जेनजी आन्दोलनका क्रममा हजारौ अपराधिक गतिविधिमा संलग्न अपराधिहरु जेल तोडे भागेपछि त्यस्ता व्यक्तिहरु विदेश जानसक्ने संभावनालाई आधार मान्दै विदेशी मुलुकहरुले भिषामा कडाई शुरु गरेको छ । अन्दोलनका क्रममा सरकारी संरचनासँगै निजी व्यवसायमाथि भएका तोडफोड तथा आगजनीका घटनाको असर वैदेशिक रोजगारीको अवसरमा समेत पर्न थालेको हो । तोडफोड, आगजनीका साथै सुरक्षाकर्मीको हतियार तथा गोली खोसेर कब्जामा लिएको बेपत्ता भएको तथा ठुलो संख्यामा कैदी बन्दी भागेपछि त्यस्ता व्यक्तिहरु आफ्नो देशमा आउन सक्ने अपराध बढ्न सक्ने भएकोले सर्तकता अपनाइएको बताइन्छ ।

आन्दोलनपछि खास गरी संयुक्त अरब एमिरेट्स यूएई र कतारले कतिपय नेपालीको भिसा अस्वीकृत गर्नु त्यसैको एउटा कडी भएको अधिकारीहरूले समेत स्वीकारेका छन् । प्राप्त जानकारी अनुसार जापान, दक्षिणा कोरिया, क्यानडा यूरोपेली मुलुकहरुले पनि त्यस घटनापछि नेपाली नागरिकलाई भिषा दिने क्रममा निकै कडाई गर्न थालेका छन । कतिपय मुलुकले घोषित नीति अनुसार नै दिएका छैनन भने कतिपय मुलुकले अन्तरिक सकुर्लर गरेर भिषामा कडाई गरिरहेको सम्बद्ध व्यवसायीहरुले अनुमान गरेका छन । त्यसो हुँदा नेपालबाट बाहिरिन खोज्ने नेपाली युवामा निराशा उत्पन्न भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लागू गरेको छ। अब युएईमा परिवार, आफन्त वा साथीभाइलाई स्पोन्सर गर्दा स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने व्यवस्था युएईले गरेको हो। युएईको नयाँ व्यवस्था अनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ। परिवार, आफन्त वा साथीभाइ लैजानेका लागि मासिक आम्दानी सीमा छुट्टाछुट्टै तोकिएको छ।
नेपालबाट हाललाई पर्यटक वा कामदार भिसामा नपठाउन यूएईका व्यवसायीहरूले इमेल पठाउन थालेको एक नेपाली व्यवसायीले बीबीसीलाई बताएको उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये कतिपय नेपालीहरू खाडी मुलुकहरूमा झैझगडा, मारपिट तथा बेलाबखत हडतालमै जाने गरेका उदाहरणबीच नेपालमा भएको पछिल्लो घटनाले नकारात्मक सन्देश गएको बताइएको छ ।
कलकारखाना तथा व्यापारिक भवनहरूमा भएका तोडफोड एवं आगजानीबाट भएका क्षतिसँगै नेपालमा बेरोजगारी बढ्ने र वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या वृद्धि हुने बताइएको छ । तर त्योसँगै चुनौती पनि थपिएको उनी औँल्याउँछन् । “गन्तव्य मुलुकहरूमा त्यसको नकारात्मक प्रभाव पर्छ । यूएईलगायत मुलुकले भिसा दिनमा कडाइ गर्न सक्छन् ।“ जेनजी आन्दोलजनपछि भिसा लिएर बसेका कतिपय नेपालीहरू पनि जानबाट रोकिएका छन । त्यसैगरी दुवई र कतारमा काम गरी रहेका नेपालीहरु पनि दशैं तथा तिहारको लागि विदा लिएर नेपाल जना खोज्दा कम्पनीहरुले बिदा दएका छैनन । यदि यस्तो अवस्थामा नेपाल गएमा फिता नआउनेगरी जान सुझाएपछि सयौ नेपालीले नेपाल जाने आफ्नो पुर्वनिर्धातिर कार्यक्रमहरु रद्द गरेका छन । कतिपयहरुले बिदामा गएकाहरु पनि फर्किन नपाएको समाचारहरु आई रहेका छन ।
विदा नदिएको र दिए पनि फर्केर नआउन सुझाएपछि रोकिएका एक नेपालीका अनुसार यसरी नेपाल जाँदा आफनो जागिर नै जाने भएपछि नेपाल नगएको गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रारम्भिक आकलन अनुसार आगजनी तथा तोडफोडका घटनाबाट निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनाहरूमा पुगेको क्षतिका कारण १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको महासङ्घको प्रारम्भिक अनुमान छ ।
जेन जी आन्दोलनपश्चात् सेप्टेम्बर १० देखि सेप्टेम्बर २२ सम्म अर्थात् १० दिनको अवधिमा २९ हजार जनाले श्रम स्वीकृति लिएको उनले बताए । यद्यपि पछिल्लो आन्दोलनको असर वैदेशिक रोजगारमा कस्तो पर्छ भन्ने कुरा अहिले नै बताउन गाह्रो रहेको रिमाल बताउँछन् । यूएईले नेपाललगायत विभिन्न नौवटा देशका हकमा पर्यटक तथा कामदार भिसामा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । सुरक्षालगायत कारण देखाउँदै प्रतिबन्ध लगाइएका देशमा दक्षिण एशियाका बाङ्ग्लादेश र अफगानिस्तान पनि रहेका छन् ।
उक्त सूचीमा नेपाल नपरे पनि जेन जी आन्दोलनपश्चात् यूएईले कतिपय नेपालीहरूको भिसा अस्वीकृत गरेको सूचना पाइएको व्इवसायीहरुले बताएका छन । व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका भूतपूर्व महासचिव मेघनाथ भुर्तेलले यूएईका व्यवसायीहरूले नेपाली नपठाउन भन्न थालेको बताएका छन । “हामीसँग कारोबार गर्ने दुबईका क्लाइन्टहरूलाई पर्यटक र कामदार भिसा बन्द गरिएको भनेर औपचारिक रूपमै भनिसकिएको हामीलाई इमेल आएको बताए ।





