• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सरकार र एनआरएनको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्न सक्ने

  •  
  • २०८१ मंसिर ८, शनिबार ०८:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकार र गैर आवासीय नेपाली (एनआरएन) को संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले सेयर जारी गर्न सक्ने भएको छ।

    धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा गरेको आठौं संशोधनले यस्तो व्यवस्था गरेको हो।

    तर, यस्तो सेयरमा अन्य  सर्वसाधारणले भने आवदेन दिन र दोस्रो बजारमा किनबेच गर्न पाउने छैनन्। यस्तो सेयर गैरआवासीय नेपालीको लागि मात्र निष्कासन हुनेछ।

    यस्तो कम्पनीले जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयर जारी गर्न पाउँछन्। संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले प्रिमियम थप गरी सेयर निष्कासन गर्न सक्ने छैन।

    सेयर निष्कासन गर्नुपूर्व सेयर बोर्डमा दर्ता गर्नु पर्नेछ। दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ। सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ।  आवेदकहरूले न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी आवेदन दिन सक्नेछन्।

    आवेदकको धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न आस्बा अनुमति प्राप्त कुनै बैंक तथा वित्तीय संस्थामा गैर आवासीय नेपालीको नेपाली रूपैयाँमा रकम रहने गरी बैंक खाता हुनुपर्नेछ।

    आवेदकले आवेदन दिँदा विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैर आवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ।  कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन।

    विदेशी लगानी तथा रकम फिर्ता सम्बन्धी विशेष व्यवस्था निष्कासित सेयरमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन परेमा त्यस्तो निष्कासन प्रक्रिया रद्द हुनेछ।

    ५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न सक्नेछन्। त्यसरी सेयरधनीले खरिद नगरेमा प्रचलित कम्पनी ऐन बमोजिम पुँजी संरचनामा हेरफेर गरी सेयर पुँजी समायोजन गर्नुपर्नेछ।

    गैर आवासीय नेपालीले खोल्ने खातामा प्रचलित कानुन अनुसार प्राप्त हुने विदेशी मुद्रा, विनिमय दर लगायतका राष्ट्र बैंकले तोकेबमोजिमका विवरण सम्बन्धित आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गरी राख्नुपर्नेछ।

    Post Views: 140
    प्रकाशित मिति: २०८१ मंसिर ८, शनिबार ०८:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.