• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अष्ट्रेलियामा होमवर्क किनेकोे आरोपमा नेपाली विधार्थी एयरपोर्टबाटै डिर्पोट, एक बर्षमा ९ हजार ५ सय विधार्थीको भिषा रद्द !

  •  
  • २०८१ मंसिर ३, सोमबार २२:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विधार्थीलाई कडाई गर्ने क्रममा कलेजमा दिएको होमवर्क किनेको आरोपमा एक नेपाली विधार्थीलाई एयरपोर्टबाटै डिर्पोट गरेकोे समाचार छ । तिहारमा नेपाल गएर फर्केका ति नेपाली विधार्थी अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट यहि नोभेम्बर ९ तारिकका दिन फिर्ता गरिएको पुष्टि भएको छ । मास्टर अध्ययन गरिरहेका विधार्थी तिहारमा विदामा नेपालबाट अष्ट्रेलिया फर्किने क्रममा ती विधार्थीको मोवाईल जाँच गर्दा उनले कलेजमा दिइएको एसाईन्मेन्ट (होमवर्क) किनेर गर्ने गरेको प्रमाणित भएको बताइएको छ । दुई पटक गरेर ति विधार्थीले २ सय ७० र ९० अष्ट्रेलियन डलर तिरेर होमवर्क किनेकोे प्रमाणित भएको हो ।

    असाइनमेन्टहरू पूरा गर्न तेस्रो–पक्ष सेवाहरू, प्रायः अनलाइनबाट निश्चित रकम तिरेपछि गरिन्छ । यस्ता कार्यहरु विकसित देशहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूल्यिाण्ड, बेलायत जस्ता देशहरुमा शैक्षिक बेइमानीको एक रूप मानिन्छ र कडा रूपमा निषेध गरिएको छ । अस्ट्रेलियाका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विधार्थीहरुलाई कडाई गरेसंगै निष्कासन गर्न थालेको हो । आफ्नो असाइनमेन्ट गर्न कसैलाई गराउनु शैक्षिक दुव्यवहार मानिन्छ र अनुशासनात्मक कारबाही हुन सक्छ वा असफल ग्रेड, निलम्बन, वा भिसा रद्द गर्ने गरिएको छ ।

    अष्ट्रेलियन बोर्डर फोर्सले विधार्थीको भिषा रद्द गरेर डिपोर्ट गरेसंगै ति विधार्थीको डिपेन्डेन्टमा बसेकी यूवतीको पनि भिषा रद्द गरिएको बताइएको छ । बोर्डर फोर्सले ती विधार्थी पढेने नियतका साथ नभई काम गर्न आएको र यसरी पढ्नेहरुबाट राम्रो गुणस्तर विधार्थी उत्पादन नहुने भन्दै डिर्पोट गरिएको उल्लेख छ । पछिल्लो समय अष्ट्रेलिया सरकारले यस्ता होम वर्क किनेर कलेज पढ्नेहरुलाई पछिल्लो बर्षहरुका डिर्पोट गर्ने क्रम बढेको छ । एक तथ्यांक अनुसार त्यसरी एक बर्षको बीचमा अष्ट्रेलिया सरकारले ९ हजार ५ सय विधार्थीलाई डिर्पोट गरिएको छ । अष्टेलियामा ईमिग्रेसन वकिल टोनु घोतानेका अनुसार यो यसरी होम वर्क किन्ने विधार्थीहरुलाई खोजी खोजी डिर्पोट गरिएको बताएका छन । त्यसरी होमवर्क चोरेर कलेज पढ्नेहरु वास्तविक विधार्थी नभएको निस्कर्ष निकाल्दै डिपोर्ट गर्ने गएिकोले त्यसका चनाखो हुनुपर्ने बताउँछन । अमेरिका, क्यानडा, बेलायत लगायत अन्य देशहरुमा पनि त्यसरी होमवर्क कपि वा चोरेको पाइएमा विधार्थीलाई कलेजबाट निस्कासनदेखि डिपोर्टसम्मको कारबाही हुने गरेको छ ।

    Post Views: 166
    प्रकाशित मिति: २०८१ मंसिर ३, सोमबार २२:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?
    ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    Advertisement
    ताजा अपडेट
    • १. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • ४. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.