संसारकै मानिसका लागि सपनाको देश अमेरिकामा अब मोटो रकम हुनेहरु सजिलै बसोबासको लागि ग्रीन कार्ड पाउने भएका छन । आप्रवासनमा जति कडाई गरिएको छ उति नै अमेरिका जाने मानिसका चाहानाहरु बढी रहेका छन । त्यसैलाई व्यवस्थापन गर्न अमेरिकाले आर्थिक रुपमा बलियाहरुका लागि नयाँ अफर शुरु गरेको मान्न सकिन्छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा १० लाख अमेरिकी डलर तिर्ने विदेशीहरूलाई लक्षित गर्दै द्रुत गतिमा अमेरिकाको विशेष भिसा दिने योजना सुरु गरेका छन्। ट्रम्पले अमेरिका आप्रवासन गर्न चाहने धनाढ्य विदेशीहरूका लागि यस्तो विशेष भिसाको व्यवस्था यो वर्षको आरम्भतिर घोषणा गरेका थिए। यसलाइ राष्ट्रपति ट्रम्प गोल्ड कार्ड भनिएको छ।
ट्रम्पले बुधवार सामाजिक सञ्जालमा लेख्दै यो कार्ड किन्ने सबै योग्य र जाँच गरिएकाू व्यक्तिहरूले अमेरिकी नागरिकताका लागि सोझै बाटोू पाउने जनाएका छन्। उनका अनुसार यो योजनाले अमेरिकी कम्पनीहरूलाई आफूसँग भएका मूल्यवान् र प्रतिभाशाली व्यक्तिहरूलाई आफूसँगै राख्न दिने सहयोगी हुने छ।
यो योजनाको वेबसाइटमा उल्लेख भए अनुसार आफूले अमेरिकालाई उल्लेख्य लाभ पुर्याउन सक्छु भन्ने देखाउन सक्ने आवेदकहरूलाई यो भिसा प्रदान गरिन्छ।
गोल्ड कार्ड योजनाले ूछोटो समयमैू अमेरिकामा स्थायी बसोबासको अनुमति सुनिश्चित गर्छ। तर आवेदकले त्यसका लागि १० लाख डलर शुल्क तिर्नुपर्छ। उक्त वेबसाइटले त्यो शुल्कलाई उक्त व्यक्तिले अमेरिकालाई धेरै लाभ पुर्याउन सक्छ भन्ने ूप्रमाणू मानेको छ। आफ्ना कर्मचारीहरूलाई प्रायोजन गर्ने व्यापार व्यवसायहरूले २० लाख डलर र अतिरिक्त शुल्क तिर्नुपर्छ। यो योजनाअन्तर्गत ुप्ल्याटिनम कार्डु पनि चाँडै उपलब्ध हुने बताइएको छ। पचास लाख डलर तिरेर उक्त कार्ड लिने व्यक्तिले विशेष कर छुट पाउने वेबसाइटमा उल्लेख गरिएको छ।

आवेदकहरूले आफ्नो परिस्थितिका आधारमा अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ। आफ्नो आवेदनको समीक्षा हुनुअघि सुरुमा उनीहरूले प्रशोधन शुल्कका रूपमा १५ हजार डलर फिर्ता नहुनेगरी तिर्नुपर्नेछ । गत फेब्रुअरीमा यो योजना घोषणा गर्दा ट्रम्पले गोल्ड कार्ड भिसा ग्रीन कार्डजस्तै हुने र त्यसले भिन्नाभिन्नै आयस्तर भएका आप्रवासीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने बताएका थिए। ग्रीन कार्ड भएका विदेशीहरू सामान्यतया पाँच वर्षमा अमेरिकाको नागरिकता लिन योग्य हुन्छन्।
अमेरिकाले उत्पादनशील मानिसहरू खोजेको भन्दै ट्रम्पले गोल्ड कार्ड विशेष गरी उच्च तहका पेसाकर्मीहरूप्रति लक्षित भएको स्पष्ट पारेका छन्। पचास लाख डलर तिर्न सक्ने मानिसहरूले रोजगारी सिर्जना गर्ने छन्, ट्रम्पले भने तँछाडमछाड हुँदै यो बिक्ने छ। केही डेमोक्र्याट नेताहरूले यो योजनाबाट धनी व्यक्तिहरू मात्र लाभान्वित हुने औँल्याएका छन्। ट्रम्प प्रशासनले आप्रवासीहरूलाई देशनिकाला गर्न ठूलो साधनस्रोत खर्च गरिरहेकै बेला धनी विदेशीहरूका लागि यो योजना सुरु भएको छ। दक्ष विदेशी कामदारहरूलाई अमेरिकाले दिँदै आएको एच १बी भिसाका लागि आवेदकहरूले एक लाख डलर शुल्क बुझाउनुपर्ने निर्णयमा ट्रम्पले सेप्टेम्बर महिनामा हस्ताक्षर गरेका थिए।
राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा यसो कार्डको उदेश्यका बारेमा प्रष्ट भनेका छन । जसमा उल्लेख भए अनुसार जस्ताको तस्तै ।
मेरो प्रशासनले अघिल्लो प्रशासनका विनाशकारी आप्रवासन नीतिहरू उल्ट्याउन निरन्तर प्रयास गरेको छ। ती नीतिहरूले आप्रवासीहरूले अमेरिकाको हितमा कस्तो प्रभाव पार्छन् भन्ने गम्भीर विचार नगरी आप्रवासीहरूको ठूलो बाढी ल्यायो। सबैभन्दा महत्वपूर्ण कुरा, अघिल्लो प्रशासनले लाखौँ विदेशी नागरिकहरूलाई गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न अनुमति दियो, जसले सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा र कानूनको शासनलाई क्षति पुर्यायो। अन्तर्राष्ट्रिय गिरोहहरू, सीमापार आपराधिक संगठनहरू, आतंककारीहरू तथा विदेशी दुर्भावनायुक्त तत्वहरूले ती खुला सीमासम्बन्धी नीतिहरूको फाइदा उठाए। अघिल्लो प्रशासनले शरणार्थी प्रक्रियाको दुरुपयोग पनि हुन दियो, जसका कारण सहर र नगरहरू विदेशी नागरिकहरूले भरिए र केही अवस्थामा संकट सामना गर्न आपतकाल घोषणा गर्नुपर्यो।
गैरकानुनी आप्रवासन अन्त्य गरी र राष्ट्रलाई प्रत्यक्ष लाभ पुर्याउने—सफल उद्यमी, लगानीकर्ता तथा व्यवसायी र व्यवसायी महिलाहरू सहित—विदेशी नागरिकहरूको प्रवेशलाई प्राथमिकता दिँदै संघीय आप्रवासन नीतिलाई राष्ट्रको हितसँग पुनःसमन्वय गर्नु मेरो प्रशासनको प्राथमिकता हो।
त्यस नीतिलाई अघि बढाउन, म यसद्वारा गोल्ड कार्ड घोषणा गर्दछु—वाणिज्य सचिवको निगरानीमा सञ्चालन हुने एक भिसा कार्यक्रम—जसले राष्ट्रलाई महत्वपूर्ण आर्थिक उपहार स्वेच्छाले प्रदान गरी संयुक्त राज्य अमेरिकाको हित अघि बढाउने आफ्नो क्षमता र इच्छा प्रमाणित गरेका विदेशी नागरिकहरूको प्रवेशलाई सहज बनाउनेछ।




