• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

  •  खबरमाला संवाददाता
  • २०८३ असार २३, मंगलवार ०२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल सरकार र एसियाली विकास बैंकबीच दुई विकास परियोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर ९करिब २५ अर्ब १७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। एडिबी अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो। नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र एडिबीका नेपालस्थित आवासीय निर्देशक आनो कुश्वाले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ११ करोड ५० लाख डलर एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनामा खर्च गरिनेछ भने ५० लाख डलर दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमअन्तर्गत भन्सार प्रक्रिया र लजिस्टिक्स सेवा आधुनिकीकरणका लागि बजेट सहायताका रूपमा परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।

    समारोहमा अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एडिबीको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे। एडिबी अध्यक्ष कान्डाले पनि नेपालसँगको ६ दशक लामो सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। हालसम्म एडिबीद्धारा नेपालका लागि ९ दशमलव ३ अर्ब डलरभन्दा बढीको विकास ऋण लिई सकेको छ । एसियाली विकास बैंक नेपालका सबैभन्दा ठूला बहुपक्षीय विकास साझेदारमध्ये एक बनेको छ। एडिबीका अनुसार सन् २०२४ को अन्त्यसम्म नेपालका लागि ५ वटा १९ वटा ऋण, अनुदान र प्राविधिक सहायता परियोजनामार्फत कुल ९ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता प्रतिबद्धता गरिएको जनाइएको छ ।

    सोमबार नेपाल सरकार र एडिबीबीच थप १६ करोड ५० लाख अमेरिकी डलर करिब २५ अर्ब १७ करोड रुपैयाँ बराबरका दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएसँगै नेपालप्रतिको एडिबीको कुल प्रतिबद्धता अझ बढेको छ। हाल एडिबीको नेपालमा ऊर्जा, सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, शहरी पूर्वाधार, जलवायु अनुकूलन तथा आर्थिक सुधारलगायत क्षेत्रमा अर्बौं डलरका परियोजनाहरू कार्यान्वयनमा छन्। एडिबीले आफूलाई नेपालको दीर्घकालीन विकास साझेदारका रूपमा प्रस्तुत गर्दै पूर्वाधार विकास, सेवा प्रवाह सुधार र दिगो आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैदेसिक सहायता लिनु हुन्न आफ्नै उत्पादन बढाउनु पर्दछ भन्ने बालेन सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट नै लिन थालेको बैदेसिक सहायता निरन्तर लिई रहेको छ ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ असार २३, मंगलवार ०२:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.