप्रवासीहरुमा १६ बर्षदेखि ६४ बर्षसम्मका ८९ प्रतिशत रहेको उल्लेख छ । यो तथ्यांक हेर्दा अमेरिकी श्रम बजारमा ४ दशमलव ६ प्रतिशत रोजगारी गैरकानुनी आप्रवासीले ओगटेको छ । अमेरिकी श्रम बजारमा २९ मिलियन आप्रवासी कामदारहरुमध्ये सन् २०१९ को तथ्यांक अनुसार १७ प्रतिशत हो । यो समुह घर बाहिर र निकै कडा मिहेनत गर्ने श्रमीक समुह हो ।
छोटो अवधिमा अबैध आप्रवासी गिरफ्तारीहरू गर्न करिब ४ लाख नयाँ सरकारी कर्मचारीहरू र कानून प्रवर्तन अधिकारीहरू आवश्यक पर्दछ, जुन कानून प्रवर्तन एजेन्सीहरूमा हालको भर्ती हेर्दा त्यति कर्मचारी भर्ना गर्न असंभव जस्तै देखिन्छ । यो चुनौतीहरूलाई हेर्दा लगभग मास डिर्पोटेसन असम्भव हुनेछ । प्रति वर्ष १० लाख ठूला गिरफ्तारीहरू गर्न पनि ३० हजार नयाँ कानून प्रवर्तक एजेन्टहरू र कर्मचारीहरू भर्ना गर्न आवश्यक पर्दछ । यसलाई तत्काल संघीय सरकारको सबैभन्दा ठूलो कानून प्रवर्तन एजेन्सी बनाउनु पर्ने हुन्छ त्यो त्यति सजिलो नभएको अनुसन्धानले औल्याएको छ ।
सामूहिक निर्वासनले धेरै प्रमुख अमेरिकी उद्योगहरूलाई निकै असर पर्ने देखिन्छ । जुन कागजात नभएका कामदारहरूमा धेरै निर्भर रहेका छन । अमेरिकी निर्माण र कृषि उद्योगहरूले कम्तिमा आठमध्ये एक जना कामदार कागजात नभएकाहरुले धानेका छन । ती उद्योगहरूमध्ये सामूहिक निर्वासनले प्लास्टर, रूफ र पेन्टर जस्ता प्रमुख निर्माण व्यवसायहरूमा ३० प्रतिशतभन्दा बढी कामदारको अभाव झेल्नुपर्ने हुन्छ । लगभग २८ प्रतिशत ग्रेडर र कृषि उत्पादनहरूको क्रमबद्ध र सबै हाउसकीपिङ क्लिनरहरूको एक चौथाइ अर्थात २५ प्रतिशत कामदार अभाव हुनेछ ।
अबैध आप्रवासी डिर्पोट गर्ने हो भने ती मध्ये १ मिलियन कागजातविहीन आप्रवासी उद्यमीहरू पनि रहेका छन । उनिहरुलाई डिर्पोट गर्दा कति रोजगारी र आम्दानी नोक्सान होला त्यसको कुनै लेखाजोखा छैन । उनिहरुबाट सन् २०२२ मात्र कुल व्यापार आम्दानीमा २७ बिलियन डलर उत्पन्न गरेको देखिन्छ । त्यसो हुँदा त्यसबाट रोजगारीमा पर्ने असर झन ठुलो हुनेछ ।
सामूहिक निर्वासनले संघीय, राज्य र स्थानीय सरकारहरूलाई कागजात नभएका घरपरिवारहरूबाट स्थानीय कर योगदानमा अर्बौंको बञ्चित गर्नेछ । २०२२ मा मात्र कागजातविहीन आप्रवासी परिवारहरूले संघीय करहरूमा ४ दशमलव ४६ दशमलव अर्थात ८ बिलियन र राज्य र स्थानीय करहरूमा ४ २९ दशमलव अर्थात ३ बिलियन तिरेका छन् ।
कागजातविहीन आप्रवासीहरूलाई निर्वासनले ४ मिलियन मिश्रित परिवारहरूलाई छुट्याउनेछ । जसले ८ दशमलव ५ मिलियन अमेरिकी नागरिकहरूलाई गैरकागजात परिवार सदस्यहरू (जसमध्ये ५ दशमलव १ मिलियन अमेरिकी नागरिक बालबालिकाहरू) लाई असर गर्दछ । यसले उनीहरूको घरपरिवारको आम्दानीलाई औसत ६२.७ प्रतिशतले घटाउनेछ । समग्रमा, सामूहिक निर्वासनले वार्षिक जीडिपीको ४ दशमलव २ प्रतिशत देखि ६ दशमलव ८ प्रतिशत, वा १ दशमलव १ ट्रिलियन देखि १ दशमलव ७ ट्रिलियन डलर घाटा निम्त्याउनेछ । यसको तुलनामा २००७ र २००९ बीचको ठूलो मन्दीको समयमा अमेरिकी जीडीपी ४.३ प्रतिशतले संकुचित भएको थियो ।
