• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राजदुतको नजरमा नेपाल-भारत सम्बन्धका ५ प्राथमिकता

  •  
  • २०८१ मंसिर ७, शुक्रबार ०९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    डा. शंकर शर्मा

     

    भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें । नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणहरु हुन्छन् । परराष्ट्र सचिवस्तरीय भ्रमणलाई पनि उच्चस्तरीय नै भन्नुपर्‍यो । योसमेत गर्दा मेरो कार्यकालमा ८ वटा भिजिट भए ।

    भारतसँग हाम्रा ईस्युहरु र प्रतिवद्धता हेदा बाढी, डुबान र व्यापारले मात्रै करिब–करिब ६०–७० पेज त्यसैले खान्छ । यसमा भारतका तर्फबाट पूर्वाधार र कनेक्टिभिटीका धेरै प्रोजेक्टहरु पाइपलाइनमा पनि छन् । सबैभन्दा पहिलो कुरो त के हो भने हाम्रो प्राथमिकता केबाट अगाडि बढ्ने ?

    पहिला–पहिला हामीले विश्वविद्यालयमा पढ्दाखेरि सुन्थ्यौं, सहसचिवहरुको छलफल हुने, सचिवहरुको छलफल हुने, मन्त्री जाने अनि प्रधानमन्त्री जाने हुन्थ्यो र प्राथमिकताका विषयहरु पनि हुन्थे । मैले पछिल्लो अढाई वर्षमा समस्या कहाँनेर देखें भने योचाहिँ अहिले हाम्रोतर्फबाट पनि अलिकति कमी भएको हो कि ? यस कारण इण्डियासँग मिटिङमा बस्यौं भने हामी हराउँछौं । यति धेरै इस्युहरु छन् । भिजिटमा १०÷१२ वटा एमओयू पनि हुन्छन् । एग्रिमेन्ट पनि हुन्छ । तर, हामीले खोजेका कुराहरु हुन्छन् कि हुँदैनन् भन्ने कुरा हो ।

    भारतसँगको हाम्रो व्यापार, लगानी र जनस्तरको सम्बन्ध गहिरो छ, यसको नम्बर मैले दिइरहनुपर्दैन । अस्ति मात्रै अर्थ मन्त्रालयमा गएको थिएँ, सचिवज्यूले सट्ट एउटा एसएमएस निकाल्नुभयो । पछिल्लो वर्ष ६ लाख ४१ हजार गाडी इण्डियाबाट नेपाल छिरेछन् । १७ हजार बस ट्रिप आएछन् । भनाइको मतलब, हाम्रो यस्तो किसिमको आवत–जावत छ ।

    गत वर्ष मैले हाम्रा प्राथमिकताहरुलाई अलि बढी जोड दिनुपर्‍यो भनेर पाँचवटा प्राथमिकताहरु भनें । हाम्रो प्रधानमन्त्रीजी (प्रचण्ड)लाई पनि भनें । उहाँले टिपेर पनि राख्नुभयो । त्यसमा छलफल पनि शुरु भयो ।

    पहिलो प्राथमिकता : दीर्घकालीन सम्झौतामा जोड

    यो मैले पहल गरेको त पक्कै होइन, तर नेपाल र भारतबीच दीर्घकालीन एग्रिमेन्ट हुनुपर्‍यो । किनभने, अल्पकालीन सम्झौता हुनासाथ लगानीकर्ताको अनिश्चितता हुने भयो ।

    मैले भारतीय अधिकारीहरुलाई दुई–तीनघण्टासम्म राखेर हाम्रा प्राथमिकताबारे बताएँ । शुरुमा उहाँहरुको प्रश्न के थियो भने भूटानले चाहिँ दीर्घकालीन सम्झौता मात्रै गर्छ, ऊ अल्पकालीनमा आउन खोजिरहेको छ, तिमीहरु किन दीर्घकालीनमा जाने ? जबकि अल्पकालीनमा त पैसा धेरै हुन्छ ।

    ठीक हो, तर हामीलाई दुईवटै चाहियो । अल्पकालीन सम्झौताले लगानीको ग्यारेन्टी गर्दैन, दीर्घकालीनले लगानीको ग्यारेन्टी गर्छ । हामीलाई कम पैसा भए पनि हुन्छ तर भारत र तेस्रो मुलुकमा निर्यात बढाउन लागि दीर्घकालीन लगानीको ग्यारेन्टी चाहियो । यसो भनेर छलफल हुँदै जाँदा पछि नेपालका प्रधानमन्त्रीले पनि निकै जोड गर्नुभयो । उहाँले यो म गराएरै छोड्छु भन्नुभएको थियो । उहाँले पनि ब्रिफिङ लिएरै यो सम्भव छ भन्ने ठान्नुभयो होला ।

