• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

  •  होम लम्साल
  • २०८२ कार्तिक २३, शनिबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अक्टोबर १२ बाट यूरोपका २९ वटा देशहरुमा डिजिटल सीमा व्यवस्थापन प्रणाली शुरु भएको छ । यो प्रणाली छ महिनाको अवधिभर क्रमशः लागू गरिनेछ, र सन् २०२६ अप्रिल १० सम्म पूर्ण रूपमा कार्यान्वयन हुनेछ । युरोपेली सघले अक्टोबर १२, २०२५ देखि आफ्नो लामो प्रतीक्षित डिजिटल सीमा व्यवस्थापन प्रणाली औपचारिक रूपमा सुरु गर्दै सीमाना नियन्त्रणको नयाँ युगमा प्रवेश गरेको जनाएको छ । यो नयाँ कार्यबाट यूरोपेली राष्ट्रहरुमा पासपोर्टमा मेनुअल छाप लगाउने प्रथालाई समाप्त गर्दै पूर्ण रूपमा डिजिटल र बायोमेट्रिक दर्ता प्रणाली लागू भएको छ । यसको मुख्य उदेश्य अबैध आप्रवासनमा कडाई गर्ने रहेको उल्लेख छ ।

    एजेन्सीका अनुसार, जसले यो प्रणाली अनुसार एक देशबाट अर्को देशमा प्रवेश गर्दा प्रत्येक यात्रुको अनुहार र औंला छापसहितको बायोमेट्रिक डेटा, पासपोर्ट विवरण, प्रवेश र बहिर्गमनको मिति तथा स्थानको जानकारी सङ्कलन गरिनेछ । प्रवेश अस्वीकार गरिएका यात्रुहरूको रेकर्ड पनि केन्द्रीय डाटाबेसमा सुरक्षित रूपमा राखिने जनाईको छ जसले गर्दा पछि त्यहि व्यक्ति फेरी प्रवेश गर्न नपाओस वा पुन अनुसन्धान गर्न सजिलो होस भन्नाका लागि हुनेछ ।

    यो प्रणाली २९ युरोपेली देशहरूमा चरणबद्ध रूपमा लागू भई सकेको छ । जसमा सबै शेङ्गेन सदस्य राष्ट्रहरू, र आइसल्यान्ड, नर्वे, स्वीट्जरल्याण्ड, लिकटेन्स्टाइन लगायतका सहराज्यहरू, साथै बुल्गेरिया र रोमानिया पनि समावेश छन् । यो प्रणालीको पुर्ण कार्यान्वयन २०२६ अप्रिलसम्म पूरा हुने अपेक्षा गरिएको छ ।

    नयाँ नियम अनुसार, संयुक्त अधिराज्य (यूके ), अमेरिका, क्यानडा, र अष्ट्रेलिया जस्ता गैर–युरोपेली देशका यात्रुहरूले पहिलो पटक युरोप प्रवेश गर्दा आफ्नो बायोमेट्रिक डेटा दर्ता गर्नुपर्नेछ । यो प्रक्रिया स्वचालित वा सीमा कार्यालयहरूमा सम्पन्न हुनेछ, जहाँ यात्रुको पासपोर्टसँग सम्बन्धित जोडिएको प्रवेश रेकर्ड सुरक्षित गरिनेछ ।
    एकपटक दर्ता भएपछि, यात्रुहरूले भविष्यका भ्रमणहरूमा अनुहार चिन्ने प्रविधि प्रयोग गरी छिटो सीमा जाँच पार गर्न सक्नेछन् । छ महिनाको संक्रमण अवधिमा, पारम्परिक पासपोर्ट छाप प्रणाली पनि सँगसँगै चलाइनेछ, र सुरुवाती चरणमा सीमित यात्रुहरूलाई मात्र पूर्ण बायोमेट्रिक प्रक्रिया लागू गरिने बताइएको छ । ईयूले सीमा पार गर्ने प्रक्रियालाई छिटो, प्रभावकारी र सुरक्षित बनाउने तथा सीमा अधिकारीहरूलाई भिसा दुरुपयोग र ओभरस्टे गर्ने यात्रुहरू पहिचान गर्न सजिलो बनाउनेछ । साथै, यो प्रणाली कानून कार्यान्वयन र आतंकवाद विरोधी कार्यहरूमा प्रयोग हुने अन्य अबैध आप्रवासन निगरानी र सीमा सुरक्षालाई थप बलियो बनाउने उदेश्य राखिएको छ ।