यदि टम्पले भने झै डिर्पोट हुने हो भने त्यसको नकारात्मक प्रभाव क्यालिफोर्निया, टेक्सास र फ्लोरिडा राज्यहरुमा सबैभन्दा बढी पर्नेछ । ती तीन राज्यहरू जुन २०२२ को तथ्यांक हेर्दा ४७ दशमलव २ प्रतिशत अप्रमाणित आप्रवासीहरूको घर थियो र जहाँ प्रत्येक २० मध्ये एक बासिन्दाहरूमध्ये एकलाई निर्वासन गरिनेछ । सन १९३० को दशकमा, ग्रेट डिप्रेशनको समयमा, ३ लाख ५५ हजार र २ मिलियन मेक्सिकन र मेक्सिकन अमेरिकीहरूलाई मेक्सिकोमा निर्वासन वा स्वदेश फिर्ता गरियो थियो । जुन अमेरिकन ईतिहासमा सबै भन्दा बढी हो । जसमध्ये अनुमानित ४० देखि ६० प्रतिशत अमेरिकी नागरिकहरू थिए । अत्यधिक बालबालिकाहरू पनि थिए । कम्तिमा ८२ हजार मेक्सिकनहरूलाई सरकारले १९२९ र १९३५को बीच औपचारिक रूपमा देश निकाला गरेको थियो ।
जनवरी २०२३ देखि अप्रिल २०२४ सम्म होमल्याण्ड सेक्युरिटीको कार्यालयले रिपोर्ट गरे अनुसार २२ लाख ६४ हजार ८ सय ३० आप्रवासीहरूले सीमा पार गरेर अमेरिका प्रवेश गरेको तथ्यांक छ । ति सबैलाई सीमा गस्ती हिरासतमा राखेर प्रक्रिया अनुसार संयुक्त राज्य अमेरिकामा बन्ड, प्यारोल, सुपरिवेक्षणको आदेश अनुसार रिहा गरिएको हो । यो तथ्याङ्क २०२३ पछिको दस्तावेजविहीन जनसख्यामा आफ्नो भिसा ओभरस्टे गरेका व्यक्तिहरू पर्दैनन ।
सामुहिक डिर्पोटका कारण अमेरिकाले सामाजिक सुरक्षा नेट कार्यक्रमहरूमा वार्षिक रूपमा अप्रमाणित परिवारहरूले गर्ने मुख्य योगदानहरू गुमाउनेछ । जसमा सामाजिक सुरक्षामा २२ दशमलव ६ बिलियन र मेडिकेयरमा ५.७ बिलियन समावेश छ । यूएस जनसंख्याको उमेर बढ्दै जाँदा, यी भुक्तानीहरू गुमाउँदा सामाजिक सुरक्षा कार्यक्रमहरूमा चुनौती थपिनेछ ।
प्रति वर्ष १० लाख आप्रवासीहरूलाई देश निकाला गर्दा प्रतिबर्ष वार्षिक ८८ बिलियन डलर खर्च हुनेछ, जसको अधिकांश खर्च हिरासत शिविर निर्माणमा खर्च हुनेछ । सबै लक्षित आप्रवासीहरूलाई गिरफ्तार गर्न, हिरासतमा राख्न, प्रक्रिया गर्न र हटाउन सयौंदेखि हजारौं नयाँ हिरासत सुविधाहरूको निर्माण गर्न दश वर्ष भन्दा बढी समय लाग्नेछ ।
समग्रमा विभिन्न अनुसन्धानमा आधारित तथ्यांक हेर्दा अमेरिकामा रहेका अबैध आप्रवासी सामुहिक डिर्पोट गर्ने असंभव नै छ भन्दा फरक पर्दैन । यो एउटा राजनीतिक स्टन्ट मात्रै हो । यसो भन्दैमा अमेरिकामा अबैध आप्रवासन घटाउन असंभव छैन जसका लागि सीमा सुरक्षा महत्वपुर्ण हुनेछ । सीमा सुरक्षा व्यवस्थापन गरेर बहुबर्षिय योजना बनाएर मात्रै अबैध आप्रवासी घटाउन सकिन्छ ।




