• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २९, शुक्रबार ०४:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्व ऊर्जा बजारमा तनाव बढिरहेका बेला अमेरिकासँग रहेको आपतकालीन तेल भण्डारबाट १७ करोड ३० लाख ब्यारेल आफ्नो भुमिगत भण्डारणबाट निकालिएको छ । हाल अमेरिकाको भण्डारणमा करिब ४ सय १५ मिलियन ब्यारेल कच्चा तेल भण्डारण गरिएको अनुमान गरिएको छ। यो भण्डार अमेरिकाले ऊर्जा आपूर्ति अवरुद्ध भएमा वा अन्तर्राष्ट्रिय संकटका बेला प्रयोग गर्नका लागि राखेको हो। यसको अधिकतम क्षमता करिब ७१४ मिलियन ब्यारेल रहेको छ, तर पछिल्ला वर्षहरूमा बजार स्थिर राख्नका लागि केही तेल निकालिएपछि अहिलेको भण्डार क्षमता भन्दा कम रहेको बताईन्छ । अमेरिका दैनिक रूपमा करिब २० मिलियन ब्यारेल पेट्रोलियम उत्पादनहरू प्रयोग गर्छ। यस आधारमा हेर्दा, यदि देशले केवल भण्डारमा रहेको तेल मात्र प्रयोग गर्नुपरेमा, यो भण्डारले लगभग २० देखि २१ दिनसम्म ऊर्जा आवश्यकता पूरा गर्न सक्ने अनुमान गरिएको छ।

    यो तेल मुख्य रूपमा टेक्सास र लुइसियाना राज्यका भूमिगत नुनका गुफामा सुरक्षित रूपमा राखिएको छ। यस्तो संरचनाले ठूलो मात्रामा तेल सुरक्षित राख्न र आवश्यक पर्दा छिटो बजारमा पठाउन सजिलो बनाउँछ। ऊर्जा विज्ञहरूका अनुसार भण्डार पूर्ण रूपमा दैनिक प्रयोगका लागि होइन, बरु युद्ध, प्राकृतिक विपत्ति, वा अन्तर्राष्ट्रिय आपूर्ति संकट जस्ता असाधारण परिस्थितिका लागि तयार राखिएको रणनीतिक भण्डार हो। सामान्य अवस्थामा अमेरिकाले आफ्नो घरेलु उत्पादन र अन्य देशबाट हुने आयातमार्फत ऊर्जा आपूर्ति सुनिश्चित गर्छ।

    मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकालेर बजारमा पठाउने भएको छ। अमेरिकाले आफ्नो तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकालेर बजारमा पठाउन लागेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

    अमेरिकी ऊर्जा मन्त्रालयले अर्को सातादेखि यो प्रक्रिया सुरू हुने जनाएको छ। भण्डारण गरिएको तेल दैनिक केही परिमाणमा बजारमा पठाइने छ। यो प्रक्रिया कम्तिमा चार महिनासम्म चल्ने पनि ऊर्जा मन्त्रालयले जनाएको छ। तेलको अभाव र मूल्य वृद्धिलाई सन्तुलनमा राखि बजारलाई स्थिर बनाउन अमेरिकाले पेट्रोलियम भण्डारणबाट बजारमा तेल पठाउन लागेको हो।

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का ३२ राष्ट्रहरूले पनि आफ्नो भण्डारणबाट बजारमा तेल पठाउन सहमति गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

    यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने क्रम भने रोकिएको छैन। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार साँझ करिब प्रतिब्यारोल १०० डलर नजिक पुगेको थियो।   हप्ताको सुरूवातमा ब्रेन्ट कच्चा तेलको मूल्य ९० डलरभन्दा कम थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भण्डारण गरिएको तेल बजारमा पठाएर आपूर्ति बढाउने र मूल्यवृद्धि नियन्त्रणमा लिइने बताएका छन्।

    ‘हामी भण्डारबाट केही तेल निकाल्छौं र पछि फेरि भरेर राख्छौं,’ उनले पत्रकारहरूसँग भने। अमेरिकामा पेट्रोलको औसत मूल्य लगातार ११ दिन बढेर प्रतिग्यालोन ३.५८ डलरसम्म पुगेको छ। युद्ध र तेल आपूर्तिमा देखिएको अवरोधका कारण मूल्यमा दबाब बढिरहेको छ।

    Post Views: 120
    प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार ०४:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.