• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा भएको आगजनी : एक योजनाबद्ध र संगठित अभियान !

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २७, सोमबार २०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    हाना बिच, सजल प्रधान(न्यूयोर्क टाइम्स)

    नेपालका कैयन प्रतिकात्मक धरोहरहरू एकै दिनमा आगोको लप्कोमा विलीन भए।

    गत सेप्टेम्बर ९ मा नेपालमा भएको आगजनी हमलाले सयौं सरकारी भवनहरू एकसाथ ध्वस्त भए। उक्त आगजनीमा परेर ऐतिहासिक दरबारदेखि लिएर सर्वाेच्च अदालत, प्रमुख मन्त्रालय र स्थानीय वडा कार्यालय, राजनीतिक उच्च वर्गसँग सम्बन्धित व्यवसाय र विद्यालयहरू समेत जले। यो क्रममा हालका र पूर्व राजनीतिज्ञको आवासीय घरहरू निशानामा परे।

    सेप्टेम्बर ८ मा काठमाडौंमा सुरक्षा बलले भ्रष्टाचारविरोधी १९ प्रदर्शनकारीमाथि गोली चलाएपछि दोस्रो दिन यो आगजनी भएको थियो। हत्याको विरोधमा क्रुद्ध युवा प्रदर्शनकारीले बदला लिन देशभर आगो लगाएको प्रारम्भिक तर्क गरिएको थियो।

    तर न्यूयोर्क टाइम्सले दर्जनौं प्रत्यक्षदर्शी, आन्दोलनका सहभागी र आगो विशेषज्ञहरूसँगका गरेको अन्तर्वार्ता तस्बिर तथा भिडियोहरूको विश्लेषण र क्षतिग्रस्त स्थानहरूको स्थल अवलोकनले यो सबै घट्नाक्रम सहज र आकस्मिक प्रतिक्रिया मात्र नभै ‘एक योजनाबद्ध र संगठित अभियान’ थियो भन्ने देखाएको छ।

    सेप्टेम्बर ८ को गोलीकाण्डको केही घण्टामै नेपालका भ्रष्टाचार र राजनीतिक सञ्जालसँग जोडिएका व्यक्तिको व्यक्तिगत विवरण समावेश भएको ‘रेडी–टु–यूज’  सूची अनलाइनमा देखा पर्न थालिसकेको थियो।

    भोलिपल्ट दिउँसो, तीनै व्यक्तिहरूका घरहरू आगोमा जले। नेपालको कार्यपालिका, विधायिका र न्यायपालिका— अधिकांश शाखा समेत जले। विनाशको स्तर यस्तो भयानक थियो मानौँ केही घण्टामा सयौं हवाई आक्रमण भएको थियो

    ‘यति छोटो समयमा यति धेरै भवनहरूमा आगो लाग्नु बिना राम्रो संगठनात्मक तयारी सम्भव हुँदैन,’ एन्ड्रयु मूर एन्ड एसोसिएट्सका वरिष्ठ आगो अनुसन्धानकर्ता रिचर्ड ह्यागर भन्छन्। उनका अनुसार यस्तो कार्यका लागि हप्ता होइन, महिनौंको तयारी चाहिन्छ।

    त्यो दिन संसद वरिपरि दङ्गा नियन्त्रण प्रहरी तैनाथ थिए तर अन्य सरकारी क्षेत्रहरूमा भीडलाई रोक्न कोही सुरक्षाकर्मी थिएनन्। घटनाका विषयमा जानकार चार जनासँग भएको कुराकानीले के देखाएको छ भने नेपाली सैनिकलाई सडकमा नदेखिन र हस्तक्षेप नगर्न आदेश दिइएको थियो। घटनाको बारेमा बोल्न आफूहरूलाई अनुमति नभएको र बदलामा कारबाही हुने डरले ती जानकार, अन्य प्रत्यक्षदर्शी र सरकारी अधिकारीहरू नाम नबताउने शर्तमा यस्तो जानकारी दिएका हुन्।

    सेप्टेम्बर ९ को अराजकतापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। सरकार ढल्यो। नेपालको प्रशासनिक संयन्त्र जल्यो। काठमाडौं र वरिपरिका क्षेत्रमा मात्रै ११० भन्दा बढी प्रहरी कार्यालयमा आगजनी भएको प्रहरी प्रवक्ताले जनाएका छन्।

    एक मन्त्रीका अनुसार क्षति र व्यावसायिक नोक्सानीको गणना हुँदैछ, तर प्रारम्भिक अनुमानले यो नोक्सानी नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाइभन्दा बढी हुनसक्ने देखाएको छ।

