• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ६, बुधबार ०६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अफगानिस्तानको घोर प्रान्तको राजधानी चाघचारानमा बिहान उज्यालो फैलिनासाथ सयौँ पुरुषहरू धुलाम्मे चोकमा जम्मा हुन्छन्। उनीहरू सडकछेउमा उभिनुको उद्देश्य कसैले कुनै काम दिन आउला भन्ने आशामा पर्खिनु हो। त्यहाँ पाउने कामले त्यो दिन उनीहरूको परिवारले खाना खान पाउँछन् कि पाउँदैनन् तय हुन्छ।

    तर त्यो भीडमा काम पाउने सम्भावना एकदमै थोरै मात्र हुन्छ। ४५ वर्षीय जुमा खानले पछिल्ला ६ हप्तामा जम्मा तीन दिन मात्रै काम पाए। त्यसबापत उनलाई दिनको १५० देखि २०० अफगानी (करिब ३ सय ७० देखी करिब ५०० नेपाली रुपैयाँ) दिइयो।

    उनी भन्छन्, ‘मेरो बच्चाहरू लगातार तीन रात भोकै सुत्नुपर्‍यो। मेरी श्रीमती रोइरहेकी थिइन्, बच्चाहरू पनि रुँदै थिए। त्यसपछि मैले छिमेकीसँग पैसा सापटी मागेर पिठो किनेँ। मलाई सधैँ डर लाग्छ, कतै मेरा बच्चाहरू भोकले मर्ने त होइनन्?’

    उनको कथा कुनै अपवाद होइन, संयुक्त राष्ट्रसंघका अनुसार अहिले अफगानिस्तानमा चार जनामध्ये तीन जनाले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन्। बेरोजगारी व्यापक छ, स्वास्थ्य सेवा संकटमा छ, र पहिले लाखौँ मानिसलाई आधारभूत सहायता दिने मानवीय सहयोग अहिले निकै घटिसकेको छ।

    देश अहिले इतिहासकै भीषण भोकमरीको सामना गरिरहेको छ। अफगानिस्तानको कुल जनसंख्याको दश प्रतिशतभन्दा बढी अर्थात् ४७ लाख मानिस भोकमरीको एकदम नजिक पुगेका छन्।

    घोर प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। यहाँका मानिसहरू निराशा र विवशताले थिचिएका छन्। ‘मलाई फोन आयो- मेरो बच्चाहरूले दुई दिनदेखि केही खाएका छैनन्,’  रबानी भन्छन्, ‘उनको आवाज भर्राएको (कापेको) थियो। मलाई आत्महत्या गरूँ जस्तो लाग्यो। तर फेरि सोचेँ, त्यसले मेरो परिवारलाई के फाइदा हुन्छ? त्यसैले म यहाँ काम खोज्दै आएको छु।’

    ख्वाजा अहमद त केही शब्द बोल्न नपाउँदै भक्कानिन्छन्। उनी भन्छन्, ‘हामी भोकले मरिरहेका छौँ। मेरा ठूला बच्चाहरू मरे। अहिले बाँकी परिवार पाल्न काम गर्नुपर्छ। तर म बुढो भएकाले कसैले काम दिन चाहँदैन,’ उनी भन्छन्।

    त्यहीबेला नजिकैको एउटा बेकरी खुल्छ। पसलेले भीडमा बाँकी बासी रोटी बाँड्न थाल्छ। केही सेकेन्डमै ती रोटीका टुक्रा चुँडिन्छन् र धेरै मानिसहरूले अमूल्य चीज पाएझैँ समात्छन्।

    अचानक फेरि अर्को धक्का-मुक्का हुन्छ। एउटा मोटरसाइकलमा आएको व्यक्तिले इँटा बोक्न एक जना मजदुर खोजिरहेको हुन्छ। दर्जनौँ पुरुषहरू उसतिर झुम्मिन्छन्।  करिब दुई घण्टा त्यहाँ रहँदा जम्मा तीन जनाले मात्रै काम पाए।

