• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्प प्रशासनद्धारा अमेरिकी सरकारी सन्चार माध्यम “भ्वाईस अफ अमेरिका” ८३ बर्षमा बन्द: १३ कर्मचारी बिदामा पठाईयो

  •  
  • २०८१ चैत्र ३, आईतवार ०६:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    सरकारी अनुदानमा सञ्चालित भ्वाईस अफ अमेरिका बन्द भएको छ । भ्वाईस अफ अमेरिका संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रसारण संस्थाका सबै पूर्णकालीन कर्मचारीहरूलाई अप्रत्यासित रुपमा प्रशासनिक बिदामा राखिएको छ । शनिबार कर्मचारीहरूलाई यसबारे जानकारी दिइएको भ्वाईस अफ अमेरिकाले पुष्टि गरेको छ । शनिबार काममा गएका पत्रकार र कर्मचारीहरु बीच बाटो बाटै घर फर्किनु परेको थियो । अन्य राज्य–नियन्त्रित समाचार एजेन्सीहरू (जस्तै रेडियो फ्रि एसिया ) लाई नियमन गर्ने यूएस एजेसन्सी ग्लोवल अफिएर्स मिडियाका मानव संसाधन निर्देशक क्रिस्टल जी. थोमसले शनिबार इमेलमार्फत यो सूचना पठाएको पुष्टि भएको छ । यो निर्णय राष्ट्रपति ट्रम्पले शुक्रबार राति हस्ताक्षर गरेको कार्यकारी आदेशपछि आएको बताइएको छ । उक्त आदेशमा भ्वाईस अफ अमेरिका तथा अन्य धेरै संघीय एजेन्सीहरू, जस्तै यी सबै संस्थाहरूमा ठूलो मात्रामा बजेट कटौती गर्न भनिएको छ । आदेशमा भनिएको छ “यस्ता संस्थाहरूले कानुनअनुसार आवश्यक न्यूनतम स्तरमा मात्र आफ्नो कार्य सञ्चालन गर्नु पर्नेछ ।

    सबै भ्वाईस अफ अमेरिका पूर्णकालीन कर्मचारीहरू, जसमा पत्रकारदेखि वरिष्ठ व्यवस्थापकहरू सम्म यो निर्णयको प्रभावमा परेका छन् । तर करारमा रहेका कर्मचारीहरूलाई यो सूचना पठाइएको छैन । उनीहरूको करार जुनमा समाप्त हुँदैछ । प्राप्त जानकारीअनुसार, भ्वाईस अफ अमेरिकाका पूर्णकालीन व्यक्तिगत सेवा ठेकेदारहरूलाई पनि त्यही प्रशासनिक सूचना प्राप्त भएको छ । शनिबारदेखि भ्वाईस अफ अमेरिकाका सबै कर्मचारीहरूलाई वाशिङ्टन डी.सी.स्थित मुख्यालयमा प्रवेश गर्न रोकिएपछि यो समाचार आएका हुन ।

    भ्वाईस अफ अमेरिकाका सबै स्वतन्त्र तथा विश्वभर कार्यरत स्ट्रिङ्गर पत्रकारहरूले पनि काम रोकिनुपर्नेछ, किनभने उनीहरूलाई पारिश्रमिक दिने व्यवस्था अवरुद्ध भएको स्रोतले जनाएको छ । केही भ्वाईस अफ अमेरिका कर्मचारीहरू आफ्ना स्टुडियोतर्फ जाँदै गर्दा सूचना पाए, जसपछि “अब घर जाऊ“ भनिएको थियो ।
    भ्वाईस अफ अमेरिकाका निर्देशक माइकल अब्रामोवित्जÞले सन्चार माध्यमलाई दिएको विज्ञप्तिमा “८३ वर्षको इतिहासमा पहिलो पटक भ्वाईस अफ अमेरिकाको प्रसारण रोकिएको छ, जुन अत्यन्त दुःखद छ । आज बिहान मलाई थाहा भयो कि भ्वाईस अफ अमेरिकाका १३ सय भन्दा बढी पत्रकार, निर्माता, र सहयोगी कर्मचारीहरू प्रशासनिक बिदामा पठाइएका छन् र म स्वयं पनि त्यसैमा परेँ ।“

