• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा अध्ययनरत ६ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा खारेज

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ३, मंगलवार ०६:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपतिमा निर्वार्चित भएपछिको पछिल्लो ६ महिनामा अमेरिकी स्टेट डिपार्टमेन्टले अमेरिकी कानुन उल्लंघन र भिसाको अवधि नाघेर बसेको आरोपमा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा खारेज गरेको छ । स्टेट डिपार्टमेन्टका अनुसार, भिसा खारेज गरिएकामध्ये “धेरैजसो“ विद्यार्थीहरू आक्रमण, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, डकैती, र “आतंकवादको समर्थन“ गरिएको आरोप वा गतिविधिमा संलग्न रहेको जनाइएको छ ।

    यो कदम ट्रम्प प्रशासनको आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा भइरहेको कडाइ अभियानको निरन्तरताको क्रममा भएको उल्ल्ेख छ । स्टेट डिपार्टमेन्टका अनुसार, खारेज गरिएका ६ हजार विद्यार्थी भिसामध्ये करिब ४ हजार भिसा अमेरिकी कानून उल्लंघन गर्नेहरूमाथि कारबाही स्वरूप खारेज गरिएको उल्लेख छ । साथै, २०० देखि ३०० भिसा अमेरिकाको आप्रवासन ऐन अन्तर्गत, “आतंकवादी गतिविधि“ मा संलग्न रहेको भन्दै खारेज गरिएको छ । यस धारणाले मानवीय जीवनमा खतरा पु¥याउने वा अमेरिकी कानून उल्लंघन गर्ने कार्यलाई आतंकवादको रूपमा परिभाषित गरिएको छ ।

    यस वर्षको सुरुमा ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा अपॉइन्टमेन्टहरू रोकिएको घोषणा गरेको थियो । जुन महिनामा प्रक्रिया पुनः सुरु गर्दा, सबै नयाँ भिसा आवेदकहरूलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने नियम लागू गरिएको छ । त्यसैको आधारमा भिषा दिने विभिन्न सार्वजनिक सुचनाका आधारमा बताइएको छ ।
    अमेरिकी अधिकारीहरूले अब आवेदकहरूको प्रोफाइलबाट अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा मूल सिद्धान्तप्रति वैमनस्यता राख्ने कुनै संकेत भेटिए भिषा नदिने बताउँदै आएको छ । विधाथीहरुले आफ्नो सामाजिक सन्जालहरु लक नगर्न पनि सुचना जारी गरेका छन ।साथै, विदेशी आतंकी संगठनहरूको समर्थन गर्ने, राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने, वा अवैधानिक यहूदी विरोधी दुव्र्यवहार गर्नेहरूलाई पनि पहिचान गर्न निर्देशन दिइएको छ ।

    विदेशमन्त्री मार्को रुबियोले मे महिनामा अमेरिकी सांसदहरूलाई जानकारी दिँदै भनेका थिए कि जनवरीयता “हजारौं“ विद्यार्थी भिसा रद्द गरिएको छ । उनले भने, “अहिलेसम्म कति भिसा खारेज गरियो भन्ने ठीक पत्ता छैन, तर अझै धेरै गर्न बाँकी छ ।“ रुबियोका अनुसार, अमेरिकी उच्च शिक्षण संस्थानहरूमा अवरोध पु¥याउने अतिथिहरूको भिसा निरन्तर खारेज गरिनेछ ।

    तर डेमोक्र्याट नेताहरूले भने यो कदमलाई “न्यायिक प्रक्रिया माथिको आक्रमण“ भन्दै विरोध गरेका छन् । उनीहरूको भनाइमा, यो कदमले निर्दोष विद्यार्थीहरूलाई पनि असर पार्न सक्छ ।
    विदेशी विद्यार्थीहरूको तथ्यांक सङ्कलन गर्ने संस्थान ओपन डोरर्सका अनुसार, २०२३–२४ शैक्षिक सत्रमा २१० भन्दा बढी देशका १.१ मिलियन भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेज तथा विश्वविद्यालयहरूमा भर्ना भएका थिए । तर पछिल्ला भिसा नीतिहरू र कडाइका कारण, धेरै विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयमा आवेदन दिन डर मानिरहेको बताइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा अध्ययनरत चिनियाँ विद्यार्थीहरूको भिसा “आक्रामक रूपमा“ खारेज गर्ने घोषणा गरेको थियो थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको वक्तव्यमा भने, यो कदम विशेषगरी “चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बद्ध“ रहेका वा “संवेदनशील क्षेत्रहरूमा अध्ययन गरिरहेका“ विद्यार्थीहरूलाई लक्षित गर्नेछ । यो निर्णय चीन र अमेरिकाबीचको चिसिंदो सम्बन्धको पृष्ठभूमिमा आएको बताइएको छ । गत वर्ष अमेरिका भित्र २ लाख ८० हजार चिनियाँ विद्यार्थीहरू अमेरिका अध्ययन गर्न आएका थिए । यद्यपि, नयाँ कदमबाट कति विद्यार्थीहरू प्रभावित हुनेछन् भन्ने स्पष्ट भई सकेको छैन । विदेशमन्त्रि रुबियोका अनुसार, “संवेदनशील प्रविधि, राष्ट्रिय सुरक्षा र बौद्धिक सम्पत्तिसँग जोडिएका क्षेत्रहरूमा अध्ययन गर्नेहरू विशेष निगरानीमा रहनेछन् ।“ रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई चिनियाँ विद्यार्थीहरूको भिसा अपॉइन्टमेन्टहरू कडाई गर्न सोसियल मिडिया स्क्रिनिङलाई थप कडाइ गर्ने आदेश दिएका थिए । श्रोत बीबीसी अंग्रजीबाट ।

    Post Views: 400
    प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०६:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.