    आगोको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक परीक्षण, प्रत्यक्षदर्शीका बयान र भवनहरूको अनुसन्धान आवश्यक पर्छ। तर सामान्यतया यस्तो मामिला हेर्ने प्रयोगशालालाई अहिलेसम्म कुनै निर्देशन दिएको छैन। यो आधिकारिक निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो या होइन भन्ने विषय अझैे स्पष्ट छैन। तर हरेक बित्दा दिनसँगै, नेपालको सरकारी भवन कसले जलायो, कसरी जलायो र किन जलायो भन्ने कुरा वैज्ञानिक ढंगले पत्ता लगाउने सम्भावना झन् कमजोर हुँदै गएको छ।

    ‘हामीलाई अहिलेसम्म परीक्षणका लागि केही पनि पठाइएको छैन। अब त सम्भावित प्रमाण नष्ट भइसकेको होला। यति  धेरै आगजनी हेर्दा पूर्वनियोजित योजना लाग्छ, तर प्रमाण छैनन,’ नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय फरेन्सिक (विधिविज्ञान) प्रयोगशालाका शाखा प्रमुख पवन ढुंगाना भन्छन्।

    प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले प्रदर्शनकारीमाथिको अत्यधिक बल प्रयोग र सामूहिक आगजनको अनुसन्धान गर्न छानबिन आयोग गठन गरेको छ। तर अर्को फरेन्सिक प्रहरी अधिकृतका अनुसार नेपालका अदालतको ढिलासुस्तीका कारण यस्ता घटनाको कुनै ठोस नतिजा आउन सात वर्षसम्म लाग्न सक्छ। नेपालका व्यावसायिक र व्यापारिक महासंघहरूले लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न छिटो कदम चाल्न आग्रह गरेका छन्।

    सेप्टेम्बर ९ मा प्रदर्शनकारीको भीड संसदबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारसम्म दुई घण्टाभित्र पुगेको थियो। भीड पुगेको आधा घण्टामै सिंहदरबारको मुख्य भवनमा धुवाँ निस्कन थालेको थियो।

    सामान्य काठ र फर्निचर जल्दा निस्कने आगोको लप्को भन्दा यो फरक थियो। आगो विशेषज्ञहरूका अनुसार घट्नामा विशेष रासायनिक उत्प्रेरक प्रयोग गरिएको हुनसक्छ- जसले ‘फायर पाथ’ बनाउन सहयोग गर्छ।

    ‘फोटोहरू हेर्दा सोडियम वा म्याग्नेसियमजस्ता रसायन प्रयोग भएको जस्तो देखिन्छ। तर परीक्षण नगरी केही भन्न सकिँदैन,’ ढुगाना भन्छन्।

    यी पदार्थहरू विशेष नियन्त्रणमा राखिने रसायन हुन् र सामान्य हिसाबले मट्टीतेल किनेझै बजारमा सजिलै खरिद गर्न पाइँदैन। साथै,  ठूला भवनहरू पूर्ण रूपमा जलाउन ठूलो मात्रामा यस्ता रसायन आवश्यक पर्छ।

    यसैगरी, कसैले भवनभित्र आगो फैलिन अनुकूल वातावरण बनाएको जस्तो पनि देखिन्छ। उदाहरणका लागि  सामान्यतया बन्द हुने भवनका माथिल्ला झ्यालहरू त्यो दिन खुला थिए। यसले हावाको प्रभाह(भेन्टिलेसन) बढाएर आगो फैलिन सजिलो बनाएको थियो।

    ‘यी भवनको आकार, क्षतिको स्तर, र आगोको तीव्रता हेर्दा यो संगठित षड्यन्त्रजस्तो देखिन्छ,’ सिगापुरस्थित फायर साइन्स फरेन्सिक्सका प्रमुख परामर्शदाता केनेथ की भन्छन्।

    ‘अब प्रश्न उठ्छ- यी रासायनिक पदार्थहरू भवनभित्र कसरी पुगे? के भित्रका व्यक्तिले सहयोग गरे? त्यतिबेला सुरक्षा कर्मचारीहरू कहाँ थिए?’ उनी थप्छन्।

    काठमाडौंदेखि देशभरका अन्यत्र स्थानमा भीडले अनलाइन सूचीअनुसार काम गरेका थिए।  निशानामा नेपाली कांग्रेस, माओवादी र अन्य कम्युनिष्ट पार्टी(एमाले)का  तीन शीर्ष नेताका घर थिए। त्यसो त, कतिपय ठाउँमा गलत ठेगानाले निर्दाेशको घर पनि जलेका थिए।

