• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

‘स्टुडेन्ट भिसा’मा यूएई पठाएर ठगी, १८ कन्सल्टेन्सीको संलग्नता (सूचीसहित)

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २९, शुक्रबार २२:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को ‘फ्रि जोन’मा इन्स्टिच्युट दर्ता गरी नेपाली विद्यार्थीहरुलाई ठगी गरेको पाइएको छ । नेपालमा सञ्चालित डेढ दर्जनभन्दा बढी कन्सल्टेन्सीले मोटो रकम लिएर ती इन्स्टिच्युटमा नेपाली विद्यार्थी पठाउने र त्यहाँ अलपत्र पार्ने गरेको पाइएको हो । पीडित विद्यार्थीहरुले यूएईको आबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा आफू ठगिएको भन्दै कन्सल्टेन्सीमाथि कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।
    दूतावास र महावाणिज्य दूतावासले ती उजुरी परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्र मन्त्रालयले उजुरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइसकेको छ ।
    “नेपालीका केही कन्सल्टेन्सीहरुले यूएईको फ्रि जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट बिभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरु दिनदिनै पठाइरहेको कुराको उजुरी आएको छ,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “त्यस्ता विद्यार्थीहरूले यूएईमा दुःख पाइरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदैछ । कोही पनि नफस्नु होला ।”

    कन्सेल्टेन्सीबाट ठगीएका चारजना विद्यार्थी बिहीबार (कात्तिक २७ गते) परराष्ट्र मन्त्रालय पुगेको थिए । परराष्ट्रले उनीहरुको गुनासो सुनेपछि उजुरी लिएको थियो । त्यसपछि उनीहरुलाई शिक्षासँग सम्बन्धित विषय शिक्षा मन्त्रालयले हेर्नेभन्दै त्यतैतिर पठाइएको थियो ।
    “आज केही पीडितहरु आउनु भएको थियो । शैक्षिक कन्सल्टेन्सी दर्ता र नियमन गर्ने काम शिक्षा मन्त्रालयको हुँदा हामीले उनीहरुलाई शिक्षा मन्त्रालय पठाएका छौं,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “धेरै मान्छे पीडित भएका रहेछन् ।”
    यूएईको फ्रि जोनमा दर्ता भएका शैक्षिक इन्स्टिच्युटहरुले नेपाली विद्यार्थीसँग मोटो रकम लिएपछि सम्पर्क तोड्ने गरेको गुनासो पीडितहरुको छ ।
    “यस्तो ठगी पहिलेदेखि नै भइरहेको रहेछ । तर अहिले ठगिनेको संख्या बढेको रहेछ,” दुबईस्थित नेपाली महावाणिज्यदूत हरिप्रसाद ओडारीले बाह्रखरीसँग भने, “अहिले यसरी ठगिएका ३५ जना जति नेपाली हामीकहाँ आउनु भएको छ ।”

    यूएईको फ्रि जोनमा ‘ट्रेनिङ इन्स्टिच्युट’को रुपमा दर्ता भई आफूलाई युनिभर्सिटी दाबी गर्ने इन्स्टिच्युटहरु र नेपालका कन्सल्टेन्सी मिलेर ठगी गरेको जानकारी पीडितहरुले महावाणिज्य दूतावासलाई दिएका छन् ।
    सबैभन्दा बढी ठगिने नेपाली यूएईको फ्रि जोनमा खोलिएका ब्रिटिस युनिभर्सिटी कलेज इन्टरनेसनल– एफ्जेड (बीआईसीयु) र सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडिज् (सीएएमएस) इन्स्टिच्युटमा जानेहरु छन् ।
    बीआईसीयूले पेरिस–अमेरिकन इन्टरनेसनल इन्स्टिच्युटबाट सम्बन्धन लिएको दाबी गरे पनि उसँग सम्बन्धन नभएको जनाइएको छ ।
    फ्रि जोनमा सजिलै इन्स्टिच्युट खोल्न र बन्द गर्न सकिने हुँदा यस्ता केही इन्स्टिच्युट बन्द पनि भएका छन् ।
    यस्ता इन्स्टिच्युटमा पढाइ पनि नहुने, शैक्षिक प्रमाण नदिने र सम्बन्धन पनि प्राप्त नगरेको पाइएपछि पीडितहरुले आफूहरुले ठगीमा परेको चाल पाएको महावाणिज्यदूत ओडारीले बताए ।

    “जानेर वा नजानेर यस ठगी धन्दामा नेपालका कन्सल्टेन्सी पनि सहभागी रहेको देखिएको छ,” उनले भने ।
    पीडितहरुले दिएको सूचनाअनुसार यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा नेपालबाट विद्यार्थी पठाउन १८ वटा कन्सल्टेन्सी सक्रिय रहेका छन् ।
    बाह्रखरीलाई प्राप्त सूचीअनुसार नेपालबाट यूएईको फ्रि जोनमा खुलेका इन्स्टिच्युटमा विद्यार्थी पठाउनमा प्रो एभिएसन् प्रा.लि., सटक्शी एजुकेशन फाउण्डेशन, एजुपोर्ट एजुकेशन कन्सल्टेन्सी, शिव ह्युम एजुकेशन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल कन्सल्टेन्सी, मेरिट्स इन्टरनेशनल कन्सल्टेन्सी र ब्राइटपथ एजुकेशन कन्सल्टेन्सी सक्रिय छन् ।
    यस्तै, सिटीहव एजुकेशन नेटवर्क, एस्पायर ग्लोबल एजुकेशन, कान्तिपुर अब्रोड कन्सल्टेन्ट, सिटी पार्क एजुकेशन कन्सल्टेन्सी, मेनटोरा एजुकेशन कन्सल्टेन्सी, एक्सेल इन्टरनेशनल एजुकेशन प्रा.लि., सरम आई, एनटीइआर इन्टरसेशनल, ए.एस. एजुकेशन, सकुरा नेपाल कन्सल्टेन्सी प्रा.लि. र एजुगेट कन्सल्टेन्सी पनि सक्रिय रहेको जनाइएको छ । from barahakhari.com

    Post Views: 88
    प्रकाशित मिति: २०८२ कार्तिक २९, शुक्रबार २२:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.