राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक सीपयुक्त विदेशी कामदारलाई अमेरिका प्रवेश आवश्यक रहेको बताएका छन । आप्रवासनमा निकै कडा बनेका राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेकाहरुबाट मात्रै यहाँको अवश्यकता पुर्ति नहुने भएकाले उच्च सिप भएका व्यक्तिहरुको आप्रवासनप्रति लचिलो भएका हुन । यसो हुँदै गर्दा ट्रम्प प्रशासनले विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई कामदार भिषामा नरम नीतिको संकेत गरेको देखिन्छ ।

राष्ट्रपति ट्रम्पको एच–१वी भिसा कार्यक्रमसम्बन्धी टिप्पणीले उच्च सिपयूक्त कामदार ल्याउने प्रक्रिया सहज बनाउने संकेतका रुपमा बुझ्न सकिन्छ । साथै ट्रम्प प्रशासनले विद्यार्थी र विदेशी पत्रकारहरूलाई लक्षित गर्ने अन्य भिसामा नयाँ प्रतिबन्धहरू अघि बढाइरहेको छ । जसले केहीमा शैक्षिक तथा प्रेस स्वतन्त्रताको भविष्यबारे अलग प्रकारको चिन्ता बढाएको वित्रहरुले चिन्ता प्रकट गरिरहेका छन ।
गृह सुरक्षा विभागद्वारा प्रस्तावित नियमले हालको नीतिमा परिवर्तन गर्नेछ एप, जे वा आई भिसा श्रेणीका व्यक्तिहरू (शैक्षिक विद्यार्थी, एक्सचेन्ज भिजिटर तथा विदेशी सञ्चारमाध्यमका सदस्य) लाई अमेरिका प्रवेशको अवधि निश्चित समयावधिका लागि सीमित गने जस्ता रहेका छन । यस्ता व्यक्तिहरू हालसम्म आफ्नो भिसाको शर्तहरू पालन गरेको अवस्थामा अनिश्चितकालसम्म बस्न पाउने व्यवस्था छ । अव त्यस्ता प्यत्तिःहरुका लागि भिषामा नै अवधि उल्लेख गरेर दिनुपर्ने व्यवस्था हुने बताइएको छ ।
यदि अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको नयाँ नियम लागू भयो भने, विदेशी विद्यार्थी तथा एक्सचेन्ज कार्यक्रमका सहभागीहरूलाई आफ्नो कार्यक्रम सकिने अवधिसम्म—अधिकतम चार वर्ष—अमेरिकामा बस्न अनुमति दिइनेछ । विदेशी पत्रकारहरूलाई अधिकतम २ सय ४० दिन देशमा बस्ने अनुमति दिइनेछ, तर चीनका पत्रकारहरूलाई भने ९० दिन मात्र बस्न पाउने व्यवस्था हुनेछ । यी समयसीमा भन्दा बढी अमेरिकी बसाइ आवश्यक परेमा, व्यक्तिहरूले अवधि विस्तारका लागि आवेदन दिन सक्ने र स्वीकृत भएमा मात्रै थप समय बस्न मिल्नेछ भन्ने व्यवस्था प्रस्तावमा उल्लेख गरिएको छ ।
आफ्नो परिवर्तनको प्रयासलाई उचित ठहर्याउँदै, विभागले शैक्षिक विद्यार्थी, एक्सचेन्ज भिजिटर तथा विदेशी सञ्चारमाध्यमका व्इक्तिहरुका लागि भिसा श्रेणीमार्फत अमेरिका आउने गैर–आप्रवासीहरूको संख्यामा “महत्वपूर्ण वृद्धि” भएको भन्दै, यसले “अमेरिकामा बसाइका क्रममा तिनीहरूको निगरानी तथा निरीक्षण गर्ने विभागको क्षमतामाथि चुनौती” खडा गरेको दाबी गरेको छ । यो परिवर्तनले बढी निगरानी गर्न सक्ने र मानिसहरूले यी कार्यक्रमहरूलाई “दुरुपयोग गर्ने सम्भावना कम हुने” विभागको भनाइ छ । यद्यपि, परिवर्तनबाट प्रभावित हुने समूहहरूमा भिसा दुरुपयोग व्यापक रहेको दाबीलाई विज्ञहरूले अस्वीकार गरेका छन् ।





