• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एनआरएनएले दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन थाइल्याण्डमा गर्ने

  •  
  • २०८१ पुष २९, सोमबार ०५:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दोस्रो अन्तर्राष्ट्रिय युवा (पिएनओज) सम्मेलन थाइल्याण्डमा गर्ने भएको छ।  नेपालबाट युवाहरू विदेश पलायन भइरहँदा देशमा सक्रिय जनसंख्या पातलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले यस्तो सम्मेलन गर्न बैंककमा गर्न लागेको जनाएको छ।

    ‘यस्तो अवस्थामा विदेशमा रहेका युवा अनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई पनि अपनत्व महसुस गराई मातृभूमिसँग जोड्नु वर्तमान अपरिहार्यता भइसकेको छ। अर्कोतर्फ दोस्रो विश्वयुद्धपछि बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिजी र मोरिसस जस्ता देशहरूमा सातौँ लाख नेपाली मूलका युवा पहिचानको खोजी गर्दै नेपालको समृद्धिमा पुस्तौँदेखि जोडिन खोज्दैछन्। यसरी विदेशमा बस्दै आएका नेपाली मुलका लाखौँ नेपालीले पनि नेपाली हुनुको गर्व गर्दै पहिचान माग्दै आएको वर्तमान अवस्था छ जसलाई हामी नेपाली मूलका नेपाली (पिपुल अफ नेपाली अरिजिन– पिएनओज) भन्छौं,’ एनआरएनएले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    “इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर ” भन्ने मूल नाराका साथ युवा सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलन थाइल्याण्डको बैंककमा १५ –१६ मार्च २०२५ मा आयोजना गरिनेछ। नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको एनआरएनले जनाएको छ।

    सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने अपेक्षा लिइएको छ। त्यस्तै १८–१९ मार्च २०२५ मा कम्बोडियामा १० औं एसिया-प्यासिफिक क्षेत्रीय सम्मेलन हुने भएको छ। जसबाट समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओजका माग लगायत विषयमा छलफल गरिनेछ।

    Post Views: 161
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार ०५:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.