• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कुटनीतिक सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री डा‍ देउवाको दौडधुप युरोपियन युनियनका उच्च अधिकारीसंग भेट

  •  
  • २०८१ मंसिर २८, शुक्रबार ०६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ।

    बेल्जियमको ब्रसेल्समा आज भएको सो भेटका अवसरमा नेपाल–युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्‍याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको थियो।

    नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उहाँहरूबिच कुराकानी भएको थियो। नेपाल र युरोपियन युनियनबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

    नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा राणाले यस क्षेत्रमा युरोपियन युनियनले नेपाललाई प्रदान गर्दै आएको सहयोगको सराहना गर्नुभयो। युरोपियन युनियन नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रमा युनियनले पुराउँदै आएको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गर्नुभयो।

    त्यस अवसरमा परराष्ट्रमन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले केही दिनमात्र अघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभएको थियो।

    मन्त्री डा. राणाले कमिसनर ओपकेलाई नेपालमा परेको जलवायु परिवर्तनको असर तथा पछिल्ला वर्षहरूमा यसबाट नेपालले व्यहोर्नुपरिरहेको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा युरोपियन युनियनसँग सहयोगको अपिल पनि गर्नुभएको थियो।

    त्यसैगरी मन्त्री डा. राणाले युरोपेली आकाशमा नेपाली वायुसेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि कमिसनर ओपकेलाई आग्रह गर्नुभएको थियो। यसका कारण नेपालबाट सीधा उडान हुन नसक्दा नेपाली नागरिकलाई युरोप आवातजावतमा समस्या पर्न गएकोप्रति उहाँले युरोपियन युनियनको ध्यानाकर्षण गराउनुभएको थियो। रासस

    Post Views: 192
    प्रकाशित मिति: २०८१ मंसिर २८, शुक्रबार ०६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.