• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी विश्वविधालयमा किन बढ्दैछ विश्वभरबाट विधार्थी ? अमेरिकामा सबैभन्दा धेरै पढिने विषयहरु कुन कुन हुन ?

  •  
  • २०८१ मंसिर १९, बुधबार ०५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    बर्षेनी अमेरिकामा अध्ययन गर्ने विधार्थीको संख्या बढी रहेको छ । त्यसका कारणहरु प्रष्ट छन की संसारभर अमेरिकी शिक्षा व्यवहारिक रुपमा प्रयोगात्मक र उपयोगी रहेका छन । साथै प्रशस्त आय आर्जन गर्न मद्दत पुगेको बताईन्छ । जसको कारण संसारभरबाट विधार्थीहरु अमेरिका पढ्न जान आफ्नो सपना बनाउँछन । त्यसका पनि अमेरिकामा सबैभन्दा बढी अध्ययनका तीन सबैभन्दा लोकप्रिय क्षेत्रहरू गणित, कम्प्युटर विज्ञान, ईन्जिनियरिङ्, र व्यापार र व्यवस्थापन हुन् । अमेरिकामा पढ्न आउने विधार्थीहरु यी नै विषयमा अध्ययन गर्न बढी आएका छन । प्रशासन जस्तोसुकै भए पनि, विगत ७५ वर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिकाले स्वागत बढाउँदै लगेको कारण विधार्थी सख्या बढेको हो ।

    अमेरिकामा लगभग ४ हजार कलेज र विश्वविद्यालयहरू रहेका छन । अमेरिकामा विश्वको सबैभन्दा नवीन प्रयोगशालाहरूमा पहुँच गर्ने क्षमता र शैक्षिक स्वतन्त्रताको आधारमा संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि शीर्ष गन्तव्य बनेको हो । विश्वकै उत्कृष्ठ प्रयोगशालाबाट उत्कष्ठ अनुसन्धानहरु भएका छन ।
    विश्वव्यापी रूपमा विधार्थीहरु एक देशबाट अर्को देशमा गएर पढ्ने क्रम बढ्दै गएको छ । यस दशकको अन्त्यसम्ममा ६ दशमलव ९ मिलियन बाट १० मिलियन भन्दा बढि विधार्थीहरु विश्वका विभिन्न देशमा पढ्न गएको अनुमान गरिएको छ ।

    विगत तीन वर्षको वृद्धि दर पनि १९२० यता देशले रेकर्ड गरेको सबैभन्दा उच्च दर हो । ७५ वर्ष पहिले, १९४९ मा, अमेरिकाले सार्वजनिक रूपमा डेटा संकलन गर्न थालेको देखिन्छ । जसलाई १९७३ देखि अमेरिकी विदेश विभागले कुन देशको विधार्थी कति छ भन्दै वर्गिकरण गर्न थालेको हो ।हालैको एक सर्भेषण हेर्दा ३६ प्रतिशत अमेरिकीहरू उच्च शिक्षामा धेरै वा धेरै विश्वास गर्छन्, ३४ प्रतिशत केही आत्मविश्वास छन्, र ३२ % थोरै छन् । हरेक क्षेत्र र सामाजिक पृष्ठभूमिका विद्यार्थीहरूलाई स्वागत गर्ने यो क्षमता वा इतिहास अरू कुनै देशसँग छैन । अमेरिकी कलेज र विश्वविद्यालयहरूको पनि आफ्नै विदेश नीति छ ।

    अमेरिकी वाणिज्य विभागको अनुमान अनुसार, यी विद्यार्थीहरूले ट्युसन शुल्क, घर भाडा, र खाना र आकस्मिक खर्चहरू तिरेर स्थानीय अर्थतन्त्रमा करिब ४५ बिलियन योगदान दिएका छन । तर तिनीहरू कुल विश्वव्यापी जनसंख्याको १६ % मात्र हुन् । अर्को ४१ % क्यानाडा र यूके सहित परम्परागत होस्ट देशहरूमा स्कूल जान्छन्, जहाँ अमेरिकाले प्रतिस्पर्धा गर्छ ।

    अन्तर्राष्ट्रिय शिक्षाले अमेरिकामा अध्ययन गर्ने विद्यार्थी र विद्वानहरूदेखि लिएर विदेशमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीहरू र संयुक्त राज्य अमेरिकामा हुने ४५ बिलियनभन्दा बढीको आर्थिक प्रभाव र अन्तर–सांस्कृतिक दुवैबाट लाभान्वित हुने अमेरिकी जनतासम्म सबैलाई फाइदा हुन्छ ।

    संसारभरबाट ११ लाख २६ हजार भन्दा बढी अन्तारष्ट्रिय विधार्थी अमेरिकी कलेजहरुमा विश्वभरीबाट आउँदा रहेछन । साथै १५ हजार जति विधार्थी अनलाईनको माध्यमबाट अध्ययन गरिरहेको ओपन डोर्स रिर्पोटमा उल्लेख छ । २०२३ र २४ शैक्षिक वर्षमा अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि पहलो नम्बरको गन्तव्य बनेको छ । ओपन डोर्सले सार्वजनिक गरेको एक तथ्यांकमा विश्व बजारमा अन्तर्राष्ट्रिय विधार्थीहरु जाने देशहरु अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया, जर्मनी, न्यूजिल्याण्ड आदी हुन । भुगोलमा ठुला भए पनि भारत , चिन र रुसमा धेरै विधार्थीहरु पढ्न जाने सख्या न्यून रहेको छ । त्यसको मुख्य असर शिक्षा नीति नै हो र त्यो शिक्षा कत्तिको वइवहारिक छ भन्ने कुरा पनि हुन्छ । विश्वभर चलायमान हुने विधार्थीहरुको ८० प्रतिशत यी देशले किफायत गर्दछ ।

    विश्व अर्थतन्त्रमा दोश्रो स्थानमा रहेको चिन भए पनि अन्तर्राष्ट्रिय विधार्थी कम हुन्छन । अष्ट्रेलिया, बेलायत र क्यानडाले कडाई गरेपछि त्यो लय अमेरिकी बजारका अन्तराष्ट्र्रिय विधार्थी खनिएको हुन । अन्तर्राष्ट्रिय विधार्थीका कारण मात्रै ३ लाख ६६ हजार अमेरिकनले नयाँ रोजगारी पाउँछन । विश्वका २ सय २७ देश वा कन्टीनेन्टबाट अमेरिका अध्ययनका लागि विधार्थीहरु आउने गरेका छन । जसमा ७० प्रतिशत एसियाबाट रहेको अनुसन्धानमा उल्लेख छ ।गत वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशत वृद्धि हुँदा हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूका अध्ययन गरिरहेका छन । नेपाली विद्यार्थीहरू हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेको हो ।

    Post Views: 317
    प्रकाशित मिति: २०८१ मंसिर १९, बुधबार ०५:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !
    परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • २. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ३. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    • ४. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ५. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.