• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

मातृभुमिको समृद्धिका लागि जापानमा विज्ञहरुबीच अनुभव साटासाट

  •  
  • २०८१ मंसिर २०, बिहीबार ०४:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    शैक्षिक तथा व्यावसायिक क्षेत्रमा उच्च अहोदामा कार्यरत जापानवासी नेपाली विज्ञहरूको एक कार्यक्रम “नेपाल र नेपालीको समृद्धिका लागि अनुभव साटासाट“ कार्यक्रम सम्पन्न भएको छ । डिसेम्बर १ तारिख, आइतबार, टोकियोस्थित एशियाली विकास बैंक इन्स्टिट्युटको सभाहलमा आयोजित कार्यक्रममा नेपाली प्राध्यापक, चिकित्सक, इन्जिनियर, अर्थशास्त्री, समाजशास्त्री तथा विभिन्न विधामा स्नातकोत्तर र विद्यावारिधिको अध्ययन गर्ने विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो ।

    कार्यक्रमका प्रमुख अतिथिका रुपमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्दै, यस्ता कार्यक्रमहरूले जापानवासी नेपाली विज्ञहरूलाई एकजुट गर्ने मात्र नभई नेपालका समस्याहरू र सरकारका नीतिहरूका बारेमा तथ्यगत अनुसन्धान गर्न र तिनको समाधानतर्फ ध्यानाकर्षण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका नेपाली विद्वानहरूको ठूलो संख्यालाई संगठित गर्न एकीकृत औपचारिक संस्था गठन गरी सशक्त रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नेपाली राजदूतावासले सन् २०२५ मा ‘नेपाल विकास सम्मेलन’ आयोजना गर्ने योजना रहेको जानकारी गराउँदै, सो सम्मेलनलाई सफल बनाउन विद्वत वर्गको सक्रिय योगदानको आह्वान गर्नुभयो ।

    कार्यक्रममा एडिबीआइका भाइस चेयर अफ रिसर्च डा. दिल बहादुर राउतले नेपाली डायस्पोरा विश्वका प्रमुख विश्वविद्यालयहरूमा उच्च ओहोदामा कार्यरत रहेको उदाहरणहरूको चर्चा गर्दै नेपालका स्थापित शैक्षिक संस्थाहरूले ती उच्च क्षमताका नेपाली जनशक्ति उत्पादन गर्न सक्षम रहेकोमा प्रशंसा गर्नुभयो । उहाँले नेपालीहरूले जहाँ भए पनि नेपालसँग जोडिएर रहन, एकअर्कालाई सहयोग गर्न, नेपालका भाषासंस्कृतिहरूको प्रवर्द्धन गर्न र उच्च कोटीका नेपाली मानव पूँजीको विकासमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमलाई दुई खण्डमा संचालन गरिएको थियो। पहिलो खण्डको सञ्चालन एडिबीआइका कन्सल्टेन्ट–इकोनोमिस्ट डा. प्रदीप पन्थीले गर्नुभएको थियो । यस खण्डमा जापानको नेसनल इन्स्टिट्युट अफ इन्फर्मेसन एण्ड कम्यूनिकेसन टेक्नोलोजीका रिसर्च म्यानेजर डा. वेद प्रसाद काफ्ले, टोक्यो सिटी युनिभर्सिटीका डिन तथा अनुसन्धान प्राध्यापक डा. होम बहादुर रिजाल, टोक्यो युनिभर्सिटीका सह–प्राध्यापक डा. दिपेश खरेल र योकोहामा नेशनल युनिभर्सिटीका प्राध्यापक डा. नागेन्द्र श्रेष्ठले अनुसन्धान प्रतिष्ठान र विश्वविद्यालयहरूमा उच्च पदमा पुग्न र व्यवसायिक सफलता प्राप्त गर्नका लागि आवश्यक योग्यता, भाषा ज्ञान, काममा समर्पण र योजनाबद्धताका बारेमा छलफल गर्नुभयो। यस खण्डमा जापानवासी आप्रवासी नेपालीहरूको अवस्थाबारे पनि विचार विमर्श गरिएको थियो ।

    दोस्रो खण्डको सञ्चालन रिसर्च मेनेजर डा. वेद प्रसाद काफ्लेले गर्नुभयो, जहाँ समूहगत छलफलको आयोजना गरिएको थियो । विभिन्न विधाका दश जना वक्ताले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो। चिकित्सक डा. संदीप शाक्य र डा. संतोष श्रेष्ठले प्रवासी नेपालीहरूको स्वास्थ्य अवस्था र समस्याबारे चर्चा गर्नुभयो। डा. दिनेश मानन्धरले जापानले हालै शुरु गरेको त्तश्क्क् नेभिगेशन प्रणालीको नेपालमा सम्भावित प्रयोगका बारेमा र डा. जीत सापकोटाले जापानमा नेपाली डायस्पोराको आर्थिक र समाजिक पक्षका बारेमा विचार प्रस्तुत गर्नुभएको थियो ।

    त्यस्तै गरि, चण्डी सुबेदीले सूचनाप्रविधिको आधुनिक विकास र नेपाली विज्ञहरू बीच नेटवर्किङको आवश्यकता बारेमा धारणा राख्नुभयो । डा. अच्युत सापकोटा र डा. प्रदीप खत्रीले नेपाली नव–पुस्तालाई विश्वविद्यालयको शिक्षा प्राप्त गर्न आवश्यक जानकारी प्रदान गर्ने विषयमा आ–आफ्नो विचार राख्नुभयो। डा. नमिता महर्जनले जापानमा नवप्रवर्तन र प्राविधिक सीप विकासको शिक्षा प्रदान गर्ने प्राविधिक कलेजहरू (कोसेन) नेपालमा स्थापना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    केओ विश्वविद्यालयकी पीएचडी स्कलर नमिता पौडेलले जापान र नेपालका नेपाली विज्ञहरूको सहकार्यमा नेपालमा विभिन्न प्रोजेक्ट कार्यान्वयन गर्न सकिने सम्भावनाबारे विचार प्रस्तुत गर्नुभयो। ब्म्द्यक्ष् का कन्सल्टेन्ट–इकोनोमिस्ट डा. राजा राजेन्द्र तिमल्सिनाले ’नेपाली बियोन्ड द बोर्डर’ भन्ने व्यापक दृष्टिकोण राख्दै संसारभरि छरिएका नेपालीहरूले मिलेर उच्च कोटीको मानव पूँजीको माध्यमबाट नेपालको समग्र विकासमा योगदान पुर्याउन सक्ने सुझाव दिनुभयो । समूहगत छलफलमा सहभागी अन्य विज्ञ र विद्यार्थीहरूले जापानवासी नेपालीहरूको शिक्षा, स्वास्थ्य, आर्थिक र समाजिक समस्याहरू पहिचान गरी ती समस्याहरूको समाधानका लागि प्रत्येक क्षेत्रबाट योगदान पुर्याउन सकिने धारण व्यक्त गरिएको थियो ।

    Post Views: 202
    प्रकाशित मिति: २०८१ मंसिर २०, बिहीबार ०४:१६
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.