• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

हमासको मुक्त गर्ने ३४ बन्दी सुचिमा छैनन् विपिन

  •  
  • २०८१ पुष २३, मंगलवार ०६:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

    समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन् । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् ।

    इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन् ।

    सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन् । त्यसबाहेक यसअघि हमासले ‘मृत्यु भइसकेको’ भनेका केही बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । उनीहरू सबै इजरायलकै नागरिक हुन् ।

    आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ ।

    सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरेली सेनाले जनाएको थियो ।

    नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । विपिनका दाजु किशोरले पनि भिडियोमा देखिएका व्यक्ति आफ्नो भाइ नै रहेको बताएका थिए ।

    विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताए पनि उनको अवस्था अझै थाहा हुन सकेको छैन ।

    एक महिनाअघि मात्रै राजदूत नियुक्त भएर इजरायलको राजधानी तेलअभिभ पुगेका पण्डित नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको गाजा नजिकैको शहर किबुत्ज अलुमिम पुगेर घटनाक्रमबारे जानकारी लिएका थिए ।

    हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए ।

    गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरुप कतारमा लगातार वार्ता चलिरहेको छ । वार्ताको क्रममा आफ्नो कब्जामा रहेका ३४ बन्धकलाई रिहा गर्न हमास तयार भएको खबर पनि आएको छ ।

    Post Views: 154
    प्रकाशित मिति: २०८१ पुष २३, मंगलवार ०६:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.