• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हसिनालाई फिर्ता पठाउन भारतलाई बंगलादेशको कूटनीतिक नोट

  •  
  • २०८१ पुष ९, मंगलवार ०९:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री सेख हसिनालाई ढाका फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । गत अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि ७७ वर्षीया हसिना भागेर भारत पुगेकी थिइन् । भारत पलायन भएसँगै उनको १६ वर्ष लामो शासन अन्त्य भएको थियो । अगस्ट ५ देखि उनले भारतमा निर्वासित जीवन बिताइरहेकी छिन् ।

    हसिनालाई स्वदेश फर्काउन भारत सरकारलाई ‘नोट भर्बेल’मार्फत अनुरोध गरिएको बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले बताए । ‘हामीले सेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ,’ हुसेनले भने । हप्तौँको विरोध र झडपपछि अगस्ट ५ मा भएको निर्णायक अन्दोलनले हसिनालाई अपदस्थ गरेको थियो । आन्दोलनमा ६ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । उनी भारत भागेपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

    यसअघि डिसेम्बर ९ मा सेख हसिनाले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको दाबी गरेकी थिइन् ।

    युनाइटेड किङडम अबामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको बताएकी थिइन् ।
    ‘सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्युत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भनेका छन् । उनी मास्टरमाइन्ड थिए,’ हसिनाले दाबी गरिन् ।

    उनले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘तानाशाही’ भन्दै बंगलादेशी जनतालाई अधिकारबाट ‘वञ्चित’ गरिएको आरोप लगाएकी थिइन् । ‘आज बंगलादेश कठिन समयबाट गुज्रिरहेको छ । तानाशाही सरकारअन्तर्गत बंगलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बंगलादेश जलिरहेको छ. । बंगलादेश नष्ट भइरहेको छ,’ उनले भनेकी थिइन् । अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यर्पणको प्रभावबारे चिन्तित छन् ।

    यसैबिच सरकारले हसिना र उनको परिवारमाथि पाँच अर्ब डलर घोटालाको अनुसन्धान सुरु गरेको छ । रुस समर्थित आणविक ऊर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाबारे उनी र उनको परिवारमाथि अनुसन्धान सुरु भएको भ्रष्टाचारविरोधी आयोगले सोमबार जनाएको हो ।

    हसिनाका साथै उनका छोरा सजीव वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुन्धानको दायरामा परेका छन् । सिद्दिक बेलायती सांसद र सरकारीमन्त्री छिन् । हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले अनुसन्धान गर्न माग गर्दै उच्च अदालतमा रिट हालेका छन् । ‘हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ,’ हजाजले भने ।

    Post Views: 172
    प्रकाशित मिति: २०८१ पुष ९, मंगलवार ०९:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.