• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अगस्टमा चीन र आयरल्यान्डमा सम्मेलन, नागरिकता र लगानी मुख्य एजेन्डा

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण १२, मंगलवार ०३:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. हेमराज शर्माले गत मार्च महिनामा सम्पन्न बृहत् एकता महाधिवेशनको म्यान्डेटअनुसार आईसीसीलाई पूर्णता दिएको बताएका छन् ।

    सुरुमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको एकतालाई प्राथमिकतामा राखेर अघि बढेको संघले केही ढिलाइ भए पनि हाल अमेरिकासहित अधिकांश एनसीसीहरू एकतातर्फ अग्रसर भइसकेको पनि बताए । सामाजिक सञ्जालमार्फत शनिबार जानकारी गराउँदै आईसीसीको पूर्णता र एनसीसीहरूको समझदारीसँगै संघ अब आफ्ना प्रतिबद्धताहरू कार्यान्वयन गर्न पूर्ण समर्पणका साथ लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

    संघले आगामी अगस्ट महिनामा आयरल्यान्ड र चीनमा आयोजना हुने क्षेत्रीय सम्मेलनलाई मुख्य कार्यसूची बनाएको बताउँदै ती सम्मेलनहरू मार्फत गैरआवासीय नेपालीहरूको नागरिकताको निरन्तरता र नेपालमा सामूहिक लगानी भित्र्याउने जस्ता महत्त्वपूर्ण विषयमा राज्यलाई सकारात्मक दबाब दिने नीति संघले लिएको अध्यक्ष शर्माले उल्लेख गरे । संस्थालाई थप मर्यादित र समावेशी बनाउन यस पटक पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको मनोनयनमा नयाँ र कडा मापदण्ड लागू गरिएको उनले जनाए । उनले भने, ‘यस पटकको मनोनयनमा मुख्यतः दोस्रो पुस्ताका युवा, दक्ष विज्ञ र नयाँ अनुहारलाई विशेष प्राथमिकता दिइएको छ। संस्थामा दलगत राजनीतिको प्रभाव पर्न नदिन भ्रातृ संगठनका बहालवाला पदाधिकारीहरूलाई बाहिर राखिएको छ भने निष्पक्षताका लागि वर्तमान पदाधिकारीका निकटतम परिवारका सदस्यहरूलाई समेत समेटिएको छैन।’

    यसैगरी, विवाद तथा प्रहरी मुद्दामा परेका र संघलाई तिर्नुपर्ने बक्यौता रकम भुक्तानी नगरेका व्यक्तिहरूलाई मनोनयन सूचीमा समावेश गरिएको छैन। त्यस्तै नयाँ अनुहारलाई प्रवर्द्धन गर्ने नीतिअनुसार यसअघि मनोनित भइसकेका पुराना साथीहरूलाई नदोहोर्‍याइएको र बृहत् एकताको भावनाअनुसार सबै पक्षलाई समेट्ने प्रयास गरिएको अध्यक्ष शर्माले बताएका छन् ।

    अध्यक्ष शर्माका अनुसार सल्लाहकार समितिमा करिब ४० प्रतिशत विज्ञ तथा सामाजिक व्यक्तित्वहरू र ६० प्रतिशत संस्थामा लामो समय योगदान दिएका पुराना अभियन्ताहरूलाई स्थान दिइएको छ। त्यस्तै, मनोनित आईसीसी सदस्यहरूमा ५० प्रतिशत हिस्सा महिला, दोस्रो पुस्ताका युवा र विज्ञहरूलाई सुरक्षित गरिएको छ। संघको विधान, आईसीसीको ११५औँ बैठकको म्यान्डेट र वर्षौंदेखिको सांगठनिक अनुभवका आधारमा यो निर्णय लिइएको भए पनि कामको सिलसिलामा केही कमजोरी वा त्रुटि भएको खण्डमा त्यसलाई आवश्यकताअनुसार सुधार गर्ने ठाउँ अझै बाँकी रहेको पनि उनले स्पष्ट पारेका छन् ।

    विविध मापदण्ड र सन्तुलन मिलाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण संस्थामा उल्लेखनीय योगदान पुर्‍याएका केही योग्य साथीहरू यस पटक मनोनयनमा छुट्न गएको स्वीकार गर्दै अध्यक्ष शर्माले उहाँहरूलाई आगामी दिनमा संघका अन्य उपयुक्त र गरिमामय भूमिकाहरूमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार ०३:३६
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.