• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका बिरोधी र उनका समर्थन गर्नेहरुले ग्रीनकार्ड नपाउने

"ग्रीनकार्ड र नागरिकता लिंदा सामाजिक सन्जाल चेक  "
  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ४, बुधबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा ग्रीनकार्ड वा नागरिकता लिनका लागि सोसल मिडिया र उनिहरुको विचारलाई मुल आधार मान्ने राष्ट्र्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन । अमेरिकाको नागरिकता र अध्यागमन सेवा युएससीआइएएसले आफ्नो पोलिसि एलर्ट जारी गर्दै अमेरिका आउने, आउन चाहने र आईसकेकाहरु ग्रीनकार्ड लिन खोज्ने र ग्रीन कार्ड लिएर नागरिकता लिन खोज्नेहरु अमेरिका विरोधी भए नभएको कडा जाँच गर्ने नीति लागु गरेको हो । अगस्ट १९, मंगलबारदेखि नै लागु भएको यस परिवर्तनले ग्रीन कार्ड, परोललगायत अध्यागमनबाट गरिने सबै कार्यहरुका लागि आवेदन दिने व्यक्ति अमेरिका विरोधी भए नभएकोबारे कडा जाँच गरिने र त्यसैको आधारमा ग्रीन कार्ड र नागरिकता जारी हुनेछ ।

    अब संयुक्त राज्य अमेरिकामा बस्न चाहने व्यक्तिहरूको आवेदन मूल्याङ्कन गर्दा तिनीहरूको सामाजिक सञ्जाल (सोसल मिडिया) लगायतका “अमेरिका विरोधी“ विचारहरूलाई पनि मूल्याङ्कन गरिनेछ । यस विषयले कुनै पनि क्याटोगोरीबाट अमेरिकामा ग्रीनाकार्ड लिन चाहान्छन भने यी सबैले त्यो कानुन पालना गर्नुपर्नेछ ।
    अमेरिकामा बस्ने वा नागरिकता लिन खोज्ने व्यक्तिहरूका निवेदनको जिम्मेवारी लिने यूएससिआइएसले भनेको छ कि अब आवेदनकर्ताहरूको सामाजिक सञ्जाल पोस्टहरूको थप गहिरो अध्ययन गरिनेछ, र “अमेरिकाविरोधी गतिविधिहरूको समीक्षा“ पनि त्यस प्रक्रिया अन्तर्गत समावेश गरिने बताइएको छ । ट्रम्प प्रशासनले अमेरिका आउने विधार्थी वा आगन्तुकहरुका लागि सामाजिक सन्जाल चेक जाँच शुरु गरिसकेको अवस्था छ ।

    यूएससिआइएसका प्रवक्ता म्याथ्यु ट्रागेसर भनाई द गार्जिएन समाचारले उल्लेख गरे अनुसार “अमेरिकाको लाभ उनीहरूलाई दिइनु हुँदैन जो अमेरिकालाई घृणा गर्छन् र अमेरिकाविरोधी विचारधारा फैलाउँछन् । यूएससिआइएस अमेरिका–विरोधी विचारहरूलाई हटाउने नीति तथा प्रक्रिया कार्यान्वयन गर्न प्रतिबद्ध छ, र कडाइका साथ छानबिन तथा मूल्याङ्कन प्रक्रिया लागू गर्न तत्पर छ । अमेरिकाभित्र बस्न र काम गर्न पाउने सुविधा अधिकार होइन, यो विशेषाधिकार हो ।“ यसको मुख्य ध्यान आवेदकले अमेरिका विरोधी वा आतंकवादी संगठनका विचारहरूलाई समर्थन, प्रचार, वा प्रोत्साहन दिएको प्रमाणमाथि केन्द्रित छ। यदि यस्तो प्रमाण भेटिएमा यसलाई अत्यन्तै नकारात्मक कारक मानिनेछ। यसमा यहूदी विरोधी आतंकवाद वा विचारहरूलाई बढावा दिने संगठनहरू पनि समावेश छन् ।

    ट्रम्प प्रशासनले जनवरीमा कार्यभार सम्हालेदेखि नै तीव्र रूपमा यस्तो नीति ल्याउँदै आएको छ जसले अमेरिकी परराष्ट्र नीतिको विरोध गर्ने, विशेषतः इजरायल सम्बन्धी विषयमा विरोध जनाउने व्यक्तिहरूको छोटो अवधिको भिसा अस्वीकार वा रद्द गर्ने कार्य गरिरहेको छ ।पछिल्लो ६ महिनामा ट्रम्प प्रशासनले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी स्थिति रद्द वा परिवर्तन गरेको जनाएको छ । गत जुन महिनामा अमेरिकामा अध्ययन गर्न आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सामाजिक सञ्जाल (सोसल मिडिया) परीक्षणका नयाँ मापदण्डहरू लागू गरिए । यी नयाँ मापदण्डअनुसार, अमेरिकी कूटनीतिज्ञहरूलाई आवेदनकर्ताको सामाजिक सञ्जाल प्रोफाइल हेरी उनीहरूमा अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा मुल सिद्धान्तप्रति कुनै शत्रुता छ कि छैन भन्ने मूल्याङ्कन गर्न निर्देशन दिइएको छ ।

    सोमबार, अमेरिकी विदेश मन्त्रालयले जनाएको छ कि जनवरीदेखि कार्यभार सम्हालेका परराष्ट्र मन्त्री मार्को रुबियोको कार्यकालमा हालसम्म ६ हजार विद्यार्थी भिसा रद्द गरिएको जनाएको छ । तिनमध्ये ४ हजार केसहरूमा कानुनी उल्लङ्घन पाइएका थिए ्“जसमा प्रमुख रूपमा आक्रमण, मदिरा सेवनपछि गाडी चलाउने, चोरी, र आतंकवादप्रति समर्थन” रहेको एक विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।

    अमेरिकामा यस अघि पनि सन १९५२ को (ईमिग्रेसन एण्ड नेसनालिटी एक्ट) को सन्दर्भमा “अमेरिकावादविरोध“ को कानुनी परिभाषाको, यसको सम्बन्धित अंश सेक्सन २१२(ब)(२८) लागु भएको थियो । त्यो धाराले अराजकतावादी (अनारसिष्ट), कम्युनिस्टहरू, अधिनायकवादको प्रवद्र्धन गर्ने टेक्नोक्र्याटहरू, तथा अमेरिकी सरकार वा लोकतान्त्रिक मूल्यहरूको विरोध गर्ने सामग्री उत्पादन वा वितरण गर्नेहरूलाई लक्षित गरेको छ । सन् १९५२ मा बनेको यूएस ईमिग्रेसन एण्ड नेसनल एक्ट अनुसार अमेरिकावाद–विरोधी (उन्टी अमेरिकानिजम) विचारको परिभाषा दिइएको छ, जुन त्यतिबेला मुख्य रूपमा कम्युनिस्टहरूमा केन्द्रित थियो ।

    https://www.uscis.gov/sites/default/files/document/policy-manual-updates/20250819-DiscretionaryFactors.pdf

    Post Views: 303
    प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.