• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा योजना बनाएर जापानमा मानव तस्करी भएको खुलासा

  •  
  • २०८१ मंसिर २, आईतवार ०८:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं डेस्क, बिडम्बना नै मान्नु पर्दछ की कानुनमन्त्रि नै मानव तस्करी गरेर पैसा कमाउने बाटोमा लाग्दछ भने अरुको के कुरा गर्नू । अनि त्यस्ता भिआईपीहरुले नै विभिन्न बहानामा हुने विदेश भ्रमण वा सभा सेमिनारमा नक्कली मानिसहरु तयार गरेर विदेश पठाउँछन अनि रकम असुल्छन । पछिल्लो समय आन्तरिक तथा कानुनमन्त्रि लिला बल्लभ अधिकारी संलग्न जापानमा मानव तस्करीको नयाँ रहस्य पत्ता लागेको छ । छानवीनको क्रममा प्रहरीले मन्त्रीको संयोजनमा जापानमा मानव तस्करी गराउने गिरोहका नाइके अमेरिकामा रहेको खुलेको बताइएको छ । प्रहरी श्रोतका अनुसार उदयपुरका दिवाकर भट्टराई र उनका भाइ कृष्ण भट्टराईले योजना बनाएको र उनीहरूले जापानबाट निमन्त्रणासमेत मगाएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले अनुसन्धानमा भट्टराई दाजुभाइ फरार छनभने उनीहरूमध्ये दिवाकर अमेरिकामा बस्ने गरेको बताएका छन । अमेरिकाको कुन राज्य वा शहरमा बस्दछन खुलाएको छैन । प्रहरी श्रोतले भन्यो उनि कहाँ बस्दछन पत्ता लागेको छ तर अनुसन्धानको क्रममा भएकोले स्थान नखुलाएको हो ।

    प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र किर्ते कसुरअन्तर्गत निवर्तमान मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवा कालिका गापा– ५ का कञ्चन देवकोटाविरुद्ध अनुसन्धान गरिरहेको छ ।

    जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन ऐसस टु कल्चर २०२४’का बारे दिवाकरलाई जानकारी थियो । रजिस्ट्रेसन शुल्क तिरेपछि त्यहाँबाट निमन्त्रणा प्राप्त हुने भएकाले त्यही कार्यक्रमको आवरणमा मानव तस्करीको योजना बनेको बताईन्छ । त्यसका लागि सामान्य व्यक्तिलाई भिसा नलाग्न सक्ने भएकाले मन्त्री र उनका टिमका तीनजना बनाएर भिसा लगाइएको थियो । त्यहि क्रममा मन्त्रालयको नक्कली आईडि कार्ड पनि बनाएका थिए । भट्टराई दाजुभाइसँग चिनजानका धादिङका महेश पाण्डेले जापान जाने मानिसको खोजी गर्ने जिम्मा लिएका थिए । उनले एक व्यक्तिसँग १३ लाखसम्म लिइसकेको बताईन्छ । तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको टिकट तथा होटेल बुकिङको खर्च पनि उनै पाण्डेले गरेको प्रहरी अनुसन्धानबाट खुलेको अधिकारी बताउँछन ।

    भिसाका लागि कृष्णले सबै कागजपत्र तयार गरेका थिए । पाण्डे र मोरङका गोपाल भन्ने योगराज गौतम साथी रहेको देखिन्छ । गौतमले नै अधिकारीसँग सेटिङ मिलाएको प्रहरीको दावी छ । दूतावासलाई झुक्याउन सोही मन्त्रालयको नक्कली परिचयपत्र बनाइएको थियो । हाल सातजना पक्राउ परे पनि गिरोहका अन्य मुख्य तीन व्यक्ति फरार छन । भट्टराई दाजुभाइ र गौतम पक्राउ परेपछि यस प्रकरणमा थप विवरण खुल्दै गउका छन ।

    पछिल्लो समयमा यसरी हुने मानव तस्करी होस वा भ्रष्ट्राचारका मुद्दाहरुमा विदेशी भुमिमा नै योजना बन्ने र कारोबार पनि विदेशी भुमिमा नै हुने गरेको प्रहरीले पछिल्ला केहि घटनाहरुमा पत्ता लगाएका छन । त्यसो गर्दा प्रमाण नभेटिने र सजिलै पत्ता लगाउन नसक्ने भएकाले यसो हुन थालेको बताईन्छ । ति प्रहरी अधिकारीले भने आजकाल यसरी हुने अधिकाक्ष योजनाहरु सोसल मिडियाका प्लेटफर्महरु प्रयोग हुने गरेका छन । त्यसमा पनि सबै भन्दा बढी ह्टवासप रहेको अनुसन्धानमा भेटिएको छ ।

    Post Views: 201
    प्रकाशित मिति: २०८१ मंसिर २, आईतवार ०८:०८
    Advertisement
    संबन्धित शिर्षकहरु
    क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न
    भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !
    आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडाको ब्राम्पटनमा तेस्रो नेपाल फेस्टिबल–२०२६ सम्पन्न

    • २. भारतीय बाटो हुँदै रोहिंग्या, पाकिस्तानी र सोमालियाली शरणार्थी नेपाल प्रबेश, सुरक्षा चुनौति !

    • ३. आज हरिशयनी एकादशी, तुलसीको विरूवा सारिँदै

    • ४. भारतमा जेन्जी आन्दोलनपछि मोदी सरकारमाथि चुनौती

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    चर्चित
    • १. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • ४. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.