• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार !

  •  
  • २०८१ पुष ५, शुक्रबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रगति ढकाल/रासस

     

    काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो ।

    चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले अब चुरे जोगाउन र त्यसबाट आर्थिक उपार्जन गर्न विभिन्न बिरूवा रोप्ने योजना बनाएको छ । समितिले उक्त योजनाको प्रथामिकतामा चिउरी, बाँस, विभिन्न जातका फलफूलका बिरूवा रोप्ने योजना रहेको बताएको छ ।

    तर चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका बिरूवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ संस्था नै लगानी नगर्ने भन्दै फर्किसकेका छन् । समिति यतिबेला बाँस रोप्न नयाँ दातृ निकायको पर्खाइमा छ । चुरेमा बाँस रोप्न आवश्यक वित्त सहयोग उपलब्ध गराउन इच्छुक देखिएका दातृ निकाय लामो समयसम्म पनि सहमति पाउन नसकेपछि फर्किएका थिए ।

    समितिले वन तथा वातावरण मन्त्रालयबाट समयमा नै सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता लगेका छन् । समितिका अनुसार बाँस रोप्न रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार रहेको थियो । तर लामो समयसम्म सहमति पाउन नसकेको भन्दै अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जानकारी गराएको छ ।

    समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे क्षेत्रमा पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिए । उनका अनुसार एसियाली विकास बैंक (एडिबी)सँग चुरेमा बाँस रोप्न ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ । चुरेमा बाँस रोप्नका लागि नै कसरत गरेको समितिले दाता नपाएका बेलामा अझै चुरेमा चिउरीका बिरूवा रोप्न पनि दाता खोजिरहेको छ ।

    समितिका अध्यक्ष डा. पौडेलले चुरेमा ५० लाख हाराहारीमा चिउरीका बिरूवा रोप्न पौने तीन अर्ब बराबर लागत लाग्ने बताए । ‘वन समृद्धिको आधार भने पनि अहिलेसम्म हाम्रो वनजङ्गललाई आर्थिक समृद्धिको आधार बनाउन सकिएको छैन’, उनले भने, ‘आर्थिक समृद्धिका लागि कृषि वनलाई प्राथमिकता दिएर अगाडि बढाउनु आवश्यक छ, वातावरणीय र आर्थिक सुधारका लागि चिउरी उपयुक्त वनस्पति रहेको छ ।’

    यद्यपि चुरे संरक्षणकर्ताहरू भने चुरेमा चिउरी रोप्न वैदेशिक दातृ निकायको खोजी हुनुको पनि अलोचना गर्छन् । चुरे संरक्षण अभियन्ता विनोद भट्टले चुरे संरक्षणलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखिएकाले चिउरी तथा अन्य बोटबिरूवा रोप्न आन्तरिक स्रोत नै जुटाउनुपर्नेमा जोड दिए । ‘चुरेमा चिउरी रोप्दा हरियाली बढ्छ, आर्थिक वृद्धि हुन्छ । यो योजनाको स्वागत गर्छु’, उनले भने, ‘तर चिउरी रोप्न पनि दाताकै भर पर्नुपर्ने कुरामा मेरो समर्थन छैन । हामी जहिले पनि दाताको भर पर्नुहुन्न । आन्तरिक स्रोत नै जुटाउने तयारी गर्नुपर्छ ।’

    चिउरी उत्पादन उद्योगमुखी बनाउन सकेमा निजी क्षेत्रको समेत लगानी बढ्ने भन्दै उनले निजी लगानी आकर्षण गर्न उपयुक्त हुने सुझाव दिए । जनता तथा स्थानीय तहको सहभागिता बढाएर चिउरी रोप्न सकिने उनको भनाइ छ । ‘जहिले पनि दाताकै भर परेर हुँदैन । सरकारको खर्च गर्न सक्ने आन्तरिक क्षमता बढाउनुपर्छ । बरू अनावश्यक रूपमा गरिएका विकास खर्च कटौती गरेर चुरे संरक्षणमा लगानी बढाउन सकिन्छ’, उनले भने

