• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

  •  खबरमाला संवाददाता
  • २०८३ असार २६, शुक्रबार ०८:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद संयोजक थिर गुरुङका अनुसार आगामी २८ नोभेम्बर २०२६ (शनिबार) टोरेन्स परेड ग्राउन्ड, एडिलेडमा नेपाल फेस्टिभल आयोजना गरिने भएको हो। मिति र स्थान तय भएसँगै फेस्टिभलको स्थानीयस्तरमा तयारी सुरु भएको गुरुङले बताए।

    उनले फेस्टिभललाई नेपाली समुदायको उत्सवको रूपमा सफल बनाउन आग्रह गरे। गुरुङले नेपाल महोत्सव सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएकाले यसको तयारीलाई समुदायमै केन्द्रित गरिने जानकारी दिए। फेस्टिभलमा सांस्कृतिक कार्यक्रम, झाँकी र स्टलहरूको तयारी भइरहेको एनआरएनए साउथ अस्ट्रेलिया सहसंयोजक गणेश पराजुलीले बताए। फेस्टिभलमा सहभागी हुने समय मिलाउन उनले यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेका छन्। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव सुजन अधिकारीले नेपाल महोत्सव सफल बनाउन व्यक्तिगत रूपमा तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट आवश्यक सहयोग गर्न आफूहरू सधैं तयार रहेको बताए।

    एनआरएनए ओशियाना क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल महोत्सवलाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई अष्ट्रेलियाको मूलधार समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे।

    यसपटक नेपाल महोत्सव तालिकाभन्दा करिब छ महिना अगाडि आयोजना हुन लागेको हो। साउथ अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायका कार्यक्रममध्ये नेपाल महोत्सवलाई सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ। आयोजकका अनुसार नेपाल फेस्टिभल २०२६ मा नेपाली कला, संस्कृति, पर्यटन, नेपाली परिकार तथा विविध सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

    Post Views: 9
    प्रकाशित मिति: २०८३ असार २६, शुक्रबार ०८:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण
    विश्वकप फुटबलमा देखिएको विवाद र नयाँ विश्व च्याम्पियनको यात्रा
    Advertisement
    ताजा अपडेट
    • १. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • २. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ३. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    • ४. विश्वकप फुटबलमा देखिएको विवाद र नयाँ विश्व च्याम्पियनको यात्रा

    • ५. अमेरिकाको मेरिल्याण्ड राज्यबाट हाउस अफ डेलिगेट्सको प्राइमरीमा सतीश चापागाईं विजयी

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.