    हामीले १० हजार मेगावाट विद्युत व्यापारमा हाम्रैतर्फबाट भारत र नेपालका लगानीकर्ता भनेको हुनाले अलिकति सीमा छ । तर, अलिकति पाइपलाइनमा पनि भइसकेको हुनाले भारत र नेपालको लगानीमा गर्दाखेरि १० हजार मेगावाट उत्पादन हुन सक्छ भन्ने हिसाबले त्यसलाई अगाडि लिएर गएको हो ।

    हाम्रो आन्तरिक बजार पनि प्रशस्तै छ । अहिले बंगलादेशसँग पनि व्यापार शुरु भयो । अहिले भारतसँग ठ्याक्कै नम्बर अनुसार ९४१ मेगावाट छ । तर, यसमा हामीले १० प्रतिशतसम्म अतिरिक्त निर्यात गर्न सक्छौं भनेपछि १ हजार मेगावाट भन्दा बढी हामीले अहिले भारतमा निर्यात गर्न सक्छौं । तर, दुर्भाग्यवस यो साल हाम्रोमा आएको बाढीपहिरोका कारणले गर्दा त्यति सक्दैनौं जस्तो लाग्छ । तर, हामीले डेढ वर्षमा जोड गर्दा–गर्दा यति त उपलब्धि भयो ।

    दश हजार मेगावाटको कुरामा कस्तो छ भने झण्डै साढे चार हजार/पाँच हजार मेगावाट त एनएचपीसी र सतलजका परियोजनाहरु पाइपलाइनमा छन् । हुन त पञ्चेश्वरको कुरा गरेको २९ वर्ष भयो तर पञ्चेश्वर आयो भने ५ हजार ६ सय मेगावाट त्यहाँबाट पनि हुन आउँछ । अहिले हामी माथिल्लो अरुणको पनि कुरा गरिराखेका छौं । तमोरको कुरा छ । एकदमै राम्रा प्रोजेक्टहरु, लगानीकर्ताहरुले लिन तयार भएका प्रोजेक्टहरु नै छन् अहिले । त्यसकारण उत्पादनका हिसाबले सहजीकरण गर्दै गयौं भने त्यति समस्या होलाजस्तो मलाई लाग्दैन । यसले राम्रै गर्छ ।

    मध्यकालीन अवधिका परियोजनाहरुको त हामीले एग्रिमेन्ट गरेर हरियाणालाई दिने सम्झौता गरि पनि सक्यौं । अल्पकालीन मात्रै होइन, मध्यकालीन सम्झौता पनि गरि नै सकेका छौं । अब दीर्घकालीन पनि हुँदाखेरि एकदमै राम्रो होला भन्ने लाग्छ ।

    अब नेपालमा जुन विद्युत ऐन आउँदैछ, त्यो पारित भएपछि नेपाल र भारतबीच ‘प्राइभेट टु प्राइभेट’ विद्युत उत्पादन गर्ने हो भने हामीले १० हजार मेगावाट भन्दा बढी नै यस क्षेत्रमा निर्यात गर्न सक्छौं ।

    यो एरियामा चारवटा हाई भोल्टेज ट्रान्समिसन लाइन चाहिन्छ । एउटा बनिसक्यो । एउटा बन्दैछ । दुईवटाको भारतसँग एग्रिमेन्ट हुने तर्खरमा पुगेको छ । मलाई लाग्छ, मोडालिटी पनि तयार भयो होला । त्यसकारण यो पनि एउटा राम्रै दिशामा गयो जस्तो लाग्छ । यसमा ‘प्राइभेट टु प्राइभेट’ गर्न सक्यौं भने अझ राम्रो हुन्छ । यो मेरो पनि उच्च प्राथमिकता नै हो ।

    दोस्रो प्राथमिकता : बंगलादेशसँग व्यापार विस्तार

    बंगलादेशसँग शुरुमा उहाँहरुले नै भन्नुहुन्थ्यो, ट्रान्समिसन लाइनमा ‘स्पेयर क्यापासिटी’ छँदै छैन । पछि बंगलादेशले नै यो ४० मेगावाट पत्ता लगाएर ४० भन्ने ‘म्याजिकल नम्बर’ आयो । यो पनि इण्डियाले ठीक छ, हामी बीबीआईएन र बिमस्टेक फ्रेमवर्कभित्र छौं, यस कारणले हाम्रो तर्फबाट आपत्ति छैन भन्यो ।

    श्रीलंकाका राजदूतले पनि हामी तिमीहरुको ऊर्जा किन्न चाहन्छौं भनेका छन् । क्लिन इनर्जीको कुरा गर्दाखेरि हाम्रोभन्दा भारतको अलिकति महंगो, भारतभन्दा बंगलादेशमा अलि महंगो र बंगलादेश भन्दा श्रीलंकामा महंगो रहेछ ।

