• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पुर्वराजा ज्ञानेन्द्रको रोजाईमा राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व नवराज सुवेदीले गर्नेः चैत्र १५ पछि आन्दोलन चर्काउने निश्कर्ष !

  •  
  • २०८१ चैत्र ३, आईतवार १०:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजावादीहरुले आन्दोलन चर्काउँदै लैजाने तयारी स्वरुप राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीको तयारी भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको इच्छाअनुसार ८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्ने भएका छन । पन्चायतकालदेखि राजाको शासनकालमा ७ पटक मन्त्रि भएका सुवेदीको नेतृत्वमा सबै राजावादीहरु आन्दोलनमा सहभागी तयारी गर्दै चैत्र १५ देखि आन्दोलन चर्काउने तयारी गरिएको समाचार श्रोतले जनायो ।

    सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा। प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग भेटेर छलफल गरिसकेको बताईन्छ । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ । राप्रपालाई नेतृत्व दिए दर्गा प्रसाईले नमाने र प्रसाईलाई दिए राप्रपा र राप्रपा नेपालले नमान्ने र एकले अर्कालाई अस्तित्व नमानेपछि पुर्वराजाले विकल्पका रुपमा सुवेदीलाई चयन गरेपछि दुवै पक्ष सहजै स्व्ीकार नगरे पनि विरोध गरेका छैनन । राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने उनीहरूको आन्तरिक निष्कर्ष छ । यसबारेमा राप्रपाको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताइएको छ ।

    राप्रपा नेपालले संस्कृतिविद् डा जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको थियो तर केहि विरोध शुरु भएको छ ।   ‘सुवेदीजीको उमेरका कारण आन्दोलन अघि बढ्न नसक्ने भन्दै केहि विकल्प खोज्न पनि छलफल भइरहेको बताईन्छ । ‘राजेन्द्र लिङ्देन, कमल थापा, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा कसैको नेतृत्वमा कोही तयार नहुने, दुर्गा प्रसाईंदेखि केशरबहादुर विष्टसम्म अटाउने नेतृत्व सुवेदीको मात्रै हुने भएपछि सुवेदी सर्वमान्य भएको एक राजावादी निकटले बताएका छन ।

    Post Views: 190
    प्रकाशित मिति: २०८१ चैत्र ३, आईतवार १०:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.