• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

तेस्रो विश्वका देशहरूबाट हुने आप्रवासनमा स्थायी रोक लगाउने राष्ट्रपति ट्रम्पको घोषणा: १९ देशको ग्रीनकार्ड पनि छानवीन हुने

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १३, शुक्रबार १८:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेस्रो विश्वका देशहरूबाट हुने आप्रवासनमा स्थायी रोक लगाउने घोषणा गरेका छन । वाशिङ्टनमा एक आप्रवासीले गोली प्रहार गर्दा घाइते भएका यूएस न्याश्नल गार्डका दुई सैनिकमध्ये एक जनाको मृत्यु भएपछि बिहीवार राति राष्ट्रपति ट्रम्पले आप्रवासीहरूप्रति कडा नीति अवलम्बन गरिने घोषणा गरेका हुन्। प्रहरीका अनुसार उक्त घटनामा एक अफगान नागरिक संलग्न रहेको खुलेको छ । सामाजिक सञ्जालमा एउटा लामो पोस्ट लेख्दै राष्ट्रपतिले बाइडन प्रशासनले लाखौँ मानिसलाई आप्रवासनका लागि दिइएको स्वीकृति खारेज गर्ने घोषणा गरेका छन्। उनले अमेरिकी नागरिकबाहेक अन्य व्यक्तिलाई सङ्घीय सरकारले दिने सेवासुविधा अन्त्य गर्ने र नागरिकता लिइसकेका आप्रवासीहरूले यदि आन्तरिक शान्तिमा खलल पुर्‍याए उनीहरूको नागरिकता खोसिने पनि घोषणा गरेका छन ।

    त्यसैगरी ट्रम्प प्रशासनले १९ देशका नागरिकले पाई सकेका ग्रीनकार्ड धारकहरूको पुन परीक्षण गर्ने जनाइएको छ । ट्रम्पले ह्वाइट हाउटनजिकै भएको गोलीकाण्डमा घाइते भएकी सेरा बेक्स्ट्रोमको मृत्यु भएको घोषणा गरेको केही घण्टापछि ट्रूथ सोशलमा दुइटा पोस्टमा गरी आप्रवासन नीतिका कारण अमेरिकीहरूको अवस्था बिग्रिएको तर्क गरेका छन्। राष्ट्रपतिले वाशिङ्टन डीसीको गोलीकाण्डले राष्ट्रिय सुरक्षामा खतरा भएको देखाएको राष्ट्रपति ट्रम्पले बताएका छन्।

    गोली लागेर घाइते भएकी सेरा बेक्स्ट्रोमको मृत्यु भएको छ भने एन्ड्रू वूल्फ गम्भीर घाइते भएको अधिकारीहरूले बताएका छन् । ट्रम्पले शरणार्थीहरूका कारण अमेरिकामा सामाजिक गतिरोध सिर्जना भएको दाबी गर्दै लाभ नपुर्‍याउने जोसुकैलाई हटाउने बताएका छन्। त्यसैगरी हाल अमेरिकी विभिन्न अदालतमा रहेका २ लाख ३३ हजार शरणार्थीको सबै प्रक्रिया स्थगित गरिने भएको छ । साथै बुधवारको घटनापछि अमेरिकाले अफगान नागरिकहरूको सम्पूर्ण आप्रवासन निवेदनमाथिका प्रक्रिया स्थगित गरिदिएको छ।

    यसअघि अमेरिका सरकारले १९ वटा विभिन्न देशबाट आएर ग्रीनकार्ड लिई अमेरिकामा काम गर्ने अधिकारसहित बसोबास गर्दै आएका मानिसहरूको हैसियत आफूले फेरि जाँच्ने जनाईएको छ । राष्ट्रपति ट्रम्पले अफगानिस्तान, म्यान्मार, चाड, कङ्गो गणतन्त्र, भूमध्य रेखीय गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न “पूर्ण रूपमा” प्रतिबन्ध लगाउने बताएका छन । त्यसैगरी बुरुन्डी, क्युबा, लाओस, सियेरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला पनि रहेका छन । सन् २०१७ मा लागू गरिएको ट्रम्पको पहिलो यात्रा प्रतिबन्ध, जसले प्रारम्भमा सात मुस्लिम–बहुल राष्ट्रका नागरिकलाई लक्षित गरेको थियो त्यो फेरी दोहोरिने भएको छ । गत साता यूएस सिटिजनशिप एन्ड इमिग्रेशन सर्भिसेजले राष्ट्रपति जो बाइडनको पालामा भित्र्याइएका सबै शरणार्थीहरूको समीक्षा गर्ने घोषणा गरेको थियो। गोली प्रहार गर्ने सन्दिग्ध व्यक्तिको नाम रहमानुल्लाह लकन्वाल रहेको बताइएको छ । उनी २९ वर्षका छन्।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि लागु गरिएको विशेष आप्रवासन योजनाअन्तर्गत उनी सन् २०२१ मा अमेरिका पुगेका बताइएको छ। उनी वाशिङ्टनमा आफ्नी पत्नी र पाँच सन्तानसँग बस्दै आएका छन्। एक अमेरिकी अधिकारीले अमेरिकामा समाचार साझेदार सीबीएसलाई लकन्वालले सन् २०२४ मा शरण खोज्दै आवेदन दिएको र यो वर्षको आरम्भतिर त्यसका लागि अनुमति पाएको बताएका छन्।

    Post Views: 199
    प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रबार १८:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.