    नजिकैका गाउँहरू-नाङ्गा, खैरो डाँडामाथि छरिएका साना घरहरू, पछाडि सियाह कोह हिमालका हिउँले ढाकिएका चुचुराहरू छेउमा बेरोजगारीले पारेको विनाश स्पष्ट देखिन्छ।

    अब्दुल रशिद अजिमी हामीलाई आफ्नो घरभित्र लैजान्छन्। उनले आफ्ना सात वर्षे जुम्ल्याहा छोरीहरू रोकिया र रोहिलालाई बाहिर ल्याउँछन्। उनीहरूलाई अँगालो हालेर उनी आफ्ना पीडादायी निर्णयको कारण सुनाउन थाल्छन्।

    ‘म आफ्ना छोरीहरू बेच्न तयार छु,’ उनी रुँदै भन्छन्, ‘म गरिब छु, ऋणमा डुबेको छु र असहाय छु। म कामबाट घर फर्किन्छु। ओठ सुकेका, भोकाएका, तिर्खाएका र तनावले थिचिएका मेरा बच्चाहरू भन्छन्– बाबा, रोटी देऊ। तर म के दिऊँ? काम कहाँ छ?’

    उनी रोहिलालाई च्यापेर चुम्बन गर्छन् र रुँदै भन्छन्, ‘मेरो मुटु फुट्छ, तर अरू बच्चाहरूलाई बचाउन यही मात्रै उपाय देख्छु।’

    उनकी श्रीमती कैहान भन्छिन्, ‘हामीसँग खानलाई तातोपानीमा डुबाएको रोटी मात्रै हुन्छ, चिया पनि हुँदैन।’

    उनका दुई किशोर छोरा बजारमा जुत्ता पालिस गर्छन्। अर्को छोरा फोहोर संकलन गर्छ, जसलाई कैहान खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्छिन्।

    सईद अहमद भन्छन्, ‘उनले त आफ्नो पाँच वर्षीया छोरी शाइका पहिले नै बेचिसकेका छन्। उनलाई एपेन्डिसाइटिस र कलेजोमा सिस्ट भएको थियो। उपचारको पैसा थिएन। त्यसैले मैले आफ्नै छोरी आफन्तलाई बेचेँ।’

    शाइकाको शल्यक्रिया सफल भयो। त्यसका लागि लागेको खर्च उनले छोरी बेचेर पाएको दुई लाख अफगानी (करिब ३,२०० डलर) बाट जुटाएका थिए।

    ‘यदि मैले त्यतिबेलै सबै पैसा लिएको भए, उसले मेरी छोरी लगे हुने थियो,’  सईद भन्छन्, ‘त्यसैले मैले भनेँ, अहिले उपचारका लागि चाहिने पैसा मात्रै देऊ, बाँकी पाँच वर्षभित्र देऊ, अनि त्यसपछि छोरीलाई लैजानू।’

    शाइकाले आफ्नो सानो हात बुवाको घाँटीमा बेर्छिन्। उनीहरूबीचको गहिरो माया स्पष्ट देखिन्छ। तर पाँच वर्षपछि उनलाई आफन्तको घर जानुपर्ने छ। ‘यदि मसँग पैसा हुन्थ्यो भने म यस्तो निर्णय कहिल्यै लिने थिइनँ,’ सईद भन्छन्।

    सईद थप्छन्, ‘तर मैले सोचेँ, यदि उपचार नपाएर ऊ मरी भने? कम्तीमा यसरी भए पनि उनी बाँच्ने छिन्।’

    केही वर्षअघिसम्म सईदजस्ता लाखौँ अफगानीहरूले खाद्य सहायता पाउँथे, पीठो, खाने तेल, दाल र बालबालिकाका लागि पोषण सामग्री।