    जे भए पनि यो एउटा राम्रो सुरुवात हो । अब हामीले तीनदेखि ५ वर्षमा के–के गर्ने भनेर यसमा सबैले जोड दिनुपर्छ ।

    तेस्रो प्राथमिकता  : क्वारेन्टाइन

    मैले भारतीयहरुसँग शुरुदेखि नै किचकिच गरिरहेको विषय हो यो । यो पनि एउटा संयोग नै भन्नुपर्‍यो, काठमाडौंको ल्याब र बिरानगरको ल्याब दुबै चालु छन् । काठमाडौंको त पहिल्यै हो, अहिले बिराटनरगरको ल्याब पनि सञ्चालन भएको छ ।
    बिराटनगरको ल्याबमा चाहिँ समस्या के छ भने त्यहाँ स्टाफहरु जम्मा तीनजना मात्रै हुनुहुँदोरहेछ । मैले अर्थ मन्त्रालयमा कुरा गर्दा अर्थसचिवले के भन्नुभयो भने हामीले त बिल्डिङ खोज्न भनेर गएका थियौं, बिल्डिङ त ठूलो छ, तीनजना मात्रै स्टाफ त होइन होला । मैले भेरिफाई गर्दा के रहेछ भने १५ जना प्रशासनिक स्टाफ, तीनजना टेक्निकल स्टाफ । मूल्यांकन गर्ने बेलामा प्रशासनतर्फका स्टाफहरुको अर्थ हुँदैन, टेक्निकल स्टाफको मात्रै अर्थ हुन्छ । त्यसकारण त्यहाँ अलिकति संख्या थप्नु पर्ने छ । हुन त नेपालको प्रशासनबाट नम्बर थपिने भनेको त अर्को तीन वर्ष लाग्छ । तर, अन्तबाट प्राविधिक लगेर पनि त्यसलाई सक्रिय बनाउने समझदारी भएको छ ।

    अब खाद्य उत्पादनहरु कुनै पनि दुईवटा ल्याबले मान्यता दिएपछि त्यो चाहिँ इण्डिया जान पाउँछ ।

    क्वारेन्टाइनमा केही नेगेटिभ लिस्ट पनि छ । अहिले १५ वटा ठाउँमा क्वारेन्टाइन जाँऋच हुन्छ । हामीले पनि एकदम सजिलो विधि अपनाएका छौं, भारतले पनि अलिकति खुकुलो नै गरेको छ । १५ वटा समानान्तर क्वारेन्टाइन अफिसहरुबाट क्वारेन्टाइनको काम हुन्छ । चार ठाउँमा नेपालले थप अफिसहरु माग गरिराखेको छ । भारतले त्यहाँको भोल्यूम र सम्भाव्यता हेरेर सहयोग गर्छु भनेको छ ।

    क्वारेन्टाइनसँग सम्बन्धित र खाद्य उत्पादनसँग सम्बन्धित विषय पनि प्राथमिकतामा थिए । मलाई लाग्छ, यसको पनि अलिकति सम्वोधन भएको छ । यसमा हाम्रोतर्फबाट पनि केही कामहरु गर्नुपर्ने आवश्यकता देखेको छु । तर, मुख्यकुरा के हो भने क्वारेन्टाइन र खाद्य उत्पादनसम्बन्धी जाँच गर्ने कार्यालयहरु दुबैतर्फ चालु हुनुपर्‍यो ।

    चौथो प्राथमिकता : औद्योगिक उत्पादन

    अहिले औद्योगिक उत्पादनको अचानक के आयो भने चाइनाबाट आउने झण्डै ७३२ वटा प्रोडक्टहरु इण्डियाको बीआइएस (ब्यूरो अफ इण्डियन स्टाण्डर्ड) ले प्रतिबन्धित गरेको अवस्था छ । यसले गर्दाखेरि हामीलाई पनि असर पर्‍यो । भियतनामदेखि लिएर अरु धेरै देशहरुलाई पनि असर परिरहेको छ । यो पनि हाम्रो छलफलको विषय हो ।

