• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २९, शुक्रबार ०५:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लिस्बन। युरोपेली मुलुक पोर्चुगलमा पनि ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ। पोर्चुगलस्थित नेपाली दूतावासको आयोजनामा राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ ७३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको हो।

    सो अवसरमा बोल्दै पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेलले सगरमाथाका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको उपलब्धिको चर्चा गर्दै उक्त उपलब्धिलाई मानवजातिले प्रदर्शन गरेको साहस, सहनशीलता र दृढताको प्रतीकका रूपमा उल्लेख गरे। उनले हिमालय क्षेत्रको पर्यावरण संरक्षण गर्दै भावी पुस्ताका लागि यसको महत्व जोगाइराख्नुपर्नेमा जोड दिए।

    पोर्चुगिज पर्वतारोही ज्वाओ गार्सियाले सगरमाथासहितका हिमाल आरोहणको अनुभव सुनाउँदै नेपालीहरूको आतिथ्य सत्कारको प्रशंसा गरे। अतिरिक्त अक्सिजनको प्रयोग नगरी विश्वका १४ वटा सर्वोच्च हिमालको सफल आरोहण गरिसकेका छन्। सगरमाथा आरोही गार्सियालाई राजदूत पौडेलले ढाका टोपी, खादा र मायाको चिनोले सम्मान गरेका थिए।

    सो अवसरमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालको पर्वतारोहणको इतिहास तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियो। साथै, पोर्चुगलमा रहेका नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा पोर्चुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरू तथा नेपाली समुदायको सहभागिता रहेको दूतावासले जनाएको छ।

    Post Views: 12
    प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार ०५:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा
    मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने
    Advertisement
    ताजा अपडेट
    • १. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • २. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ३. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    • ४. मेटाको पहिलो एआई डाटा सेन्टर भारतमा खुल्ने

    • ५.  प्रिय भारतीय पर्यटक, संसार तपाईँको नृत्य गर्ने मञ्च होइन

    चर्चित
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • ३. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ४. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ५. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.