    तर पछिल्ला वर्षहरूमा मानवीय सहयोगमा भारी कटौती भएपछि अधिकांश मानिस यो जीवनरक्षक सहायताबाट वञ्चित भएका छन्। एक समय अफगानिस्तानको सबैभन्दा ठूलो दाता रहेको अमेरिकाले गत वर्ष लगभग सबै सहायता बन्द गर्‍यो। बेलायतसहित अन्य दातृ राष्ट्रहरूले पनि योगदान उल्लेखनीय रूपमा घटाएका छन्। संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार यस वर्ष अहिलेसम्म प्राप्त सहायता २०२५ को तुलनामा ७० प्रतिशतले कम छ।

    त्यसो त देशभर फैलिएको भीषण खडेरीले समस्या अझ बढाएको छ। ‘हामीलाई कसैले सहयोग गरेन न सरकार, न गैरसरकारी संस्था,’ गाउँले अब्दुल मलिक भन्छन्।

    सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले भने दोष अघिल्लो सरकारमाथि लगाउँछ। तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरत भन्छन्, ‘२० वर्षको विदेशी हस्तक्षेपका क्रममा अमेरिकी डलरको ठूलो प्रवाहका कारण कृत्रिम अर्थतन्त्र बनेको थियो। त्यो हस्तक्षेप अन्त्य भएपछि हामीले गरिबी, दुःख, बेरोजगारीजस्ता समस्या विरासतमा पायौँ।’

    तर महिलामाथि तालिबानले लगाएका प्रतिबन्धहरू पनि दातृ राष्ट्रहरू पछि हट्नुको मुख्य कारण मानिन्छ। तालिबान सरकारले भने मानवीय सहयोगलाई ‘राजनीतिकरण गर्नु नहुने’  बताउँदै आफू जिम्मेवार नभएको दाबी गरेको छ।

    फितरतले गरिबी घटाउन र रोजगारी सिर्जना गर्न पूर्वाधार तथा खानीसम्बन्धी ठूला परियोजनाहरू अघि बढाइएको पनि बताएका छन्। तर दीर्घकालीन परियोजनाले भविष्यमा केही राहत दिन सक्लान्, अहिले भने तत्काल सहयोग बिना लाखौँ मानिस बाँच्न नसक्ने अवस्था स्पष्ट छ।

    मोहमद हाशेमजस्ता मानिस त्यसको उदाहरण हुन्। केही साताअघि उनकी १४ महिनाकी छोरीको मृत्यु भयो। हाशेमले भने, ‘मेरो बच्चा भोक र औषधिको अभावले मरी। जब बच्चा बिरामी र भोकै हुन्छ, ऊ मर्ने नै हो।’

    स्थानीय एक ज्येष्ठ नागरिकका अनुसार पछिल्ला दुई वर्षमा विशेषगरी कुपोषणका कारण बालमृत्यु निकै बढेको छ। त्यहाँ औपचारिक अभिलेख नभए पनि चिहानहरूले धेरै कुरा बताउँछन्। साना र ठूला चिहान छुट्याएर हेर्दा साना चिहानको संख्या लगभग दोब्बर थियो। अर्थात् वयस्कभन्दा बालबालिकाको मृत्यु धेरै भइरहेको संकेत स्पष्ट देखिन्छ।

    चाघचारानको मुख्य प्रादेशिक अस्पतालमा पनि अवस्था भयावह छ। नवजात शिशु कक्ष सबैभन्दा व्यस्त छ। सबै बेड भरिएका छन्, कतिपयमा दुई-दुई बच्चा राखिएका छन्। अधिकांश कम तौलका छन् र धेरैजसो आफ्नै बलमा सास फेर्न संघर्ष गरिरहेका छन्।

    एक नर्सले दुई महिनाअगावै जन्मिएका जुम्ल्याहा बालिकालाई ल्याउँछिन्। एउटीको तौल २ किलो छ भने अर्कीको जम्मा १ किलो। दुवैको अवस्था गम्भीर छ र तुरुन्त अक्सिजनमा राखिन्छ।