    चुरेमा चिउरी रोप्दा वातावरणीय लाभ

    समितिका अध्यक्ष डा. पौडेलले चुरे क्षेत्र नेपालको पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील रहेको र चुरेमा तीव्र वन विनाश, माटो कटान, भूक्षय, बाढीपहिरो, खानेपानी अभावजस्ता प्राकृतिक विपद्को चपेटामा रहेको बताए । ‘चुरेमा वातावरणीय संरक्षण बढाउन नसके चुरेमा अझै भयानक विपद् निम्तन सक्छ, यसकारण ‘चुरेको माटो चुरेलाई’ भन्ने नारा कार्यन्वयन गर्न बोटबिरूवा रौप्नैपर्छ’, उनले भने, ‘चिउरीको पर्यावरणीय तथा आर्थिक महत्त्व रहेका कारण चुरे क्षेत्रको सदुपयोग गर्दै चिउरीखेती गर्नु उपयुक्त हुन्छ ।’

    अध्यक्ष पौडेलका अनुसार चिउरीको जरा बलियो हुने भएकाले माटो समात्ने क्षमता उच्च हुने हुँदा भूक्षयको डर न्यून रहन्छ । चुरेमा चिउरीका बिरूवा राप्न सकेमा वातावरणीय सन्तुलन कायम राख्न, जलस्रोत संरक्षण गर्न र स्थानीय समुदायलाई आर्थिक लाभ पुर्याउन ठूलो योगदान पुर्याउन सक्छ । ‘यसका लागि सरकार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य गरी चिउरीका बिरूवा रोप्ने र आवश्यक संरक्षण योजना अघि बढाइने छ’, उनले भने ।

    अध्यक्ष पौडेलले चुरे क्षेत्रमा चिउरीका बिरूवा रोप्नका लागि आन्तरिक रूपमा आर्थिक स्रोतको अभाव भएपछि दाता खोजिएको बताए । चुरे संरक्षणका लागि आवश्यक पर्ने लागत अभाव रहेको भन्दै उाले वार्षिक बजेट बढाउनुपर्नेमा समेत जोड दिए।

    आर्थिक आर्यआर्जन वृद्धि 

    समितिका बोर्ड सदस्य डा. सुस्मिता ढकालले चुरेमा चिउरीको बिरूवा रोप्दा वातावरण संरक्षण मात्र नभई यसबाट समुदायको आर्थिक आयआर्जनमा सुधार, रोजगारी वृद्धिमा सहयोग पुग्ने भएकाले चिउरीजस्ता बिरूवा उत्पादन गर्न उपयुक्त रहेको बताइन् ।

    ‘चिउरीबाट चुरेमा हरियाली बढाउन, वायुमण्डलको हावा शुद्ध पार्न तथा जलवायु परिर्वतन न्यूनीकरण तथा अनुकूलनमा सहयोग गर्छ’, उनले भनिन्, ‘विभिन्न प्रजातिका जनावरको बासस्थानको सुरक्षा प्रदान गर्दै जैविक विविधता जोगाउन र स्थानीय समुदायलाई रोजगारी र आयका अवसर सृजना गर्दछ ।

    ढकालका अनुसार चिउरीका फूलबाट मौरीपालन गर्न सकिने, फल खान र घिउसमेत बनाउन सकिने भएकाले किसानको जीवनस्तर सुधार्न सहज हुने छ । चिउरीले पशुपक्षी र अन्य वन्यजन्तुको आहारका रूपमा काम गर्छ, जसले जैविक विविधताको संरक्षणलाई प्रोत्साहन गर्ने छ ।

    भूक्षय नियन्त्रण 

    चुरेमा चिउरीका बिरूवा रोप्न सकेमा चुरे क्षेत्रमा बढिरहेको भूक्षया नियन्त्रण हुने बताउँछन् भूगर्वविद् डा. सुवोध ढकाल । ‘चुरे संवेदनशील भएकाले भूक्षय हुने, माटो बगेर जाने खतरा छ । बोटबिरूवाले माटोलाई समातेर राख्नाले चुरेमा हुन सक्ने क्षयीकरण नियन्त्रण गर्न सहयोग पुग्छ’, उनले भने, ‘यसले पानीको स्रोत संरक्षण तथा जमिनमा पानीको ‘रिचार्ज’ गराएर राख्ने हुनाले खानेपानीको अभाव न्यून गर्नुका साथै माटो बचाएर राख्छ । तर कुनकुन स्थानमा चिउरी रोप्न उपयुक्त हुन्छ विस्तृत अध्ययन भने आवश्यक छ ।’

    समितिका अध्यक्ष पौडेलका अनुसार चिउरी रोपणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । चुरे क्षेत्रमा रोपण गर्दा गहिरो खाडल खनी बिरूवा लगाउनुपर्छ र यसको हेरचाहमा ध्यान दिनुपर्छ ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ पुष ५, शुक्रबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.