    प्रत्यक्षदर्शी र सहभागीहरूको भनाइ अनुसार आगजनी गर्ने यी समूहसँग इन्धनका कन्टेनर, कपडाले बेरिएका बोतल, लठ्ठी, बन्दुक र खुकुरी थिए।

    आगजनीमा सहभागी तीन जना युवाका अनुसार उनीहरू सिफ्टमा काम गरिरहेका थिए र आफूले नचिनेको केही पाको उमेरका व्यक्तिहरूले उनीहरूलाई पेट्रोल बम बाँडिरहेका थिए।

    तीमध्ये दुई जनाले आक्रमणका बेला खिचिएको भिडियोहरू साझा गरेका थिए। लक्षित घरहरूमध्ये एकको नजिकै बस्ने छिमेकीका अनुसार करिब ३० वर्ष उमेरका केही पुरुषको समूहले ग्यासको सिलिन्डरका सामग्री निकालिरहेका थिए।

    जब आगोको झिल्का माथि घरमाथि पुग्यो, तीमध्ये एक जनाले भने  ‘यसको अर्थ हामीलाई अब पैसा मिल्ने भयो’। उनीहरूबिच भएको यो कुराकानी आफूले  सुनेको ती  छिमेकीहरूले बताए।

    त्यसो त, नेपालको राजनीतिमा आगजनी कुनै नयाँ कुरा होइन।

    माओवादीको १० वर्षे विद्रोहका बेला पनि उनीहरूले राज्यका प्रतीकहरूमा आगो लगाउने र बम राख्ने काम गरेका थिए। सन् २००६ मा जनयुद्ध सकिए पनि पनि जानीबुझी आगजनीका घट्ना घटेका थिए। यसैगरी, सन् २०१९मा माओवादीबाट छुट्टिएको एक कम्युनिस्ट घटकले भ्रष्टाचारको विरोधका नाममा देशभरका दर्जनौं टेलिफोन टावरमा आगो लगाएको स्वीकार गरेको थियो।

    तर यस पटक देशका तीन प्रमुख दल कुनै पनि बचेनन्। आन्दोलनको निशानबाट बचेका चौथो र पाँचौँ दलका नेताहरू थिए। ती मध्ये सेप्टेम्बर ९ मा जेलबाट बाहिरिने एक नेता थिए भने राजतन्त्र समर्थक दलका अर्का एक नेता थिए।

    यसैगरी, आन्दोलनका क्रममा सर्वोच्च अदालतका करिब ६० हजार मुद्दाका फाइलहरू पनि जलेकाछन्, ती मध्ये कतिपयलाई ‘फायर प्रुफ बक्स’मा राखिएको अदालतका एक कर्मचारीले बताए। भ्रष्टाचार निवारण विषय हेर्ने अदालतमा त भीडले कुन कक्षमा कुन कागज छ भनेर चिच्याउँदै खोजी गरेको दुई वकिलले बताएकाछन्।

    अन्य सहरका व्यवसायीहरूका अनुसार आगजनी गर्ने व्यक्तिले एउटा तलालाई छोडेर अर्को तलामा आगो लगाएका थिए। लगाइएको आगो आपसमा जोडिन सकोस् भन्ने उद्देश्यले अपनाइएको यो रणनीति संगठित आक्रमणको सङ्केत हुन सक्ने अग्नि–विशेषज्ञहरूको भनाइ छ।

    केन्द्रीय प्रहरी फरेन्सिक प्रयोगशालामाथि समेत पेट्रोल बम फ्याँक्ने समूहले घेराबन्दी गरेको थियो। तर आगो बल्न सकेन र प्रयोगशाला क्षतिग्रस्त भएन।

    ‘हामी सबैलाई यो कसले गर्यो भनेर थाहा पाउन मन छ,’ ढुगानाले भने, ‘तर यस्तो लाग्छ, जस्तो हामीले कहिल्यै पत्ता लगाउन सक्ने छैनौ। ’

    (न्यूयोर्क टाइम्सबाट साभार)

    लेखक हाना बीच न्यूयोर्क टाइम्सकी पत्रकार हुन्। उनले २५ वर्षभन्दा बढी समयदेखि एशिया क्षेत्रमा रिपोर्टिङ गर्दै आएकी छन्। उनी गहिरा अनुसन्धानात्मक विषयहरूमा केन्द्रित रहन्छिन्।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ आश्विन २७, सोमबार २०:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्ति ‘पार्टटाइम’ शिक्षक पाहुना बनेर होटलमै बसेको खुलासा
    ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दुत गोर आज नेपाल जाँदै

    • २. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • ३. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ४. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ५. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.