• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सेनाको एयर स्ट्राइकमा मारिए आईएसआईएस नेता अबू खदीजा

  •  
  • २०८१ चैत्र ३, आईतवार ०६:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी सेनाले इराकको अल-अनबर क्षेत्रमा खुफिया अपरेशन सञ्चालन गरेकाे एयर स्ट्राइकमा आईएसआईएस नेता अबू खदीजा मारिएका छन्।

    अमेरिकी सेनाको अपरेशनले आईएसआईएसको नेतृत्व तहमा ठूलो धक्का पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

    दुवैले लगाएको आत्मघाती ज्याकेट पहिरिएका भए पनि ती विस्फोट नभएको अवस्थामा फेला परेका थिए ।

    अमेरिकी सेनाले खदीजाको सवारीलाई लक्षित गरेर आक्रमण गरेको थियो। अपरेशनमा इराकी सेनासँग संयुक्त रूपमा अमेरिकी सेनाले भाग लिएको थियो।

    हमलापछि अधिकारीहरू घटनास्थल पुगेका थिए, जहाँ आत्मघाती ज्याकेट लगाएका दुवै मानिसको शव फेला परेका थिए।

    सेनाले खदीजाको डीएनए परीक्षण गरेर पहिचान पुष्टि गरेको छ।

    को थिए अबू खदीजा?

    अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल-रिफाइ हो।

    अबू खदीजाको वास्तविक नाम अब्दुल्ला मक्की मुस्लीह अल-रिफाइ थियो । उनी सन् २००९ मा अल-कायदासँग आबद्ध भएका थिए । सन् २०११ मा जेलबाट भागेपछि २०१४ मा आईएसआईएसमा सामेल भए।

    त्यसपछि उनी शीर्ष तहमा पुगेपछि इराक र सिरियामा संगठन विस्तार गरे। सन् २०१९ मा अबू बकर अल-बग्दादीको मृत्युपछि आईएसआईएको प्रमुख बने।

    उनी आईएसआईएको ग्लोबल अपरेसन, योजना, र वित्तीय व्यवस्थापनका प्रमुख व्यक्ति थिए।

    ट्रम्पले के भने ?

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खदीजाको मृत्युलाई महत्वपूर्ण विजय भनेका छन् ।

    ‘आईएसआईएसको भगौडा नेता मारिएको छ। हाम्रा बहादुर सैनिकहरूले लामो समयदेखि उसको खोजी गरिरहेका थिए, अन्ततः उसको अन्त्य भयो,’ उनले भने ।

    इराकी प्रधानमन्त्रीको प्रतिक्रिया

    इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले पनि यो कारबाहीलाई ठूलो सफलताको रूपमा चित्रित गरेका छन् ।

    ‘अबू खदीजा इराक र संसारका सबैभन्दा खतरनाक आतंककारीहरूमध्ये एक थियो। हाम्रो सेनाले उसको अन्त्य गरिदिएको छ,’ उनले भने ।

    आईएसआईएसको पिलर

    खदीजा आईएसआईएसको ग्लोबल अपरेसन, योजना तथा वित्तीय व्यवस्थापनमा प्रमुख भूमिकामा थिए। अमेरिकी सेनाका अनुसार, उनी आईएसआईएस संगठनका सबैभन्दा प्रभावशाली सदस्यमध्ये एक थिए।

    इराकमा अहिले पनि २,५०० अमेरिकी सैनिक तैनाथ छन्। आईएसआईएको गतिविधिलाई नियन्त्रण गर्न इराक र अमेरिका मिलेर अपरेशन सञ्चालन गरिरहेका छन्।

    Post Views: 92
    प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार ०६:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर
    क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !
    विदेश पुगेका १२ नेपाली विदेशी जेलमा
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा ५ अर्ब क्षतिपुर्ति माग गर्दै बिबिसिविरुद्ध मुद्दा दायर

    • २. क्यानडाद्धारा नेपाल नजान आफ्ना नागरिकलाई सुझाव: सुरक्षा व्यवस्थामाथी प्रश्न, लुटपाट घटना बढेको दावी !

    • ३. विदेश पुगेका १२ नेपाली विदेशी जेलमा

    • ४. हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

    • ५. अष्ट्रेलियाको समुद्रिक किनारामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गयो

    चर्चित
    • १. विश्वकप फुटबलमा सहभागी हुन अमेरिका जानेका लागि अमेरिकी विदेश मन्त्रालयबाट विशेष भिषा प्रक्रिया शुरु

    • २. अमेरिकाबाट धुर्मुस-सुन्तली : छोरीको उपचारपछि फर्किन्छौँ

    • ३. अमेरिकाबाट २५ लाख अबैध आप्रवासीले अमेरिका छाडे, ६ लाख डिपोर्ट !

    • ४. क्यानडामा चिकित्सक/स्वास्थ्यकर्मी अभावः १४ दिनमा वर्कपरमिट दिएर आप्रवासी भित्र्याउने !

    • ५. जेन जीका कारण सरकार तनावमाः सरकार जेनजी संझौता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.