    उनीहरूकी २२ वर्षीया आमा शकिला प्रसूति वार्डमा उपचाररत छिन्। जुम्ल्याहाकी हजुरआमा गुलबदन भन्छिन्,  ‘गर्भवती हुँदा उनले रोटी र चियाबाहेक केही खान पाइनन्। त्यसैले बच्चाहरू यस्तो अवस्थामा जन्मिए।’

    अस्पतालमा केही समयमै भारी तौल भएकी बच्चीको मृत्यु भयो नाम राख्न नपाउँदै। ‘डाक्टरहरूले बचाउने प्रयास गरे, तर ऊ बाँचिन,’ उनकी हजुरआमा भोलिपल्ट भन्छिन्, ‘मैले उनको सानो शरीर कपडामा बेरेर घर लगेँ। उनकी आमाले खबर सुन्नासाथ बेहोस भइन्।’

    बाँचिरहेकी अर्की बच्चीतर्फ हेर्दै गुलबदन भन्छिन्, ‘कम्तीमा यो बच्ची त बाँचोस्।’

    नर्स फातिमा हुसेनीका अनुसार कतिपय दिन तीनवटासम्म नवजात शिशुको मृत्यु हुन्छ। ‘सुरुमा बच्चाहरू मरेको देख्दा धेरै गाह्रो लाग्थ्यो। तर अहिले त यो लगभग सामान्यजस्तै भइसकेको छ,’  उनी भन्छिन्।

    नवजात कक्षका प्रमुख डा. मोहम्मद मोसा ओलदात भन्छन्, ‘मृत्युदर १० प्रतिशतसम्म पुग्ने गरेको छ, जुन स्वीकार्य होइन। तर गरिबीका कारण बिरामीको चाप दिनदिनै बढिरहेको छ। हामीसँग बच्चाहरूलाई राम्रोसँग उपचार गर्ने पर्याप्त स्रोत पनि छैन।’

    बाल सघन उपचार कक्षमा छ हप्ताको जमीर मेनिन्जाइटिस र निमोनियाबाट पीडित छ। दुवै रोग उपचारयोग्य भए पनि अस्पतालमा एमआरआई गर्ने उपकरण छैन।

    डाक्टरहरूले बताएको सबैभन्दा स्तब्ध पार्ने कुरा भनेको सरकारी अस्पतालमा अधिकांश बिरामीका लागि औषधि नै नभएको हो। परिवारहरूले बाहिरको फार्मेसीबाट औषधि किन्नुपर्छ।

    फातिमा भन्छिन्, ‘कहिलेकाहीँ धनी परिवारका बच्चाको औषधि बाँकी रह्यो भने हामी त्यो औषधि किनेर खान नसक्ने बच्चाहरूलाई प्रयोग गर्छौँ।’ पैसाको अभावले धेरै परिवारलाई कठोर निर्णय लिन बाध्य बनाएको छ।

    गुलबदनकी नातिनीको अवस्था केही सुधारिएको थियो। तौल अलिकति बढेको थियो र सास फेर्न पनि सहज भएको थियो। तर केही दिनपछि परिवारले उनलाई घर लग्यो। किनभने अस्पतालको खर्च धान्न सकिएन। बेबी जमीरलाई पनि उनका आमाबुबाले यही कारण घर लगे। अब ती साना शरीरहरूले बाँच्नका लागि एक्लै संघर्ष गर्नुपर्ने छ।

    –बीबीसीबाट

    Post Views: 17
    प्रकाशित मिति: २०८३ जेष्ठ ६, बुधबार ०६:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !
    अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !
    अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?
    Advertisement
    ताजा अपडेट
    • १. बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू

    • २. भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    चर्चित
    • १. प्रधानन्यायधिष नियूक्तिमा सरकारको अविवेकी निर्णय: स्वतन्त्र न्यायपालिकामाथिको चरम हस्तक्षेप

    • २. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ५. निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.