• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक २९, शुक्रबार २३:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यालिफोर्निया राज्यले १७ हजार आप्रवासीको व्यावसायिक चालक अनुमतिपत्र (कमर्शियल ड्राइभर लाइसेन्स) रद्द गर्ने तयारी गरेको छ । ती चालकहरूको अमेरिकामा कानूनी बसाइ अवधि सकिने मिति नजिक भएकाले त्यो मिति भन्दा परको मितिसम्म लाइसेन्सको म्याद रहेकोले त्यस्ता १७ हजार लाईसेन्स रद्द गर्न लागिएको हो । राष्ट्रपति ट्रम्प प्रशासनले क्यालिफोर्निया तथा अन्य राज्यहरूलाई अवैध रूपमा देशमा बसेका व्यक्तिहरूलाई देश निकाला गर्ने अभियान अन्र्तगत त्यस्ता व्यक्तिहरुको लाईसेन्स खारेज गर्ने भएको हो । गत अगस्टमा अमेरिका बस्न नपाउने एक ट्रक चालकले फ्लोरिडामा अवैध यू–टर्न लिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भए पछि यो विषय चर्चामा रहेको थियो ।

    यातायात सचिव सीन डफीले बुधबार भने कि यी लाइसेन्स रद्द गर्ने क्यालिफोर्नियाको निर्णयले राज्यले पहिले आफ्नो मापदण्ड बचाउ गरे पनि गल्ती गरेको स्वीकार गरेको जनाउँछ । डफीले उठाएको चिन्तापछि क्यालिफोर्नियाले आफ्नो व्यावसायिक चालक अनुमतिपत्रहरूको समीक्षा सुरु गरेको थियो । त्यसमा ९० प्रतिशत मेक्सिकनहरु रहेको बताइएको छ । यातायात सचिवले गैरनागरिक ट्रक चालक लाइसेन्सका कारण क्यालिफोर्नियाबाट १६० मिलियन डलर हटाउने चेतावनी पनि दिएका छन । संघीय सरकारले ट्रक चालकहरूको अंग्रेजी मापदण्ड लागु नगरेको भन्दै क्यालिफोर्नियाबाट ४० मिलियन डलर रोकेका हुन ।

    गर्भनर न्यु्समको कार्यालयले भने ती सबै चालकहरूसँग संघीय सरकारले दिएको वैध कार्य अनुमति (वर्क परमिट) रहेको बताएका छन । सुरुमा कार्यालयले लाइसेन्स किन रद्द गरिँदैछ भन्ने ठ्याक्कै कारण नबताई राज्य कानून उल्लङ्घन भएको मात्र बतायो । पछि खुलासा गरियो कि फाइल भएको विवरणअनुसार व्यक्तिको कानुनी बसाइ अवधि सकिने मितिभन्दा पर लाइसेन्सको म्याद राख्नु राज्य कानुनविरुद्ध हो । गतवर्ष टेक्सास र अलाबामामा भएका घातक ट्रक दुर्घटनाले पनि यस्ता लाइसेन्सप्रतिको प्रश्न उठाएका छन् । क्यालिफोर्नियामा गत महिना तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनामा पनि अमेरिका बस्न नपाउने चालक संलग्न रहेको उल्ल्ेख छ ।

    यस नयाँ कडा नियमका कारण आप्रवासीहरूलाई व्यावसायिक लाइसेन्स पाउन निकै कठिन बनाउँछ । नयाँ नियमअनुसार व्यावसायिक चालक अनुमतिपत्र पाउन आप्रवासीहरूबाट केवल तीन प्रकारका भिसा मात्र मान्य हुनेछन् । राज्यहरूले चालकको आप्रवासन स्थिति संघीय डेटाबेसमा जाँच गर्नुपर्नेछ । लाइसेन्स अधिकतम एक वर्षका लागि मात्र मान्य हुनेछ, यदि भिसा त्यसअघि सकिँदैन भने । यी नियम लागू हुनुअघि जारी गरिएका क्यालिफोर्नियाका १७ हजार लाइसेन्स भने पुरानै प्रणालीअनुसार जारी भएका थिए । ती चालकहरूलाई ६० दिनभित्र लाइसेन्सको म्याद सकिने सूचना दिइएको छ । समाचार एपी समाचारमा आधारित छ ।

    Post Views: 241
    प्रकाशित मिति: २०८२ कार्तिक २९, शुक्रबार २३:२४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • २. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ३. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ४. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.