    नेपाल स्टाण्डर्ड (एनएस) मा त उद्योग मन्त्रालय यसो हेर्दाखेरि तयारै देखिन्छ । तर, एनएस र बीआईएसका बीचमा एमओयू छ । त्यसलाई हामीले साकार बनाउनुपर्‍यो । त्यो कसरी हुन सक्छ भने जसरी बिराटनगरको ल्याब साकार भयो । त्यो भनेको भारतमा जाने उत्पादनहरुको मापदण्ड त्यहाँ जाँच हुन सक्छ कि सक्दैन, नसकेमा अपग्रेड गर्ने । यसरी बिराटनगरलाई उनीहरुले नै अपग्रेड गरिदिएको हुनाले त्यसले मान्यता पनि पायो । त्यसैले हाम्रो एनएसलाई पनि कुन कुन मापदण्डहरु जाँच गर्नुपर्ने हो, त्यो हेरेर अलि विस्तारित गर्नुपर्‍यो । कर्मचारी, मेसिनरी वा ल्याब छैनन् भने थप्नुपर्‍यो । हामीले सक्दैनौं भने टेक्निकल सपोर्ट लिनुपर्‍यो । यसो गर्न सकियो भने मलाई लाग्छ सजिलो होला । अबको बाटो यही होला भन्ने मलाई लाग्छ ।

    पाँचौं प्राथमिकता : क्रस बोर्डर डिजिटल पेमेन्ट

    मेरो अर्को एजेण्डा के थियो भने नेपाल भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट । यो चाहिँ संयोगबस अलि छिटै कार्यान्वयन भयो ।

    आजको दिनमा काठमाडौंमा मात्रै दैनिक करिब ६० लाख भारतीय रुपैयाँ ट्रान्जिक्सन हुँदोरहेछ । यो हिसाबले त झण्डै दिनको एक करोड रुपैयाँ भारतसँग नेपालको कारोबार हुँदोरहेछ ।

    सबैजनाले के भन्नुहुन्छ भने पाँचसय रुपैयाँको नोट चलेन । त्यो पाँचसय रुपैयाँ चलाऊ भनेर हामीले इण्डियालाई कतिञ्जेल कराइरहने ? २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन पाइँदैन भन्ने छ । त्यसैले अनौपचारिक रुपमा अहिले क्रस बोर्डर डिजिटल पेमेन्टलाई अगाडि लिएर जाऔं र बैंकमा खाता खोल्न सजिलो गराऔं भनिएको हो ।

    अहिले कुनै पनि नेपालीले बैंकमा खाता छ भने दुई लाख रुपैयाँसम्म नेपाल पठाउन सक्छ । खाता छैन भने ५० हजार रुपैयाँसम्म बैंकमा गएर आाफ्नो परिवारका नाममा उसले बैंकमार्फत् पठाउन सक्छ । अधार कार्ड लिएर गर्ने इत्यादि कुराहरु त छँदैछ ।

    अब यसमा दुईवटा बाँकी छन् ।

    जसरी इण्डियनले यहाँ नेपालमा सजिलै खाता खोल्न पाउँछन्, नेपालीले पनि भारतमा दूताबासको सिफारिसमा खाता खोल्न पाउने एग्रिमेन्ट भएको छ । तर, कार्यान्वयन चाहिँ भएको छैन । त्यसलाई कार्यान्वयन गरियो भने त्यहाँका कामदारलाई पनि एकदमै सजिलो हुन्छ ।

    अर्को, मोबाइलदेखि मोबाइलमा ट्रान्सफर गर्ने चाहिँ अझै भएको छैन । यसको सबै पूर्वाधार बनिसक्यो तर यसलाई हाई लेभलको भिजिटमा गरौं भनेर अनौपचारिक सहमति भएको छ । किनभने, यो इण्डियाको पनि प्राथमिकतामा रहेको प्रोजेक्ट हो ।

    यसका लागि त साँच्चै भन्ने हो भने भारतको सहसचिव नेपाल आएर, राष्ट्र बैंकमा बसेर, गफ गरेर । त्यो भन्दा पहिले मैले एनपीसीआईको मान्छेलाई मैले मुम्बईदेखि दिल्लीमा डाकेर कन्भिन्स गरेपछि उनले हाम्रो सरकारले मान्यो भने म तयार छु भने । त्यसपछि भारत सरकारलाई मनाएपछि उनीहरुले नै यहाँ नेपाल राष्ट्र बैंकमा आएर हाम्रो प्रधानमन्त्री जाँदा प्रपोजल बनाएर लिएर गएको हो । मेरो प्राथमिकताको यो काम बाँकी छ । अरु धेरै कामहरु छन् ।

    (नेपाल–भारत दुईपक्षीय सम्बन्धबारे इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबको संयुक्त आयोजनामा सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. शंकर शर्माले प्रस्तुत गर्नुभएको मन्तन्यको सम्पादित अंश )

    Post Views: 233
    प्रकाशित मिति: २०८१ मंसिर ७, शुक्रबार ०९:५८
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने
    ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
    कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    • २. ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर

    • ३. कुटनीतिक नियोगमा गैर कुटनीतिक कर्मचारी पठाउन मुख्य सचिवको आदेशः परराष्ट्र मन्त्रालय अन्योलमा !

    • ४. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ३. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ४. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ५. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.