• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

न्यूजिल्याण्डमा स्थायी बसोबास गर्नेका लागि गोल्डन भिषा शुरु

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ७, शनिबार ०७:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वभरी आप्रवासनमा नयाँ नयाँ नियमहरु प्रतिपादन हुँदै गर्दा सबैले आआफ्नो देशमा लगानी भित्र्याउने र राम्रा मानिसहरुलाई आकर्षण गर्ने होडवाजी चली रहेको छ । त्यसको पछिल्लो देश हो न्यूजिल्याण्ड । २०२५ नोभेम्बर २४ देखि न्यूजीलेन्डले नयाँ बिजनेस इन्भेष्टर वर्क भिसाको आवेदन खुला गरेको छ । जसलाई गोल्डन भिषा नामाकरण गरिएको छ । उनिहरुको उदेश्य पनि त्यसैगरी विश्वभरीबाट राम्रा र दक्ष मानिस र लगानी भित्र्याउने उदेश्य नै देखिन्छ । त्यस भिषाले चार वर्षसम्म बसोबासको अनुमति दिन्छ । यस भिषाको मुख्य फाईदा भनेको एक पटक त्यो भिषा लिएकाहरुलाई स्थायी बसोबासका लागि मार्ग प्रशस्त गर्नेछ । निश्चित अवधिपछि व्इापार लगानी भिषामा परिणत हुने र अन्तत स्थायी बसोवास पाउने छन ।

    विश्वभरिका मानिसहरुका लागि खुल्ला गरिएको सो भिषामा यात्रुहरू न्यूजीलेन्डको विविध वन्यजन्तु र समृद्ध संस्कृतिप्रति लामो समयदेखि आकर्षित हुँदै आएका छन् । यो प्रक्रियामा भाग लिन केहि निश्चित रकम आवश्यक पर्दछ । आवेदकहरूले दुई विकल्पमध्ये एक छान्न सक्नेछन । जसमा पहिलो ३ वर्षको वर्क–टु–रेजिडेन्सी ट्र्याकका लागि १ मिलियन न्यूजील्याण्ड डलर अर्थात करिब ५ लाख ६७ हजार यूएस डलर लगानी गर्नुपर्ने हुन्छ । अर्को विकल्प भनेको १ वर्षको छिटो प्रक्रियाका लागि २ मिलियन न्यूजील्याण्ड डलर (करिब ११ लाख ३४ हजार ४८०) अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ । स्मरणीय रहोस सामान्य आपैवासीहरुका लागि भने न्यूजिल्याण्डले विगतमा दिंदै आएको सजिलो प्रक्रियालाई बसोबास गर्न कडाई गर्ने तयारी गरेको बताईन्छ ।

    यसको अतिरिक्त करिब ७ हजार अमेरिकी डलर आवेदन शुल्क पनि तिर्नुपर्नेछ । त्यसमा लगानी गरिएको व्यवसायको संचालनमा सक्रिय रूपमा सहभागी हुनुपर्छ । निर्धारित समय पूरा भएपछि भिसा धारकले बिजनेस इन्भेष्टर रेसिडेन्ट भिसामार्फत स्थायी रूपमा बस्न आवेदन दिन सक्नेछन । त्यसका ेकहि सर्तहरु पनि रहेका छन । आवेदकसँग कम्तीमा करिब २ लाख ८३ हजार अमेरिकी डलर आफ्नो र परिवारको खर्च चलाउनको लागि हुनु आवश्यक छ । जसमा आवेदकले आफ्ना जीवनसाथी र आश्रित बच्चाहरू ल्याउन सक्छन । साथै, उनीहरूले आफूलाई व्यवसायिक रूपमा योग्य भएको प्रमाणित गर्नुपर्र्नेछ—जसमा सरकारका अनुसार वार्षिक ५६ हजार डलर राजस्व भएको कम्पनीको मालिक हुनु, वा कम्तीमा ५ पूर्णकालिक कर्मचारी भएको व्यवसाय सञ्चालन गर्नु पर्छ । त्यसैगरी, लगानी गर्न सकिने कम्पनीहरूमा पनि केही सीमाहरू छन् । उदाहरणका लागि, कम्पनी कम्तीमा पाँच वर्ष पुरानो हुनुपर्छ । साथै, जुवा व्यवसाय, फास्ट–फूड फ्रेन्चाइज, र सुर्ती–सम्बन्धित उद्योगहरूमा लगानी गर्न भने न्यूजिल्यण्डमा पूर्ण रूपमा प्रतिबन्ध छ । न्यूजिल्याण्डमा २५ हजार भन्दा बढी नेपालीहरु स्याथी बसोवास गरीरहेको तथ्यांक छ । पछिल्लो समय नेपाली विधार्थीहरुको आकर्षक गन्तव्य बनेको छ । बर्षेनी ३ देखि ५ हजार भन्दा बढी विधार्थी उच्च शिक्षा अध्धयनका लागि जान थालेको बताईन्छ । केहि ठुला व्यापारीहरुले न्यूजिल्याण्डमा व्यवसाय पनि गरी रहेका छन ।

    Post Views: 261
    प्रकाशित मिति: २०८२ मंसिर ७, शनिबार ०७:१८
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • ३. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.