    भ्वाईस अफ अमेरिका प्रमुख अब्रामोवित्जÞ “यो निर्णयले भ्वाईस अफ अमेरिकाको महत्वपूर्ण मिशन असम्भव बनाउँछ“बताएका छन । भ्वाईस अफ अमेरिका निर्देशक माइकल अब्रामोवित्जÞले स्वीकार गरे कि संस्थामा सुधार आवश्यक छ, र यस क्षेत्रमा केही प्रगति भइसकेको छ । तर, आजको निर्णयले भ्वाईस अफ अमेरिकालाई यसको महत्वपूर्ण मिशन पूरा गर्न असमर्थ बनाउनेछ । “आजको समयमा, जब अमेरिका विरोधी शक्तिहरू जस्तै इरान, चीन, र रूसले अरबौं डलर खर्च गरेर संयुक्त राज्य अमेरिकालाई बदनाम गर्न झुटा कथा सिर्जना गरिरहेका छन्, यस्तो बेला भ्वाईस अफ अमेरिका को भूमिका झन् महत्वपूर्ण थियो।“उनले भनेका छन ।
    भ्वाईस अफ अमेरिकाको प्रसारण पहिलो पटक सन् १९४२ मा सुरु भएको थियो । यो हाल ४९ भाषामा ३६१ मिलियन दर्शक÷श्रोतालाई पुग्ने अन्तर्राष्ट्रिय प्रसारण संस्था हो । केही कम प्रतिनिधित्व भएका क्षेत्रहरूमा यसको महत्व झन् गहिरो छ । शनिबारको निर्णय हुनुअघि, भ्वाईस अफ अमेरिकाका कुल करिब २ हजार कर्मचारीहरू थिए, र यसको वार्षिक बजेट लगभग २६० मिलियन डलर थियो ।

    “अमेरिकी जनताले यसबारे जान्नुपर्ने हक राख्छन् । यो घटनाले पुनः देखाउँछ कि अमेरिका रूस र चीनलाई आफ्नो ’सफ्ट पावर’ गुमाइरहेको छ त्यहाँ कार्यरत पत्रकारहरुले बताएका छन । अर्का भ्वाईस अफ अमेरिकाका पत्रकार, जसले आफ्नो नाम खुलाउन चाहेनन्, ले भनेः “मैले जहिले पनि संयुक्त राज्य अमेरिकाको सर्वोत्तम चासो राखेर नीतिहरू व्याख्या गरेको छु, ताकि अंग्रेजी नबुझ्ने विदेशी दर्शकहरूले प्रजातन्त्र किन उत्तम शासन प्रणाली हो भन्ने बुझून् ।“

    भ्वाईस अफ अमेरिका बन्दु हुनुको भित्रि कारण भने भिन्न रहेको बताइएको छ । डिसेम्बरमा, राष्ट्रपति ट्रम्पले क्यारी लेकलाई भ्वाईस अफ अमेरिका निर्देशक बनाउन प्रस्ताव गरेका थिए क्यारी लेक एक पूर्व समाचार प्रस्तोता हुन्, उनको उपस्थिति त्यहाँ मन पराइएको थिएन । जसले एरिजोनाको गभर्नर र सिनेटको लागि चुनाव लडेर हारेकी थिइन् । उनले भ्वाईस अफ अमेरिकालाई भनेकी थिइन म त्यहाँ ’ट्रम्प टिभी’ वा ’ःटिभी’ बनाउन जाँदै छैन । यो त्यस्तो कुरा होइन मेरो उद्देश्य त्यस्तो छैन ।“ तर, यसै महिना, क्यारी लेकलाई भ्वाईस अफ अमेरिकाको नियामक निकायको विशेष सल्लाहकारको रूपमा शपथ ग्रहण गराइएको छ । यदि भ्वाईस अफ अमेरिका नै विघटन भएमा, क्यारी लेकको स्थिति के हुनेछ भन्ने अझै स्पष्ट छैन ।

    भ्वाईस अफ अमेरिकाद्वारा प्राप्त ईमेलहरू अनुसार, रेडियो फ्री एसियाका अध्यक्ष बे फ्याङ र रेडियो फ्री युरोप÷रेडियो लिबर्टीका प्रमुख वित्तीय अधिकारी जोसेफ लाटाइललाई क्यारी लेकद्वारा सूचना पठाइएको थियो । यस सूचनामा दुवै प्रसारण संस्थाका लागि संघीय अनुदान बन्द गरिएको जानकारी दिइएको थियो । यो घटनाले अमेरिकी सन्चार माध्यममा सरकारले नियन्त्रणमा लिने प्रयासका रुपमा व्याख्या गरेका छन भने कतिपय स्वतन्त्र पत्रकाहरुले ट्रम्प प्रशासनको निरंकुस वा पत्रकारिताप्रतिको घृणाको कारण बताएका छन ।

    राष्ट्रपति ट्रम्पले केहि समय अघि सिएनएनमाथी कडा प्रहार गर्दै सरकारले आफ्नै सन्चार माध्यम बनाउनु पर्ने बताएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एक भाषणमा सिएनएनलाई कडा आलोचना गर्दै यसको विश्वव्यापी प्रभावलाई प्रतिकार गर्न “हाम्रो आफ्नै नेटवर्क सुरु गर्ने“ प्रस्ताव राखेका थिए । विभिन्न् आफ्नो विरोधमा रहेका सन्चार माध्यमतर्फ ईंिकत गर्दै भनेका थिए “हामीले आफ्नै नेटवर्क सुरु गर्नुपर्छ र वास्तविक समाचार प्रसारण गर्नुपर्छ, किनकि सिएनएन हाम्रो देशका लागि धेरै हानिकारक छ ।
    अमेरिकी सन्चार माध्यमका आधारमा तयार ।

    Post Views: 162
    प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार ०६:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.