• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अब अमेरिकामा दोहोरो नागरिकता हुनेले त्याग्नु पर्ने: कँग्रेसमा चुनाव लड्न पनि नपाउने

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १७, मंगलवार ०९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आप्रवासनलाई कडाई गर्ने क्रममा अमेरिकी रिपब्लिकन सिनेटर बर्नी मोरेनोले अमेरिकी नागरिकता लिएकाहरुले दोहोरो नागरिकता लिन नपाउने प्रस्ताव समेटिएको विधेयक संसदमा पेश गरेका छन । नागरिकता सम्बन्धी ऐन संशोधन गर्न बिधेयकमा अमेरिकी नागरिकले दोहोरो नागरिकता राख्न पाउने कानुनलाई परिवर्तन गर्नै प्रस्ताव गरिएको छ । सिनेटर मोरेनोको विशेष नागरिकता ऐन २०२५ ले व्यक्तिहरूलाई आफ्नो दोहोरो नागरिकता त्याग्न बाध्य पार्ने बताएका छन् । दोहोरो नागरिकताले राष्ट्रिय अखण्डता जोगाउनका लागि र संयुक्त राज्य अमेरिकाप्रतिको निष्ठा अविभाजित हुनका लागि बिधेयक भनिएको छ ।

    हालको कानूनले अमेरिकाका नागरिकहरूलाई विदेशी नागरिकता कायम राख्न अनुमति दिएको छ । यो बिधेयक पारित भएमा लागु भएको १ बर्षभित्रै विदेशी नागरिकता भएका अमेरिकाका नागरिकले विदेशमन्त्री वा होमल्याण्ड सेक्रेटरीलाई आफ्नो नागरिकता त्याग गरेको जानकारी बुझाउनु पर्ने प्रस्तावित बिधेयकमा उल्लेख छ ।

    स्मरणीय रहोस यस अघि एक महिना अघि कंग्रेसम्यान र्यान्डी फाइनले हालै डिस्क्वालिफाइङ डुअल लोयल्टी एक्ट प्रस्तुत गर्दै विदेशी नागरिकता राख्ने व्यक्तिहरूलाई अमेरिकाको कङ्ग्रेसमा सेवा गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए । अमेरिकी कानुनले अर्को देशको नागरिक भए पनि कँग्रैसमा चुनाव लड्न पाउने कानुनी व्यवस्था छ । त्यस विधेयकअनुसार, अमेरिकी प्रतिनिधि सभा वा अमेरिकी सिनेटका कुनै पनि उम्मेदवारले निर्वाचित हुनुअघि आफूले राखेको विदेशी नागरिकता त्याग्नै पर्ने हुन्छ । विधेयकले कङ्ग्रेस सदस्यहरूले पूर्ण रूपमा संयुक्त राज्य अमेरिका प्रती निष्ठावान हुनैपर्छ भन्ने सिद्धान्तलाई पुनः पुष्टि गर्दछ ।

    उनले विधेयकको बारेमा “मलाई लाग्छ, एउटा देशप्रति मात्रै निष्ठा शपथ लिन सकिन्छ भन्ने तर्क न्यायसंगत हो र यदि तपाईं कङ्ग्रेसमा हुनुहुन्छ भने त्यो निष्ठा अमेरिका प्रती हुनुपर्छ,” रिपब्लिकन कङ्ग्रेसम्यान र्यान्डी फाइनले भनेका छन । “यो विधेयकले नागरिकहरूका लागि कानून बनाउने व्यक्तिहरू हाम्रो देश प्रती पूर्ण रूपमा प्रतिबद्ध हुन्, दुई देशबीच विभाजित नहून् भन्ने सुनिश्चित गर्छ।” प्रतिनिधि फाइनका अनुसार, उनी जनताको विश्वास कमजोर पार्न सक्ने योग्यताका खाडलहरू बन्द गर्न चाहन्छन् । यी दुवै प्रस्तावित विधेयक दुवै सदनबाट पारित भएपछि मात्रै कानुन लागु हुन्छ ।

    Post Views: 248
    प्रकाशित मिति: २०८२ मंसिर १७, मंगलवार ०९:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.