• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

तल्लोबाटो हुँदै अमेरिका जाँदा बर्षेनी हजारौंको बाटोमा मृत्यू हुने गरेको तथ्यांक

  •  
  • २०८१ चैत्र २८, बिहीबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गैरकानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक छ । नेपालस्थित ले एक विज्ञप्ति नै जारी गरेर सचेत गराएको छ । दुतावासले भनेको छ गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैरकानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् । यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ । यी दुतावासको भनाई वास्तवमा नै तथ्यापरक छ । विभिन्न अनुसन्धानहरुले पनि त्यहि कुरा औल्याएको छ ।


    गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै अमेरिकी दुतावासरोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ । अमेरिकी सिमानालाई मजबुत बनाई आफ्ना अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैरकानुनी आप्रवासन तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ भन्दै त्यस्ता प्रलोभनमा परेर अमेरिका जान खोजिरहेका छन भने अमेरिका आउने सपना सपनामा नै सिमित हुने छ ।

    अमेरिका र मेक्सिको सीमामा मानव अधिकारका लागि काम गर्ने संस्थाहरुले सार्वजनिक गरेको एक तथ्यांक हेर्दा अमेरिकी सपना पछ्याउँदा पछ्याउँदै अमेरिकी सिमामा पुगेर हजारौले ज्यान गुमाएका रहेछन । ह्युमन बोर्डर्स र पीमा काउन्टी मेडिकल एक्जामिनरको कार्यालयद्वारा सञ्चालित आप्रवासी मृत्युदर अनुसन्धान परियोजनाका अनुसार, सन् २००० यताको २४ बर्षको तथ्यांक हेर्ने हो भने अमेरिका मेक्सिको सिमामा पर्ने मरुभूमिमा ४ हजार ३२९ मानिसका मृत शरिर फेला परेको बताइएको छ । यसमा २०२० देखि २०२४ सम्मका ९ सय ७९ अवशेष समावेश छन् । जुन अघिल्लो पाँच वर्षको तुलनामा ७०७ थिए । मानवीय सहायता समूहहरू, पार्कका कर्मचारीहरू, र सीबीपीले भेटिएका अवशेषहरू नियमित रूपमा सिमा क्षेत्रमा फेला पर्ने गरेको छ । यी मृत प्राय मानव तस्करीबाट अमेरिका आउने सोझा साझा मानिस नै हुन ।

    प्रायः महिनौं वा वर्षौंसम्मको जोखिमपछि जहाँजहाँ स्वयंसेवकहरूले मरुभूमिमा त्यहाँ मानिसहरू मृत वा कंकाल भेटिनु सामान्य विषय जस्तै बनेको छ । हराएका मानिसहरु कुल मिलाएर लगभग १६०० अवशेष अझै अज्ञात छन्, र मरुभूमिमा अझ धेरै शवहरू हराइरहेका हुने सम्भावना छ ह्यूमन बार्डसले जनाएको छ । उता यिनै अबैध आप्रवासी जो लागु औषधका भरिया बनेर लागु औषध ओसारपसारमा संलग्न थिए आर्थिक वर्ष २०२४ मा, एल पासो सेक्टरले १ सय ७६ आप्रवासीको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको तथ्यांकले देखाएको छ ।

    उत्तरतर्फ यात्रा गर्दै अमेरिकी÷मेक्सिको सीमा क्षेत्रमा शरणका लागि अधिकार प्रयोग गर्ने प्रयास गर्ने व्यक्तिहरूलाई प्रायः मेक्सिकोका अधिकारीहरूले पक्राउ गरेर पुनः दक्षिणतर्फ पठाइदिएका छन । यही कारणले अहिले धेरैजसो शरण चाहने व्यक्तिहरू मेक्सिकोको उत्तरी सीमा होइन, दक्षिणी सीमामा बढी जमघट गरिरहेको एम्नेष्टी इन्टरनेसनल यूएसएका शरणार्थी तथा आप्रवासी अधिकार निर्देशक एमी फिशरले न्यूजवीकलाई बताइन् ।

    सुरक्षा खोजिरहेका व्यक्तिहरू अझै पनि दक्षिणमा गम्भीर खतरामा छन्, जहाँ उनीहरूले अत्यधिक ठगी, अपहरण, यौन हिंसा, र असुरक्षाको सामना गरिरहेका छन्,“ एमी फिशरले बताएकी छिन । जुन दरमा ट्रम्प आउनु अघि नै अमेरिका छिर्ने उदेश्य राखेका थिए उनिहरु मेक्सिकोमा नै पक्राउ पर्दै फिर्ता भईरहेका द गार्जियनले जनाएको छ । सीमा सुरक्षा अधिकारीका अनुसार, अन्तरदेशीय आपराधिक संगठनहरूले मुनाफाका लागि तस्करी प्रक्रियामा आप्रवासीहरूको शोषण गरिरहेका छन्, जसले गर्दा उनीहरूलाई प्रायः खतरनाक र जीवनमरणको अवस्थामा छाड्ने गरेका छन् । नेपालबाट पछिल्ला दिनहरुमा ठुलो सख्यामा तल्लोबाटो दलालको लहैलहैमा लागेर अमेरिका आउनेको सख्या बढी रहेको सन्र्दभमा दुतावासले सचेत गराएको गराएको बताईन्छ । अमेरिकी सिमामा मात्रै होईन, अमेरिका आउने क्रममा उत्तर अमेरिकाबाट पानमा जंगल, डेरियन ग्याप जस्ता खतरनाक क्षेत्रहरु पार गर्दै मेक्सिको पुग्दा अनगिन्ती मानिसहरुको मृत्यू हुने गरेको विभिन्न तथ्यांकहरुले बताउने गरेको छ । त्यसरी अमेरिका लैजाने दलाली बाटो सबैभन्दा खतरनाक बाटो मानिन्छ ।

    Post Views: 300
    प्रकाशित मिति: २०८१ चैत्र २८, बिहीबार ०७:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्रि सारा बि नेपालमा , सरकारका उच्च अधिकारीहरूसंग भेटघाट गर्दै

    • २. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • ३. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ४. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ५. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.