    डिजिटल सीमा व्यवस्थापन प्रणालीले अवैध आप्रवासन नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ । स्वचालित प्रवेश र निर्गमन ट्र्याकिङ गर्ने छ । प्रत्येक अबैध यात्रुको प्रवेश र निर्गमन पासपोर्ट र बायोमेट्रिक डेटा (मुखाकृति र औंलाछाप) मार्फत डिजिटल रूपमा दर्ता गरिन्छ । यसले अधिकारीहरूलाई को कुन देशमा प्रवेश ग¥यो र को आफ्नो निर्धारित समयमा बाहिरियो भन्ने स्पष्ट जानकारी दिन्छ ।

    त्यसैगरी को ओभरस्टे भयो भन्ने यात्रुहरू पत्ता लगाउनेछ । यो प्रणालीले भिसा–रहित वा भिसा अवधिभन्दा बढी समय बस्ने यात्रुहरूलाई स्वचालित रूपमा पत्ता लगाएर ईयू देशहरुमा सर्कुलर गर्नेछ । उदाहरणका लागि, १८० दिनभित्र ९० दिनभन्दा बढी बस्नेहरूलाई यो प्रणालीले तुरुन्तै पत्ता लगाउन सक्छ । यसले आप्रवासन अधिकारीहरूलाई अवैध रूपमा बस्नेहरूमाथि निगरानी र कारबाही गर्न सजिलो बनाउँछ ।

    कसैले पहिचान दुरुपयोग गरेमा सजिलै रोक्ने बताइएको छ । यो प्रणालीले बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्ने भएकाले, नक्कली परिचयपत्र वा नक्कली कागजात प्रयोग गरी युरोप प्रवेश गर्न कठिन हुनेछ । त्यस्ता नक्कली व्यक्ति तुरुन्तै पहिचान गरी कारबाहीको दायारामा ल्याउ वा ईयू देशभित्र जहाँ काहँी पनि पक्राउ पर्नेछन ।
    यो प्रणाली कानूनी निकायसँग डेटा साझेदारी गरिएकोले केहि अबैध रहेका व्यक्तिहरु सबै २९ वटै देशहरुमा जानकारी राखिन्छ । यो प्रणाली युरोपव्यापी सुरक्षा डाटाबेसहरूसँग जोडिएको छ । यसले मानव तस्करी, अवैध व्यापार वा सीमा अपराधमा संलग्न व्यक्तिहरू पहिचान गर्न सजिलै मद्दत गर्नेछ ।

    यो प्रणालीले सीमा प्रहरीलाई सबैको कागजात म्यानुअल रूपमा जाँच गर्नुभन्दा सन्देहास्पद वा उच्च जोखिमका यात्रुहरूमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ, जसले दुवै कार्यक्षमता र सुरक्षा बढाउँछ । युरोपलाई प्रवेश र निर्गमनको वास्तविक–समय डिजिटल रेकर्ड उपलब्ध गराउँछ, जसले अवैध आप्रवासन र भिसा दुरुपयोग पत्ता लगाउन, रोक्न र कारबाही गर्न धेरै सजिलो बनाउने छ । अब यो प्रणालीका कारण यूरोपको एक देशबाट अर्को देशमा विना उदेश्य आवत जावत र अबैध रुपमा आवत जावत गर्न कठिन हुनेछ । यसबाट विश्वभरीबाट यूरोपमा जानेहरुसंगै ठुलो सख्यामा नेपालीहरु पनि प्रभावित हुने निश्चित छ ।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ कार्तिक २३, शनिबार १०:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’
    परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    Advertisement
    ताजा अपडेट
    • १. राहदानी घरमै पुर्‍याउन तयार छन् ‘हल्कारा’

    • २. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • ३. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ४. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ५. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    • ५. आजदेखि उद्योग वाणिज्य महासंघको चुनाव शुरु, ८७ पदका लागि १३५ जनाबीच निर्वाचन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.